चैत ९, २०७९
पानामाविरुद्धको बिहीबारको मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले जित निकाल्नुपर्ने दवाब रहेको अर्जेन्टिनाका अग्रपङ्तीका खेलाडी एन्जेल डि मारियाले बिहीबार बताएका छन् । गत डिसेम्बर १८ मा लुसेलमा भएको विश्वकपको फाइनलमा ...
सूर्य नेपाल गल्फ टुर २०२२–२३ अन्तर्गत सिजनको पहिलो प्रतियोगिता सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन ६–अन्डर ६२ को सानदार स्कोरमा भुवन नगरकोटीलाई एक स्ट्रोकले पछि पार्दै रबि खड्का शीर्षस्थानमा रहन सफल भएका छन् ।
५–अन्डर ६३ को स्कोरसहित भुवन नगरकोटी दोस्रो र ३–अन्डर ६५को कार्ड बनाएका शुक्रबहादुर राई तेस्रो स्थानमा छन् ।
यसैगरी २–अन्डर ६६ र १–अन्डर ६७ को स्कोर कार्ड तयार पारेका निरज तामाङ र रमेश अधिकारी क्रमशः चौंथो र पाँचौं स्थानमा छन् । इभन–पार ६८ बनाएका धन बहादुर थापा र जयराम श्रेष्ठले संयुक्तरुपमा छैटौं स्थान बाँडे ।
पार–६८को रोयल नेपाल गल्फ क्लबमा भएको खेलमा आज भएको पहिलो १८ होलको खेलमा रबि खड्काले उत्कृष्ट प्रदर्शन गर्ने क्रममा ५–पारको पहिलो होलमा इगलको सफलता प्राप्त गरे । उनले चौँथो, पाँचौ र आठौं होलमा बर्डी प्रहार गर्दा छैटौं होलमा एक सट खेर फाले र फ्रन्ट नाइन ४–अन्डर ३० मा सकाए । यसपछि रबिले १०औँ, १२औँ र १३औँ होलमा एक–एक सट बचाउँदा १५औँ होलमा बोगी खेप्दै ब्याक नाइन २–अन्डर ३२ मा पुरा गरे ।
रविलाई दबाब दिँदै भुवन नगरकोटीले ५–अन्डर ६३ को स्कोरमा पहिलो दिनको खेल सकाए । राम्रो सुरुवात गरेका भुवनले पहिलो, दोस्रो र चौंथो होलमा एक–एक सट बचाए । नवौं होलमा बोगी प्रहार गर्दै भुवनले फ्रन्ट नाइन २–अन्डर ३४ मा पुरा गरे। यो लयलाई कायम राख्दै १०औँ, १३औँ र १३औँ होलमा बर्डीको सफलता प्राप्त गरे । उनले ब्याक नाइन ३–अन्डर ३१ मा पुरा गरे ।
प्रोफेसनल गल्फ टुर अफ इण्डिया (पिजीटीआई) खेलिरहेका शुक्रबहादुर राई ३–अन्डर ६५ स्कोर जोड्दै तेस्रो स्थानमा छन् । उनी लिडर रवि भन्दा ३ स्ट्रोकले पछाडी रहेका छन् । फ्रन्ट नाइन २–अन्डर ३२ मा सकाउने क्रममा शुक्रले पहिलो, दोस्रो र चौंथो होलमा बर्डी प्रहार गरे । आठौं होलमा भने एक सट खेर फाले । यसपछि उनले १३औँ होलको बर्डीले ब्याक नाइन १– अन्डर ३३ मा सकाए ।
एमेच्योर तर्फ अजित बिके अग्रस्थानमा रहे । २–ओभर ७० खेल्दै प्रोफेसनल गल्फरद्वय राजेन्द्र श्रेष्ठ प्रधान र प्रदीपकुमार लामासँग ११औँ स्थान बाँडेका अजित दोश्रो स्थानमा रहेका प्रज्जवल गुरुङभन्दा ८ स्ट्रोकले अगाडि रहेका छन् ।
नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसनको आयोजना र सूर्य नेपाल प्राइभेट लिमिटेडको प्रायोजनमा जारी सिजनको पहिलो प्रतियोगितामा ३१ प्रोफेसनल र ५ एमेच्योर खेलाडीले सहभागिता जनाएका छन् । ३६ होलको समाप्तिपछि उत्कृष्ट २१ प्रो र ५ एमेच्योर खेलाडीले अन्तिम दुई दिनको खेलका लागि कट बनाउँनेछन् ।
कुल ६ लाख ७० हजार पुरस्कार राशी रहेको प्रतियोगिताको विजेताले १ लाख १६ हजार प्राप्त गर्नेछन् । उपविजेता प्रो खेलाडीले ७४ हजार तथा तेश्रो हुनेले ६३ हजार प्राप्त गर्नेछन् । उत्कृष्ट २१ भित्र पर्न सफल प्रोफेसनल खेलाडीले नगद पुरस्कार प्राप्त गर्नेछन् ।
पानामाविरुद्धको बिहीबारको मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले जित निकाल्नुपर्ने दवाब रहेको अर्जेन्टिनाका अग्रपङ्तीका खेलाडी एन्जेल डि मारियाले बिहीबार बताएका छन् । गत डिसेम्बर १८ मा लुसेलमा भएको विश्वकपको फाइनलमा ...
ल्याटिन अमेरिकाको चिलीमा भएको शीर्ष डिभिजन फुटबल लिगमा अचम्मको गोल देखिएको छ । कोब्रेसल क्लबका टोलीका अर्जेन्टिनी गोलकिपर लिआन्ड्रो रेक्वेनाले आफ्नो बक्सबाट सीधै प्रहार गरेको बल वपक्षी टिमको पो...
नेपाली राष्ट्रिय टिमका मिडफिल्डर सुजल श्रेष्ठले सन्यासको घोषणा गरेका छन् । सामाजिक संजालमा लेख्दै सुजलले ११ बर्षमा ५१ खेल खेल्न पाउँदा आफूले गर्व महसुस गरेको जनाएका छन् । ‘मेरा सम्पूर्ण सुभचिन्त...
धनगढी रंगशालमा बिहीवारदेखि अन्तर्राष्ट्रिय आमन्त्रण मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप २०७९ फूटबल प्रतियोगिता हुँदैछ । आयोजक सुदूरपश्चिम–११ स्पोर्टस् क्लबले बुधवार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको त...
धनगढीमा आज सुरु भएको ‘छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप–२०७९ फुटबल प्रतियोगिता’ अन्तर्गतको पहिलो खेलमा बागमती युवा क्लब सर्लाहीले विजयी सुरुआत गरेको छ । बागमतील...
सातौँ संस्करणको विराट गोल्डकप आजदेखि विराटनगरको शहीद रंगशालामा शुरू हुने भएको छ । प्रतियोगिता चैत १७ गतेसम्म सञ्चालन हुनेछ । आज हुने गोल्डकपको उद्घाटन खेलमा आयोजक घरेलु टिम विराटनगर सिटी क्लब तथा &...
आज अलि फरक तरिकाबाट छलफल शुरू गरौं जस्तो लाग्यो । राजनीति बाहिरका सन्दर्भले पनि राजनीति र राजनीतिमा लाग्ने पात्र एवं प्रवृत्तिलाई केही सकारात्मक प्रभाव पार्ला कि भन्ने मनसायले फुर्सदलाई सदुपयोग गरी इलोन मस्कलाई ...
प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ले सदनमा चैत ६ गते दोस्रोपटक विश्वासको मत माग्दै गर्दा एउटा निराशाजनक धारणा व्यक्त गरे, ‘अहिले देशको सार्वजनिक बहसको स्तर खस्केको छ । समाधान होइन, दोषारोपणम...
गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...