×

Nic Asia
Dabur
Prabhu Bank

झापा फर्केर विश्वप्रकाशले शुरु गरे मतदाता सम्मान अभियान

काठमाडाैं | मंसिर १४, २०७९

NTC
Argakhanchi Cement
फाइल तस्वीर
Premier Steels
TVS INSIDE

झापा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले मतदाता सम्मान अभियान थालेका छन् । निर्वाचन सकिएपछि काठमाडौं आएका उनले तुरुन्तै झापा फर्केर मतदाता सम्मान अभियान शुरु गरेका हुन् । 

yONNEX
IME BANK INNEWS

महामन्त्री शर्माले मतदाताको घरघरमा पुगेर निर्वाचित गराएकोमा धन्यवाद व्यक्त गरिरहेको जानकारी दिएका छन् । सामाजिक सञ्जालमार्फत उनले आफू एक साँझमात्र काठमाडौं बसेर झापा फर्किएको र मतदाता सम्मान अभियानमा सरिक भइरहेको जानकारी दिएका छन् । उनले सन्देशमा लेखेका छन्, ‘केवल एक साँझ काठमाडौं बसेर बिहानै झापा पुगेको छु झापा १ मा मतदाता सम्मान अभियान केही बाँकी वडामा केहिदिन केन्द्रित रहेर, काठमाडौ पुग्नेछु ।’ 


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

उनले निर्वाचित भएलगत्तै मतदाता सम्मान अभियान शुरु गरेका थिए । शर्माले सरकार गठनका सन्दर्भमा पनि धारणा सार्वजनिक गरेका छन् । उनले सन्देशमा भनेका छन्, ‘परिवर्तनको अभियान प्रारम्भ भइसकेको छ । यसलाई निर्णायक बनाउन सबैको सालिन सक्रियता, परिपक्व संवाद र विवेकपूर्ण भूमिका अपेक्षित छ ।’

सत्तारुढ गठबन्धनका साझा उम्मेदवार शर्माले नेकपा एमालेका नेता अग्नि खरेललाई पराजित गर्दै प्रतिनिधि सभा सदस्यमा विजयी बनेका थिए । शर्माले ३९ हजार ६२४ मत प्राप्त गर्दा खरेलले २५ हजार ३४९ मत मात्र प्राप्त गरेका थिए ।  


Advertisment
Lokantar App
Saurya island

शर्मा पहिलोपटक संसद सदस्यका रुपमा निर्वाचित भएका हुन् । यसअघि २०७४ मा उनी वाम गठबन्धनका उम्मेदवार राम कार्कीसँग पराजित भएका थिए । 

Vianet communication
hAMROPATRO BELOW NEWS
Maruti inside
TATA Below
चैत ८, २०७९

आगामी वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचन र सरकारमा सहभागिता लगायतका विषयमा छलफल गर्न लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको बैठक आज बिहीवार बस्दैछ । बैठकमा वैशाख १० गते हुने उपनिर्वाचन...

चैत ८, २०७९

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माओवादी अयोग्य लडाकूलाई रकम दिने भन्ने निर्णय नभएको नेपाली कांग्रेसका नेता रमेश लेखकले बताएका छन्।  बुधबार साँझ बसेको सत्ता गठबन्धनको बैठकपछि नेता लेखकले...

चैत ९, २०७९

नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेश संसदीय दलको  बैठक बिहीबार दिउँसो बस्दैछ । पछिल्लो समयमा फेरिएको राजनीतिक समीकरणका  विषयमा छलफल गर्न बैठक बस्न लागेको हो । लुम्बिनी प्रदेशमा माओवादी केन्...

चैत ८, २०७९

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) लगायत सत्तागठबन्धन दलबीच सरकार विस्तारबारे छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकमा दलबीच मन्त्रिपरिषद्लगायत स...

चैत ९, २०७९

दाङको घोराहीस्थित महेन्द्र बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा कांग्रेसनिकट नेपाल विद्यार्थी संघ (नेविसंघ) विजयी भएको छ । नेविसंघका मनोज डिसीले अखिल संयुक्तका उम्मेदवार हिमाल महरालाई हराउँदै निर्वाचित भए। ...

चैत ८, २०७९

नेकपा एमालेको जनसंगठनको रूपमा रहेको रिटर्नी फेडेरेसन नेपालले आगामी चैत्र ११ र १२ गते प्रथम राष्ट्रिय महाधिवेशन गर्ने भएको छ ।  फेडेरेसनले चैत्र ११ र १२ गते काठमाडौंस्थित धुम्बाराहीमा पहिलो राष्ट्रिय म...

स्वप्नद्रष्टा इलोन मस्क र सपनाविहीन नेपालको राजनीति

स्वप्नद्रष्टा इलोन मस्क र सपनाविहीन नेपालको राजनीति

चैत ९, २०७९

आज अलि फरक तरिकाबाट छलफल शुरू गरौं जस्तो लाग्यो । राजनीति बाहिरका सन्दर्भले पनि राजनीति र राजनीतिमा लाग्ने पात्र एवं प्रवृत्तिलाई केही सकारात्मक प्रभाव पार्ला कि भन्ने मनसायले फुर्सदलाई सदुपयोग गरी इलोन मस्कलाई ...

‘लोकरिझ्याइँ’वादीहरूको फन्डामा फसेको मुलुक !

‘लोकरिझ्याइँ’वादीहरूको फन्डामा फसेको मुलुक !

चैत ८, २०७९

प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ले सदनमा चैत ६ गते दोस्रोपटक विश्वासको मत माग्दै गर्दा एउटा निराशाजनक धारणा व्यक्त गरे, ‘अहिले देशको सार्वजनिक बहसको स्तर खस्केको छ । समाधान होइन, दोषारोपणम...

बेलायतको बदलिँदो शरणार्थी नीति र बीबीसीका एक प्रस्तोताले तताइदिएको माहोल

बेलायतको बदलिँदो शरणार्थी नीति र बीबीसीका एक प्रस्तोताले तताइदिएको माहोल

चैत ३, २०७९

गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...

ad
x