×

NMB BANK
NIC ASIA

चित्रकला

सिंगो घरलाई कला संग्रहालय बनाएका श्यामानन्द ठकुरी

पुस ९, २०७९

NTC
Premier Steels

नेपालगञ्ज उपमहानगरपालिका–९ बाँकेगाउँस्थित रामलिला मैदानबाट झण्डै ३०० मिटर दक्षिणमा सरस्वती टोल छ । त्यही टोलको एउटा घरमा तल ‘सिंह निवास’ र त्यसमाथि रातो अक्षरले लेखिएको साइनबोर्ड छ कला संग्रहालय ।

Muktinath Bank

संग्रहालय झट्ट हेर्दा कुनै सरकारी निकायको स्वरूपजस्तो देखिए पनि वास्तविकता फरक छ । चित्रकला, हस्तकला, मूर्तिकलाका सामग्रीहरूले घरका अधिकांश कोठाहरू भरिभराउ छन् । वास्तवमा यो घर अन्य सार्वजनिक संग्रहालयहरू जस्तो नभई चित्रकला, हस्तकला र मूर्तिकलामा ख्यातिप्राप्त कलाकार श्यामानन्द सिंह ठकुरीको निजी निवास हो । ६८ वर्षीय श्यामानन्द पश्चिम नेपालमै चित्रकला क्षेत्रमा कहलिएको नाम हो । उनै घरधनी सिंहले बनाएका २ हजार बढी चित्रकला, हस्तकला र मूर्तिकलाका सरसामान संग्रहित गरेका छन् । उनले ५०० जति कलाकृति बाँके बगैयामा एउटा कोठा भाडामा लिएर राखेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सिंह अवकाशप्राप्त सरकारी कर्मचारी हुन् । २०७० सालमा उनी नेपाल टेलिकमको शाखा अधिकृतबाट अवकाश पाए । त्यसयता बिहानको झिसमिसेदेखि राति अबेरसम्म उनी चित्रकला, हस्तकला र मूर्तिकलामै रमाइरहेका हुन्छन् । बैठक कोठा, भान्सा कोठा र माथिल्लो तलाका ३ वटै कोठा उनका कलाकृतिहरूले ढाकिएका छन् ।


Advertisment
Nabil box
Kumari

‘यी कोठा भाडामा दिएको भए पैसा आउँथ्यो, मलाई पैसा नै ठूलो लागेन, आफ्नो कला, सीप र क्षमताको संग्रह गर्न उपयुक्त ठानें,’ उनी भन्छन्, ‘पैसा त समाजका सबैसँग छ तर यस्तो कला सबैसँग छैन, संग्रहालय त कहीँ छैनन् नि ?’ ३ दशकदेखि कलाकारितामा रमाइरहेका उनले देश, समाज, भूगोल, भाषा, धर्म, संस्कृति जोड्ने कला प्रकट गरिरहेका छन् । 

Vianet communication

श्यामानन्दलाई नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले वरिष्ठ कलाकारको उपाधि दिएको छ । उनले चित्रकलातर्फ ल्यान्डस्केप, अमूर्त आर्ट, नाइफ आर्ट, मोर्डन आर्ट, कल्चर आर्ट, पोर्टेड आर्ट, वाटर आर्ट बनाउने गर्दछन् । ल्यान्डस्केप बढी बनाउँछन् । नेपालगञ्जका अधिकांश होटलमा उनले कोरेका ल्यान्डस्केप चित्रहरू सजिएका छन् ।

‘अलि बढी त ल्यान्डस्केप चित्रहरू नै बिक्छ, होटल, विद्यालयबाट अर्डर आउँछ,’ उनी भन्छन् । 

नेपालगञ्ज धार्मिक सहिष्णुताको शहर हो । यहाँ विभिन्न धर्म–संस्कृतिको सम्मिलन छ । हिन्दू, मुस्लिम, क्रिस्चियन, बौद्ध, शिख धर्म र ती धर्मसँग जोडिएका संस्कृति झल्किने चित्रहरू, हस्तकलाका सामान, मूर्तिहरू बनाउँदै आएका छन् उनी । उनका चित्रमा अवधि, मिथिला, मारवाडी, थारु लगायतका समुदायको सांस्कृतिक पहिचान देख्न सकिन्छ । उनी आफैं पनि अवधि भाषी हुन् ।

