×

NMB BANK
NIC ASIA

हत्या प्रकरण

बालाजु हत्या प्रकरण : टिपरले किचेर घाइते भएकालाई सावेलले हानेर हत्या !

मंसिर २७, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

तारकेश्वर नगरपालिका–३ मा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएपछि प्रहरी वृत्त बालाजु तनावग्रस्त भएको छ । आइतवार राति ९ बजे तारकेश्वरको चिसापानीमा बा ५ ख ६७७९ नम्बरको टिपरको ठक्करबाट सविन फुँयालको मृत्यु भएको थियो । मृतक फुँयालका दाजु जयराम घिमिरेले टिपर चालक, सहचालक र नजिकै बालुवा स्टोर गरिरहेका व्यक्तिहरूले भाइलाई घाँटीमा सावेलले हानेर हत्या गरेको आरोप लगाएका छन् । 

Muktinath Bank

‘टिपरका मान्छेले टिपरले ठक्कर दिएपछि घाइते मात्रै भए लफडा हुन्छ भन्दै घाँटीमा धारिलो हतियार प्रयोग गरेर हत्या गरेको जस्तो देखिन्छ’, घिमिरेले लोकान्तरसँग भने, ‘घटनाको अवस्था हेर्दा हत्या भएको देखिन्छ तर प्रहरीले दुर्घटना भन्दै आएको छ ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND


Advertisment
Nabil box
Kumari

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) दिनेशराज मैनालीले मृतकको घाँटीमा चोट देखिएकाले घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान गर्ने बताए ।

Vianet communication
Laxmi Bank

‘आफन्तले किटानी जाहेरी दिएका छन् । पोष्टमार्टम गरेर हत्या वा टिपरले हानेर मृत्यु भएको भन्ने खुल्ने छ’, प्रवक्ता मैनालीले लोकान्तरसँग भने । उनका अनुसार पोष्टमार्टमको रिपोर्ट नआएसम्म हत्या वा दुर्घटना भन्न नसकिने बताए । 

प्रहरीले टिपर चालक शिव विकलाई नियन्त्रणमा लिएको छ ।

अनुसन्धानमा खटिएका एक अधिकारीले पनि फुयाँलको हत्या भएको हुनसक्ने बताएका छन् । शरीरमा लागेको घाउ चोटपटकका आधारमा दुर्घटना नभई हत्या भएको हुनसक्ने ती अधिकारीको भनाइ छ । ‘घाँटीमा धारिलो हतियार प्रयोग गरेर हत्या गरेकोजस्तो देखिन्छ’, ती अधिकारीले भने ।

आफन्तहरू ‘टाउकोमा केही चोट नभएको, घाँटी र हिपमा मात्रै चोट देखिनुले हत्या भएको’ आरोपसहित आन्दोलनमा उत्रिएका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २३, २०८०

नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २५, २०८०

मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् ।  उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x