
प्रतिनिधि सभा सदस्यतर्फ सुनसरी १ मा जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष अशोककुमार राईले झिनो मतको अग्रता लिएका छन् ।
जारी मत गणनाको पछिल्लो मत परिणामअनुसार राईले राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार गोमा तामाङसँग ११८ मतको अग्रता कायम गरेका हुन् । राईले १४ हजार १०५ मत प्राप्त गर्दा तामाङले १३ हजार ९८७ मत पाएकी छन् । सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका मुक्सामहाङ सुब्बाले १० हजार ९९० मत पाएका छन् ।
राईलाई नेकपा एमालेको पनि समर्थन रहेको छ ।