×

NMB BANK
NIC ASIA

सञ्चारमाध्यमहरू अभाव, दबाब र प्रभावबाट प्रताडित छन् : प्रमुख निर्वाचन आयुक्त

मंसिर १८, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सामुदायिक रेडियोहरूको भविष्य सुनिश्चित गर्नका लागि विज्ञापन बजार विस्तार हुनुपर्ने बताएका छन् । आइतवार नेपाल एफएम नेटवर्कको १९औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले सामुदायिक रेडियोहरूको वृद्धि सँगसँगै विज्ञापन बजारको पनि विस्तार हुनुपर्ने बताएका हुन् । 

Muktinath Bank

विज्ञापनको दृष्टिकोणबाट सामुदायिक रेडियोलाई हेर्दा अवस्था भयावह देखिएको बताउँदै थपलियाले हालको अवस्थामा रेडियोलाई टिकाउनका लागि २०० प्रतिशतसम्म विज्ञापन वृद्धि हुनुपर्ने बताए । उनले सामुदायिक रेडियोहरू मर्जरमा नगएमा भविष्य नै अन्योलमा रहेको समेत उल्लेख गरे । उनले गाउँ–गाउँमा रेडियो पुगेको भए पनि रेडियोले उत्पादन गर्ने विषयवस्तु भने एउटै हुने गरेको बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘हामीलाई के लाग्यो भने यो रेडियोको विषयमा आमसञ्चार माध्यमको विषयमा फरक ढंगले सोच्नुपर्छ भन्ने लाग्यो । हामीले त्यतिखेर यो संविधान जारी हुनासाथ आम सञ्चार नीति बनायौँ । त्यो आम सञ्चार नीतिभित्र अब कहीँ आम सञ्चारमाध्यमलाई मर्जरमा जानुपर्छ कि भनेर केही संकेत ग¥यौँ । म तपाईंहरूलाई मर्जरतिरै जानुस् त भन्दिनँ । त्यसो भनेन भने तपाईंहरू टिक्नुहुन्छ कि टिक्नु हुँदैन भन्ने डर छ । यो दुई वटाको विषयमा उपयुक्त तालमेल र व्यवस्थापन गर्ने प्रक्रिया खोज्नुपर्छ भन्ने मलाई लाग्छ’, थपलियाले भने, ‘अध्ययनले के देखायो भने रेडियोहरू स्थानगत रुपमा साह्रै विकेन्द्रित पाइए । तर कन्टेन्टका हिसाबले यत्तिको केन्द्रिकरण कहीँ कतै भेटिँदैन । हामीले बोल्ने ठाउँ चाहिँ गाउँमा पु¥याएछौँ । सुन्नेकुरा चाहिँ जहाँ सुने पनि एउटै छ । उहीँ काठमाडौंको कुरा मात्रै सुन्नुपर्छ भन्ने अवस्था सिर्जना भइरहेछ यसलाई चिर्न जरुरी छ भन्ने मलाई लाग्छ ।’


Advertisment
Nabil box
Kumari

थपलियाले रेडियोहरू झुकाव र लगावका कारण समस्यामा परेको बताए । रेडियोहरू कुनै लगावबाट मुक्त भएर स्वतन्त्र हुनुपर्ने उनको भनाइ छ । उनले कुनै झुकावमा नलागिकन सञ्चार माध्यमको स्वायत्तता र स्वतन्त्रताको निम्ति सामुदायिक रेडियोहरूलाई निर्दिष्ट गर्न सुझावसमेत दिए । 

Vianet communication
Laxmi Bank

‘हामीले अध्ययन गर्दा तपाईंहरू सबैले आम सञ्चारमाध्यम विशेष गरेर रेडियोहरू तीन वटा शब्दहरू तपाईंहरूले प्रयोग गरेको म सम्झन्छु । अभाव, दबाब र प्रभावका कारणले हामी प्रताडित छौँ । समस्याग्रस्त छौँ । हाम्रो अध्ययनले त्यतिमात्रै भनेन । अभाव, प्रभाव र दबाब त हुँदै हो । त्यो भन्दा पनि बढी अहिले झुकाव, तपाईंको स्वभाव र तपाईंको लगावले हाम्रा आम सञ्चार माध्यमहरू रेडियो, पत्रपत्रिकाहरू अप्ठ्यारोमा परेका छन्’, थपलियाले भने, ‘तीनवटालाई त समाधान गर्ने अर्को बाटो खोजौँला । यो तीन वटा त तपाईंले नै गर्ने त हो नि । तपाईंको लगावबाट तपाई मुक्त भएर स्वतन्त्र भइदिनु । तपाईंको झुकावलाई कहीँ, कतै नलगिकन मात्रै सञ्चारमाध्यमको स्वायत्तता र स्वतन्त्रतापट्टि निर्दिष्ट गरिदिनुस् । तपाईंको स्वभाव र शैली आफैँले बदल्ने हो । हामीले आफूभित्रको समस्यालाई कसरी समाधान गर्ने भन्ने कुरा गम्भिरतापूर्वक हेर्न जरुरी छ ।’ 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x