×

NMB BANK
NIC ASIA

सिंहदरबारमा रवि

गृहमा रविको पहिलो ‘फुल ड्युटी’ : मन्त्रालयमा ४ घण्टा पछ्याउँदा जे देखियो

सचिवको त्यो हतारो, अन्य कर्मचारीको दौडादौड अनि 'क्यान्टिन'को खाना

पुस १२, २०७९

NTC
Premier Steels

मंगलवार बिहान ९ः२० मा गृह मन्त्रालय पुग्दा सुरक्षाकर्मीहरू गेटमा कुरिरहेका थिए । प्रहरी नायब उपरीक्षक (डीएसपी) सहित गृहमा नियमित ‘ड्युटी’मा खटिने सुरक्षाकर्मीहरूको मात्र उपस्थिति थियो ।

Muktinath Bank

पक्कै पनि उनीहरूलाई मन्त्रीको सवारी हुँदै गरेको कुरा जानकारी भएको हुनुपर्छ, हाउभाउ त्यस्तै थियो । बिहान ९ः३१ मा बा १ झ ६४३३ नम्बरको निलो गाडीमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने मन्त्रालय प्रवेश गरे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

दौरा सुरुवाल, कालो कोट, भादगाउँले टोपी र निधारमा टीका लगाएका लामिछाने मुस्कुराउँदै मन्त्रालय छिरेका थिए । उनीसँगै स्वकीय सचिव दीपक बोहोरासहित सचिवालयको टीम थियो ।


Advertisment
Nabil box
Kumari

त्यतिबेलासम्म मन्त्रालय लगभग खाली थियो । एक-दुईजना सहसचिव मात्र आइपुगेको उपस्थित सुरक्षाकर्मीहरूले लोकान्तरसँग बताएका थिए ।

Vianet communication

रवि आइपुगेको करीब २० मिनेटपछि गृहसचिव विनोदप्रकाश सिंह हस्याङ्फस्याङ् गर्दै मन्त्रालय छिरे । सुरक्षाकर्मीले ‘सलुट’ गर्दा पनि सामान्य हाउभाउ समेत नजनाएबाट उनी हतारमा थिए भन्ने बुझ्न सकिन्थ्यो ।

सचिव आएको करीब ५ मिनेटपछि अन्य सहसचिव, उपसचिव र कर्मचारीहरू धमाधम आउन थाले । आइपुग्नेहरूले सुरक्षाकर्मीलाई सोध्थे, ‘मन्त्रीज्यू, आइपुग्नुभयो ?’ सुरक्षाकर्मीले जवाफ दिन्थे, ‘हजुर, आइपुग्नुभयो ।’ 

मन्त्री आइसकेको खबर पाउँदा कतिपय कर्मचारी रातोपिरो हुँदै भित्र छिरेका थिए भने केहीले ‘होर, कति छिटो आउनुभएछ ?’ भनेर प्रतिक्रिया जनाएका थिए । यस्तो दृश्य बिहान सवा १० बजेसम्म दोहोरिइरह्यो । कतिपय कर्मचारी दौडादौड गर्दै मन्त्रालय प्रवेश गरे ।

सचिवलगायत उच्चपदस्थ कर्मचारीहरू पुगेपछि मन्त्रीको कार्यकक्षमा छोटो बैठक बस्यो ।  त्यसक्रममा सचिव र महाशाखाको जिम्मा पाएका सहसचिवहरूले मन्त्रीलाई ब्रिफिङ गरेको एक कर्मचारीले जानकारी दिए ।

त्यतिबेलासम्म मन्त्री लामिछानेलाई बधाई दिन भन्दै केही शुभचिन्तक आइपुगेका थिए । त्यो संख्या बढ्दै गयो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्तादेखि चितवनमा रविलाई पानीको पाइप बिच्छ्याउने क्रममा सघाएका व्यक्तिहरूसम्म मन्त्रालय आइपुगेका थिए । 

रविले आफू काममा केन्द्रित भएको भन्दै सामूहिक रूपमा बधाई लिने बताए । सबैलाई एकै ठाउँमा राखेर बधाई लिन भन्दै रवि प्रेस संयोजकको कोठामा आइपुग्दा २०/२५ जना मानिस जम्मा भएका थिए । त्यसमा आफूलाई पत्रकार बताउनेदेखि ‘विज्ञ हुँ’ भन्नेहरूसम्म थिए ।

