×

NMB BANK
NIC ASIA

राजनीति

केपी ओलीसँग छलफल गर्ने प्रस्तावमा 'हुन्छ' भनेको थिएँ : माधव नेपाल

पुस १२, २०७९

NTC
Premier Steels

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले नयाँ सरकार गठन गर्ने बारेमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्नेबारे आएको प्रस्तावमा आफूले हुन्छ भनेर सहमति दिएको बताएका छन् । 

Muktinath Bank

गत आइतवार बालुवाटारमा कांग्रेससँग सरकारको नेतृत्वबारे कुरा नमिलेपछि प्रचण्डले केपी ओलीसँग तीनै जना बसेर छलफल गर्ने प्रस्ताव गरेको र आफूले त्यसमा सहमति जनाएको माधव नेपालले बताए ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेकपा एकीकृत समाजवादी सुदूरपश्चिम प्रदेशले पार्टीको केन्द्रीय कार्यालयमा आयोजना गरेको प्रतिनिधि तथा प्रदेशसभामा निर्वाचित सभासद्हरूलाई बधाइ तथा शुभकामना दिन आयोजित कार्यक्रममा नेपालले सरकार गठनको लागि कांग्रेस नेतृत्वको गठबन्धनमा भएको छलफल सविस्तार सुनाएका हुन् । 


Advertisment
Nabil box
Kumari

‘अन्तिम समयमा आएर कार्य सम्पादन समितिको निर्णय देखाएर कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री दुवै नछाड्ने भयो । त्यसपछि अब गठबन्धन काम लागेन भनेर निस्कियौँ र बालुवाटारमै केहीबेर प्रचण्डसँग बसेर छलफल गर्‍यौँ । त्यही बेला प्रचण्डले केपी ओलीसँग तीनैजना नेताहरू मिलेर छलफल गरौँ भन्ने प्रस्ताव गरे । मैले त्यसबेला हुन्छ भनेको थिए’, गत आइतवारको घटनाक्रम सुनाउँदै नेपालले भने । 

Vianet communication

बालुवाटारबाट पार्टी कार्यालय आएर पार्टीको बैठक बोलाएपछि रवि लामिछाने, उपेन्द्र यादव र राजेन्द्र लिङ्देनलाई फोन गरेर बोलाएको उनले सुनाए । 

‘पार्टी कार्यालय आएर बैठक बोलाए । त्यसपछि रवि लामिछाने उपेन्द्र यादव र राजेन्द्र लिङ्देनलाई फोन गरे । रविले बालकोट जाँदै छु भने । रविलाई पनि बालकोटले तानेछ भन्ने लाग्यो । उपेन्द्रले आउँछु भने । राजेन्द्रको फोन लागेन । खुमलटार जान्छु भनेर हिँडेका प्रचण्ड बालकोट पुगेछन्’, नेपालले भने ।

दिउँसो ४ बजे कांग्रेस सभापति शेरबहादुर देउवाले फोन गरेर प्रचण्डलाई पहिलो कार्यकालको प्रधानमन्त्री दिन्छु बोलाइदिनुस् भनेको पनि नेपालले सुनाए । 

उनले भने, ‘दिउँसो ४ बजे प्रचण्डलाई प्रधानमन्त्री दिन्छु बोलाइदिनुस् भनेर फोन आयो । समयमा बुद्धी पुर्‍याउनुभएन अहिले बोलाएर के गर्ने ? उता सहमति भइसक्यो भने ।’ 

गठबन्धनमा प्रधानमन्त्रीमा अगाडि बढ्न प्रचण्डलाई आफूले नै सल्लाह दिएको नेपालले बताए । 

‘रवि लामिछानेले क्रान्तिकारी कुरा गरेर आएका छन् । तर, जनताको असन्तुष्टि सम्बोधन गर्न शेरबहादुरबाट हुँदै प्रचण्ड नै अगाडि सर्नुपर्छ भनेर मैले नै भनेको हो । तर, प्रचण्डले एक्ला–एक्लै भेटेर खुसुखुसु कुरा गरेर प्रधानमन्त्रीको आश्वासन लिइहाल्नुभयो’, उनले भने । पछि देउवाले प्रधानमन्त्री दिन आनाकानी गरेपछि पहल गरिदिनुपर्‍यो भनेर प्रचण्ड भन्न आएको पनि नेपालले बताए । 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x