२०७२ सालमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानद्वारा काठमाडौंमा आयोजित राष्ट्रिय ललितकला प्रर्दशनीमा अवधि संस्कृति झल्किने श्यामानन्दको  चित्र ‘अन्न पुजन’ सर्वोत्कृष्ट भएको थियो । 

श्यामानन्द यति सुस्पष्ट र सुन्दर चित्र बनाउँछन् कि २०४६ सालमा राजा वीरेन्द्रको नेपालगञ्ज सवारी हुँदै थियो । उनी तत्कालीन दूरसञ्चार कार्यालयमा काम गर्थे । उनको कार्यालयले पनि भव्य स्वागतद्वार तयार गर्‍यो । उनले हतार–हतार राजारानीको चित्र कोरे । द्वारको दायाँबायाँ राजारानीको फ्रेम सहितको फोटो राखे । उनको त्यो कलाकृति अफिसकै स्टोरमा थियो ।

२०७७ सालको लकडाउनका बेला अफिसको स्टोरमा आफ्नो कलाकृति भूइँमा लडिरहेको देखे उनले । ‘आफूले निकै मेहनत गरेर बनाएको फोटोको त्यो हालत देखेपछि ल्याएर घरमा राखें, घरमा संग्रहालय हेर्न आएका नेपालगञ्जका बालरोग विशेषज्ञ डा.विजय प्रधानले ४० हजारमा राजा वीरेन्द्र र रानी ऐश्वर्याको फोटो लिनुभो, मैले ४० हजार नै मूल्य तोकेको थिइनँ, डा. सा’प मेरो कलाबाट स्वतस्र्फूत प्रभावित भएर त्यति ठूलो रकम दिनुभो, वास्तवमा ती फोटो डीएसएलआर क्यामराले खिचेकोभन्दा पनि धेरै सुन्दर र सुस्पष्ट देखिन्थे,’ उनले भने ।

श्यामानन्द ५–५ कक्षामा पढ्दादेखि नै चित्र कोर्न थालेका थिए । बाल्यकलादेखि नै चित्रकलामा उनको गहिरो अभिरुचि थियो । उतिबेलै हलो, गोली डण्डा, पम्पिङ सेट लगायतका सामान बनाउन पोख्त हुँदै थिए । उनी ७ कक्षामा पढ्दा हस्तकला विषय थियो, त्यही पढ्दापढ्दै गिलास, कचौरा बनाउन सिके । आर्थिक अभावका कारण उनले आईए पूरा गर्न पाएनन्, बीचैमा पढाइ छाड्नुपर्‍यो ।

तत्कालीन दूरसञ्चार कार्यालयमा स्थायी जागिर गर्नुअघि उनले औलो उन्मूलन कार्यक्रम, नापतौल कार्यालय, कोष तथा लेखा नियन्त्रकको कार्यालय, जनस्वास्थ्य कार्यालयमा केही वर्ष काम गरेका थिए । आफ्नो साधनाबारे भन्छन्, ‘जागिरे जीवनमा पनि बिहान, बेलुका र बिदाको दिनमा घरमै चित्र बनाउनेदेखि प्रदर्शनमा लैजाने काम गर्थें, नेपालगञ्जमा लाग्ने हरेक मेला उत्सवमा कला प्रर्दशनी गर्थें, महोत्सवमा मेरा कलाकृतिहरू दर्शकले निकै रुचाउँथे र किनेर लैजान्थे ।’

छरछिमेक वरपर, सडकपेटीमा फालिएका हरेक वस्तु उनले टपक्क टिपेर घरमा लैजान्छन् । ‘मैले जति हस्तकला, मूर्तिकलाका सामान तयार गर्छु, त्यसका लागि कच्चा पदार्थ किन्न बजार जानुपर्दैन,’ उनी भन्छन्, ‘अरुले फालेका वस्तु मोहर साबित भएका छन्, हामीले एकपटक घरायसी काममा प्रयोग गरेपछि पुनः उपयोगमा ल्याउन सकिन्छ भन्ने उदाहरण पनि हो यो कला संग्रहालय ।’

