×

NMB BANK
NIC ASIA

कांग्रेस कर्णाली प्रदेशसभा संसदीय दलको नेतामा जीवनबहादुर शाही निर्विरोध

पुस ८, २०७९

NTC
Premier Steels

नेपाली कांग्रेस कर्णाली प्रदेशसभा संसदीय दलको नेतामा जीवनबहादुर शाही निर्विरोध चयन भएका छन् ।

Muktinath Bank

प्रदेशसभा सदस्य राजीवविक्रम शाहको प्रस्ताव र जानकी सिंहको सर्मथनमा मुख्यमन्त्री समेत रहेका शाही शुक्रवार निर्विरोध नेता चयन भएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनी मंसिर ४ गते सम्पन्न निर्वाचनमा हुम्ला प्रदेशसभा क्षेत्र (२) बाट निर्वाचित भएका थिए ।  


Advertisment
Nabil box
Kumari

शाही कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिका सदस्य हुन् । दलको नेता चयनसँगै शाहीलाई मुख्यमन्त्रीमा दाबी गर्न बाटो खुलेको छ । निर्वाचन समितिले चुनावी प्रक्रिया शुरू गरेसँगै उनको एकल उम्मेदवारी परेको थियो । यसअघि सामाजिक सञ्जालमार्फत दलको नेतामा उम्मेदवारी घोषणा गरेका शाह नै शाहीको प्रस्तावक बसेका थिए ।

Vianet communication

निर्वाचन समितिका संयोजक कृष्णबहादुर रोकायले दलको विधान २०७४ को धारा ५ बमोजिम एकल उम्मेदवारी परेपछि शाही निर्विरोध निर्वाचित भएको जानकारी दिए ।

दलको नेतामा सर्वसम्मत भएलगत्तै शाहीले सबैलाई मिलाएर लैजाने र सरकार गठनका सम्बन्धमा गठबन्धन दलसँग छलफल शुरू गर्ने प्रतिक्रिया दिए । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x