‘म काम गर्न आएको हुँ, मलाई काम गर्न दिनुस्, बधाई एकमुस्ट दिनुभए हुन्छ,’ रविले सबैलाई एकैपटक सम्बोधन गरे । 

उनले आफूलाई खादा तथा माला नलगाइदिन आग्रह गरे, तर शुभचिन्तकले ल्याइसकेका माला र खादा अस्वीकार भने गरेनन् ।

त्यसपछि रविले भने, ‘मैले गलत गरें भने मलाई खबरदारी गरिदिनुस् । हिजो म खबरदारी गर्ने ठाउँमा थिएँ, आज तपाईंहरू हुनुहुन्छ । मलाई गाली गर्ने पालो तपाईंहरूको हो ।’ विदेशमा दुःख पाएका व्यक्तिहरूका लागि नै आफू गृह मन्त्रालयमा आएको उनले बताए । 

‘विदेशमा बसेर दुःख पाएकाहरूको उद्धार गर्न म गृह मन्त्रालयमा आएको हुँ । कतिपयले पद पाएर मन्त्रालयमा गयो भन्ने गुनासो गर्नुभएको छ । तर म उहाँहरूलाई सहयोग गर्न आएको हुँ । तपाईंहरूले पनि भनिदिनुहोला, म उहाँहरूकै साथमा छु ।’

त्यहाँ उपस्थित भएकाहरूमध्ये केहीले रविसँग फोटो खिचे । त्यहाँबाट निस्किएर उनी करीब पौने १२ बजेबाट मन्त्रालयभित्र विभिन्न महाशाखा र शाखाहरूको निरीक्षणमा जुटे । निरीक्षणको काम माथिल्लो तल्लाबाट शुरू भयो । गृहसचिव सिंह, प्रवक्ता फणिन्द्रमणि पोखरेल, सह–सचिव डा. भीष्मकुमार भुसाललगायत पनि मन्त्रीसँगै निरीक्षणमा हिँडे । 

त्यसक्रममा रविले लागूऔषध नियन्त्रण शाखा र सीमा सुरक्षासम्बन्धी शाखामा आफ्नो विशेष चासो रहेको बताए । 

लागूऔषध नियन्त्रण शाखामा पुग्दा उनले ‘यसमा मेरो विशेष चासो छ । म तपाईंहरूसँग फेरि बस्छु,’ भनेका थिए ।

आफू सञ्चारकर्ममा रहँदा पनि उक्त शाखामा आएको स्मरण उनले गरे । मुस्कुराउँदै निरीक्षणमा रहँदा उनले ‘अब मिलेर काम गर्नुपर्छ’ भनेका थिए ।

कानून तथा फैसला कार्यान्वयन शाखामा पुगेर उनले यसबारे पनि आफू जानकार रहेको बताए । ‘फैसला भयो, तर कार्यान्वयन भएन भन्ने सुन्दै आएको छु । अब यस विषयमा फरक ढंगले काम गर्नुपर्छ,’ उनले भने ।

उनले कर्मचारीहरूलाई ढुक्क भएर काम गर्न निर्देशन दिएका थिए । 

निरीक्षणकै क्रममा जिन्सी शाखामा पुग्दा जार र बोतलहरू देखे । त्यसपछि उनले मन्त्रालयलाई प्लास्टिकमुक्त बनाउन निर्देशन दिए ।

‘अब मन्त्रालयबाट प्लास्टिक हटाउनुस् । पुरानो टेन्डर छ भने पनि रद्द गरेर शिशाका वा अन्य सामान ल्याउनुहोला,’ उनले निर्देशन दिए ।

सचिव सिंहले अब त्यसैअनुसार गर्ने जवाफ फर्काए ।

रवि आन्तरिक निरीक्षणमै रहेका बेला मध्याह्न १२ः२७ मा सचिवको मोबाइलमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलको फोन आयो ।

‘मन्त्रीज्यू, हजुरको फोन’ सचिवले फोन मन्त्री लामिछानेलाई दिए । फोनमा केही कुरा सुनेपछि उनले जवाफ दिए, ‘ए हजुर हस् । हस् । हस् ।’

फोन राखेपछि उनले भोलि बिहान ११ बजे अर्थमन्त्रीले बैठक राखेको जानकारी गराउँदै त्यसबारे आफूलाई सम्झाउन आग्रह पनि गरे ।