संग्रहालयमा कागज, काठहरू प्रयोग गरी नेपालगञ्जको प्रख्यात बागेश्वरी मन्दिर, नेपाल–भारत सीमा क्षेत्रको भन्सार गेट बनाएका छन् । संग्रहालयमा पानीजहाज, रेल, धरहरादेखि लोप हुँदै गएको रिक्सा, टाँगा, ढिकी, जाँतो, कुवा, लालटिन, टुकीबत्ती, ओखल र विभिन्न देवीदेवताका मूर्तिहरू देख्न सकिन्छ ।

कलालाई जीवित राख्न उनले २०७० वैशाखदेखि घरमै संग्रहालय स्थापना गरेका हुन् । संग्रहालयमा लोप हुँदै गएका वस्तुहरूलाई जीवन्त देखाउने उनको प्रयास छ । त्यहाँ अवधि संस्कृतिका कर्वाचौथ, कहानीचित्र, ग्वालिनहरू (दूध बेच्ने), मारवाडीको डडियाका चित्रहरू कोरेका छन् । थारु समुदायको माछा मार्ने जाल बटाओ, डोली, मधेशी समुदायको डोली, गमला, फूल, औजार, भाँडाकुँडा, संगीतका साधनहरू, फलफूल, चराचुरुङ्गी, सर्प, मानिस, जनावरहरूका आकृतिहरू छन् ।

उनको कला संग्रहालयमा विभिन्न विद्यालय, कलेज, समूह, सहकारीबाट अवलोकनका लागि आउने गर्दछन् । उनले निःशुल्क अवलोकनको व्यवस्था मिलाएका छन् । 

नेपालगञ्ज भन्ने बित्तिकै धेरैले यातायातका साधन बयलगाडा, एक्का र टाँगा सम्झिन्छन् । अहिले यी बिरलै देखिन्छन् । उनले काठबाट यी साधनहरू बनाई सजाएका छन्, बागेश्वरी मन्दिर, मुक्तिनाथ, धरहरा, मायादेवी मन्दिर, पाटनको कृष्णमन्दिर, नेपालगञ्जको भन्सार गेटको आकर्षक चित्र कोरेका छन् । राप्ती पुल, कर्णाली पुल, हनुमानजीका गदा पनि उनको संग्राहालयमै देख्न सकिन्छ ।

कला साधना र उत्कृष्ट कलाकारिताको सम्मान गर्दै उनले थुपै्र सम्मान पुरस्कार प्राप्त गरेका छन् । २०७२ वैशाखमै राष्ट्रिय ललितकला प्रज्ञा प्रतिष्ठानद्वारा २१ हजार नगदसहित विशेष सम्मान र त्यही साल असारमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले लोक चित्रकलामा ५१ हजार नगद सहितको क्षेत्रीय पुरस्कार प्रदान गरेको थियो । उनी लुम्बिनी प्रदेश सरकारबाट पदक, नेपाल प्रज्ञा प्रतिष्ठान, भेरी साहित्य समाज, महेन्द्र पुस्तकालय लगायतका दर्जनौं संघसंस्थाबाट सम्मानित भइसकेका छन् ।

घरको बैठक कोठा उनले पाएका सम्मान र पुरस्कारका फ्रेमहरूले सजाइएको छ । श्यामानन्दको परिचय चित्रकार मात्र सीमित छैन, कवि, लेखक, गीतकार, संगीतकार पनि हुन् उनी । उनका ‘वर्तमान दर्पण’ (नेपाली भाषा) र श्यामानन्द कविताएं (हिन्दी भाषा) मा प्रकाशित छन् । अवधि भाषाकै ५ गीतको संगालो निकालेका छन् उनले, जुन नेपालगञ्जका एफएम रेडियोमा पटक–पटक गुञ्जिरहन्छन् । उनी नाट्यकलामा पनि उत्तिकै पोख्त छन् । उनले दर्जनौं नाटक खेलेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x