×

NMB BANK
NIC ASIA

गण्डकी प्रदेशस्तरीय भलिबल : उपाधिका लागि बागलुङ र स्याङ्जा भिड्ने

पुस ९, २०७९

NTC
Premier Steels

पोखरामा जारी गण्डकी प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधिका लागि स्याङ्जा र बागलुङ भिड्ने भएका छन् । गण्डकी प्रदेश भलिबल सङ्घको आयोजनामा यही पुस ६ देखि पोखरा रङ्गशालास्थित भलिबल कोर्टमा जारी प्रतियोगिताको आज सम्पन्न सेमिफाइनलमा खेलमा बागलुङले कास्की र स्याङ्जाले नवलपुरलाई हराउँदै फाइनलमा प्रवेश गरेका छन् । 

Muktinath Bank

पहिलो सेमिफाइनल खेलमा बागलुङले ३–१ को सेटमा कास्कीलाई पराजित ग¥यो । कास्कीले पहिलो सेट २५-१६ ले जितेर आफ्नो पक्षमा पार्न सफल भए पनि लगातार तीन सेट गुमाउँदै बागलुङसँग पराजित भएको हो । बाग्लुङले दोस्रो सेट २५-२०, तेस्रो सेट २६-२५ र चौथो सेट २५-२० ले जित्दै फाइनलमा पुगेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

दोस्रो सेमिफाइनलको पहिलो सेटको खेल २५-२२ ले जितेको नवलपुरले दोश्रो र तेस्रो सेट २५-२० र २५-२० ले स्याङजालाई सुम्पियो । तर नवलपुर चौथो सेटमा उत्कृष्ट पुनरागमन गर्दै २५-१७ ले आफ्नो पक्षमा पार्दै स्याङ्जालाई दवाबमा राख्ने प्रयास गरेको थियो । तर अन्तिम तथा निर्णायक सेटमा स्याङ्जाले १५-७ ले खेल जित्दै फाइनलमा बागलुङको भेट पक्का बनायो ।


Advertisment
Nabil box
Kumari

प्रतियोगिताको तेस्रो स्थान र फाइनल खेल भोलि हुने सङ्घका महासचिव टहलसिंह थापामगरले जानकारी दिए। 

Vianet communication

उपाधि विजेताले नगद रु दुई लाख, उपविजेताले नगद रु एक लाख, तेस्रो हुने टोलीले रु  ५० हजार र चौथो हुने टोलीले रु २५ हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान प्राप्त गर्नेछन् । 

प्रतियोगितामा सर्वोत्कृष्ट हुने एक जना खेलाडीले नगद रु २० हजारका साथमा ट्रफी र मेडल प्राप्त गर्ने आयोजकले जनाएको छ । उत्कृष्ट सेटर, उत्कृष्ट लिव्रो, उत्कृष्ट सर्भर, उत्कृष्ट ब्लकर, उत्कृष्ट स्पाइकर र उत्कृष्ट प्रशिक्षकलाई जनही नगद रु १०/१० हजार प्रदान गरिनेछ ।

नेपाल भलिबल सङ्घ र कास्की जिल्ला भलिबल सङ्घको व्यवस्थापन, प्रदेश खेलकुद परिषद गण्डकीको समन्वयमा प्रतियोगिता सञ्चालन भएको । प्रतियोगिताबाट बचत रकमबाट महिला भलिबल खेलाडी उत्पादनका लागि एकेडेमी सञ्चालन गर्ने लक्ष्य राखिएको छ । प्रतियोगितामा मनाङ र मुस्ताङबाहेक गण्डकी प्रदेशका नौ जिल्लाको सहभागिता छ । रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

बैशाख १८, २०८१

भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्समाथि जीत दर्ता गरेको छ ।  सोमबार राति घरेलु मैदान इडेन गार्डेनमा भएको खेलमा उत्कृष्ट फर्ममा रहेको कोलकाताले द...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

बैशाख २४, २०८१

इन्डियन प्रिमियर लिग (आईपीएल)मा कोलकाता नाइट राइडर्सले लखनउ सुपर जायन्ट्सविरुद्ध शानदार जीत हासिल गरेको छ । आइतबार राति सम्पन्न खेलमा केकेआरले लखनउलाई ९८ रनले हराएको हो ।  जितसँगै केकेआर अंक तालिका...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x