×

NMB BANK
NIC ASIA

आफैँ बसेको जेल निरीक्षणमा मुख्यमन्त्री पुग्दा...

पुस १२, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल मङ्गलबार कास्की कारागार पुगे ।विगतमा दुई पटक राजनीतिक बन्दीका रुपमा बिताएका उनी अहिले मुख्यमन्त्रीको हैसियतमा कारागार निरीक्षणका क्रममा त्यहाँ पुगेका हुन् ।

Muktinath Bank

मुख्यमन्त्री पोखरेलले विसं २०३५ मा एक महिना र २०३६ मा साढे आठ महिना सोही कारागारमा बिताएका थिए । कार्यालय छेउमै भएर पनि समयको तारतम्मे नमिल्दा मुख्यमन्त्री भएपछि बल्ल कारागार छिर्न पाएको उनले बताए। “सासंद भए, प्रतिपक्षी दलको नेता भएँ, मुख्यमन्त्री नै भए तर कुनै बेला आफैँ बसेको कारागार आउन सकिरहेको थिइनँ, आज निरीक्षण गर्ने अवसर मिल्यो”, मुख्यमन्त्री पोखरेलले भने, “उबेलाको भन्दा तुलनात्मक रुपमा कारागारमा धेरै सुधार भएको मैल पाएँ ।”


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले विसं २०४२ तिर नवलपरासी जेलमा बस्दा त्यहाँ भागेका दुर्दशा पनि सुनाए । “त्योबेला जेलभित्र शौचालय थिएन, राति बाल्टिनमा शौच गरेर बिहान उज्यालो भएपछि फाल्नुपर्ने अवस्था थियो”, उनले विगत सम्झिए । 


Advertisment
Nabil box
Kumari

मुलुकको प्रधानमन्त्री, मन्त्री भइसकेका अधिकांश नेता जीवनको कुनै न कुनै समयमा जेल बसेको भन्दै उनले त्यहाँबाट निस्केपछि भने जेलभित्रको कुरा बिर्सने गरेको बताए । पछिल्लो समय जेललाई सुधार गृहका रुपमा विकास गर्न पहल भए पनि सोचेजति प्रगति हुन नसकेको मुख्यमन्त्री पोखरेलको भनाइ छ ।  प्रदेश राजधानीमा रहेको कास्की कारागार तुलनात्मक रुपमा ठिक भए पनि पूर्ण नरहेको मुख्यमन्त्रीको बुझाइ छ । 

Vianet communication
Laxmi Bank

कारागार प्रशासन सङ्घ सरकार मातहात रहे पनि यसको स्तरवृद्धिका लागि प्रदेश सरकारले पनि हातेमालो गर्ने उनले उल्लेख गरे । निरीक्षणमा सहभागी प्रदेशका आन्तरिक मामिलामन्त्री डोबाटे विश्वकर्माले कास्कीको मात्र नभएर देशैभरका कारागार जीर्ण र स्रोतसाधनको अभावबाट गुज्रेको बताए । 

पोखरा महानगरपालिका–७ पार्दीस्थित कारागारमा पुरुष चार सय र महिला २० गरी चार सय २० जनाको क्षमता छ । विसं २०२२ मा स्थापित कारागार १९ रोपनी क्षेत्रफलमा फैलिएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x