फागुन २८, २०७९
जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ। सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...
नेकपा (एमाले) का उपमहासचिव विष्णुप्रसाद रिमालले एमालेको सरकार बनेमा श्रमिकको न्यूनतम पारिश्रमिक २५ हजार रुपैयाँ पु¥याउने बताएका छन् । आइतवार नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले ५औँ सामाजिक सुरक्षा दिवसको अवसरमा काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले एमालेको सरकार बनेमा चुनावी घोषणापत्र बमोजिम श्रमिकको न्यूनतम पारिश्रमिक २५ हजार रुपैयाँ पुर्याउने बताएका हुन् ।
उपमहासचिव रिमालले एमाले सरकारमा नभएमा श्रमिकको पारिश्रमिक २५ हजार रुपैयाँ पुर्याउन आन्दोलन गर्ने बताए । उनले निर्वाचनको मतगणना भइरहेको उल्लेख गर्दै चार, पाँच वटा सिटले मात्रै कांग्रेस र एमालेबीच पहिलो र दोस्रो शक्ति हुने बताए । उनले एमालेको पपुलर भोट ३२ लाख पुग्ने र पपुलर भोटमा एमाले पहिलो पार्टी बन्ने बताए ।
‘चुनाव सकिँदैछ । हाम्रो पार्टी नम्बर एक पार्टी बन्ने वा नबन्ने दोसाँधमा छ । चार, पाँचवटा सिट हार, जितले हामी दोस्रो बन्ने कि पहिलो बन्ने भन्ने तय हुँदैछ । पपुलर भोटमा त हामी नम्बर एक हुन्छौँ । यसमा कुनै शंका छैन । अहिले पनि हामीलाई २२, २३ लाख भन्दा बढी पपुलर भोट प्राप्त भइसकेको छ । केही लाख बढ्नेवाला छन् । सायद ३०, ३२ लाख पुग्लाजस्तो लाग्छ मलाई । हिसाब त्यही होला । हामी सेकेण्ड हौला वा जे भए पनि यदी हामी सत्ताको बागडोर सम्हाल्ने तहमा पुग्यौँ भने हामीले श्रमिकहरूको अगाडि गरेको कबुल २५ हजार न्युनतम ज्याला पुर्याउने अभियानले मूर्तता निश्चितरुपमा पाउँछ । यदी सरकारमा भएनौँ भने २५ हजार हाम्रो पाँच वर्षको अभियान जुन छ, त्यसलाई पूरा गर्नको लागि श्रम आन्दोलनलाई साथ दिन एमाले तपाईहरूको साथमा रहन्छ’, रिमालले भने ।
उपमहासचिव रिमालले आफूहरू सरकारमा रहेमा औपचारिक क्षेत्रका शतप्रतिशत श्रमिकहरूलाई सामाजिक सुरक्षामा ल्याउने बताए । पाँच वर्षभित्रमा अनौपचारिक क्षेत्रका ७५ प्रतिशत श्रमिकहरूलाई पनि सामाजिक सुरक्षा प्रणालीभित्र ल्याउने उनको भनाइ छ । सामाजिक सुरक्षा औपचारिक र अनौपचारिक दुवै क्षेत्रका लागि भएकाले दुवै क्षेत्रमा बराबरी रुपमा लागू हुनेपर्ने उनले बताए ।
उनले सामाजिक सुरक्षा केवल श्रमिकहरूका लागि मात्रै नभई व्यवसायी र सरकारको लागि पनि भएको स्पष्ट पारे । व्यवसायीहरू सामाजिक सुरक्षामा जोडिनु श्रम बजारलाई सुन्दर बनाउनु भएको उनको भनाइ थियो ।
जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ। सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...
मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...
मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् । नेपाल प्रहरीले प्...
नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् । विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...
दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...