×

NMB BANK
NIC ASIA

कांग्रेसकै नेतृत्वमा गठबन्धनको सरकार बन्छ : डा. शेखर कोइराला

मंसिर १५, २०७९

NTC
Premier Steels

नेपाली कांग्रेस नेता तथा प्रतिनिधिसभा सदस्य डा. शेखर कोइरालाले कांग्रेसकै नेतृत्वमा सरकार बन्ने बताएका छन् ।

Muktinath Bank

ठूलो पार्टी भएकाले अहिलेकै सत्ता गठबन्धनको नेतृत्व गर्दै कांग्रेसकै नेतृत्वमा सरकार बन्ने उनले बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले एकीकृत समाजवादी राष्ट्रिय दल बन्ने र संसदको संख्या थपिने विश्वास लिएका छन् । 


Advertisment
Nabil box
Kumari

उनले संसदीय दलको नेताको विषयमा भने खुलेर बोल्न चाहेनन् । विराटनगरस्थित कोइराला निवासमा पत्रकारसँगको भेटघाटमा संसदीय दलको नेताको अंकगणितको खेल भएकाले अहिले नै म बन्छु भनेर बोल्ने बेला नआएको समेत उनले बताए ।

Vianet communication

जनताको चाहना अहिले फरक रहे पनि संसदीय दलको नेता बन्न अंकगणितकै खेल भएकाले सरसल्लाह गरेर अगाडि बढ्ने उनले बताए । 

‘संसदीय दलको नेता नभए पनि संसदमा बोल्नेमा कसैले रोक्दैन । गलत भयो भने त्यसको विरोध संसदमा पनि गर्छाैं, सडकमा पनि गर्छाैं । गलत कामको विरुद्धमा संसदमा बोल्नलाई ह्वीपले छेक्दैन,’ उनले भने । 

उनले शेरबहादुर देउवा र शेखर कोइराला मिले भन्ने भनेर गलत प्रचार गरेको समेत बताए । ‘चुनावमा टिकट दिने विषयलाई लिएर मैले हामी मिलेर नै टिकट वितरण गरेका हौं, तपाईंहरू तल किन झगडा गर्नुहुन्छ भनेर भनेको थिएँ,’ उनले भने, ‘पार्टीभित्रका विंसगतिका विषयमा पार्टीभित्र म आवाज उठाइरहन्छु ।’ 

पार्टीभित्र सुनुवाइ भएन भने दलका भातृ संगठनलाई समेत उचाल्ने उनले बताए । 

चुनावको परिणामलाई लिएर समीक्षा गर्ने समेत उनले बताए । ‘गठबन्धनभित्र पनि विभिन्न खालका आवाजहरू आइरहेका छन्,’ उनले भने, ‘इलाममा झलनाथजीले कांग्रेसले असहयोग गर्‍यो भन्नुभएको छ । अन्यत्र पनि त्यस्ता समस्या छन् ।’

नेता गुरुराज घिमिरे हार्नुको कारण कांग्रेस भित्रकै अन्तर्घात भएको समेत उनले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x