‘निरीक्षणका क्रममा केही कमीकमजोरी पाउनुभयो कि ?’ लोकान्तरको प्रश्नमा रविले जवाफ दिए, ‘म आज कमीकमजोरी हेर्न आएको हैन । साथीहरूलाई भेट्न आएको हुँ । म आएपछि साथीहरूमा नयाँ उत्साह छाएको पाएँ ।’

रवि निरीक्षणमा रहँदा कतिपय कर्मचारी डराएका देखिए । सुरक्षाकर्मीहरू पनि तनावमा रहेको प्रस्टै बुझ्न सकिन्थ्यो ।

निरीक्षण सकिनै लाग्दा विश्वका ८ वटा हिमाल छोटो समयमा चढेर विश्व कीर्तिमान बनाएका निर्मल पूर्जा रविलाई बधाई दिन आइपुगे ।

बधाई ग्रहण गरेपछि रविले भने, ‘तपाईंले गर्दा हामीलाई प्राउड फील भएको छ । तपाईंजस्तो नेपाली पाउने हामी भाग्यमानी हौं ।’

त्यसपछि रवि मन्त्रालयको पछाडि रहेको क्यान्टिनमा पुगे । क्यान्टिनको निरीक्षणपछि उनी खाना खान भन्दै टेबुलमा बसे ।

‘म आज यही क्यान्टिनमा खाना खान्छु, आउनुस् तपाईंहरू पनि...,’ टेबुलमा बसेपछि रविले सँगै रहेका व्यक्तिहरूलाई आग्रह गरे ।

क्यान्टिनमा रविका केही शुभचिन्तकहरू पनि पुगेका थिए । केहीले उनीसँग फोटो लिए । त्यसैक्रममा ललितपुर– ३ बाट निर्वाचित रास्वपा सांसद डा. तोसिमा कार्की पनि पुगिन् । रविले त्यहीँ बसेर खाना खाए ।

नयाँ मन्त्रीको पहिलो ‘फूल ड्युटी’का दिन अधिकांश कर्मचारी अन्योलमा देखिएका थिए । केहीले भने आफूहरू उत्साहित रहेको बताए ।

‘उहाँ आउनुहुन्छ भनेपछि नै उत्साहित भएको थिएँ । मिलेर काम गर्नुपर्छ भन्नुभएको छ, म खुशी छु,’ मन्त्रालयकी एक अधिकृतले नाम उल्लेख नगर्न आग्रह गर्दै भनिन् ।

‘ड्राइभर’लाई लेन नमिच्न निर्देशन

त्यसक्रममा सचिवालयका सदस्यले मन्त्रालय आउँदाको प्रसंग पनि लोकान्तरकर्मीलाई सुनाए ।

सवारीका क्रममा रविले चालकलाई आफ्ना लागि लेन अनुशासन र 'ट्राफिक लाइट' नमिच्न निर्देशन दिएका रहेछन् ।

‘उहाँले लेन मिचेर गाडी नचलाउन, रातो बत्तीमा नहुइँक्याउन र ट्राफिक नियमको पूर्ण पालना गर्न आफ्ना चालकलाई निर्देशन दिनुभयो,’ सचिवालयका ती सदस्यले लोकान्तरसँग भने । 

यसअघि अधिकांश मन्त्रीहरू ट्राफिक लाइट र लेन अनुशासनको पालना नगरी हुइँकिने गरेका थिए । मन्त्रीहरूले सामान्यतया लेन अनुशासन पालना गर्ने गरेका छैनन् ।

निर्मला पन्तको फाइलमा विशेष चासो

हिजो (सोमवार) गृह मन्त्रालयमा पदभार ग्रहण गर्दा रविले पहिलो निर्णय नै कञ्चनपुरकी निर्मला पन्तलाई न्याय दिलाउन अधिकतम पहल गर्ने भनेर गरेका थिए । 

कञ्चनपुरस्थित भीमदत्त नगरपालिका– २, उल्टाखाम निवासी १३ वर्षीया निर्मला  पन्तको २०७५ साउन १० गते बलात्कारपछि हत्या भएको थियो । 

मंगलवार पनि रविले त्यस विषयमा चासो देखाएको एक कर्मचारीले बताए । ‘उहाँले आज पनि त्यसबारे सोध्नुभएको थियो,’ एक कर्मचारीले भने ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x