×

NMB BANK
NIC ASIA

ढुलमुलमा नेकपा एस

‘प्रचण्डको अनुहार हेर्दा सरकारलाई समर्थन गर्दिउँ जस्तो लाग्छ तर राजनीतिक पिक्चर क्लीयर छैन’

पुस २०, २०७९

NTC
Premier Steels

नेकपा एकीकृत समाजवादी (एस) पार्टीका अध्यक्ष माधवकुमार नेपालले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई समर्थन गर्न राजनीतिक पिक्चर क्लीयर नभएको बताएका छन् ।

Muktinath Bank

प्रधानमन्त्रीले विश्वासको मत लिने दिनसम्म आफूहरू एउटा निष्कर्षमा पुग्ने उनले बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पार्टी निकट युवा संघले बुधवार राजधानीमा आयोजना गरेको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले प्रचण्डको अनुहार हेरेर मात्र सरकारलाई समर्थन गर्न नसकिने बताएका हुन् । 


Advertisment
Nabil box
Kumari

‘हाम्रो पार्टीले सरकारलाई समर्थन गर्ने या विरोध गर्ने कुरा लेखेन भनेर समाचार लेखेको पाएँ, जब पिक्चर क्लीयर छैन भने कसरी निर्णय गर्न सकिन्छ ? राजनीतिक सिनारियो क्लीयर हुनुपर्‍यो नि – यो सरकारले कस्तो नीति कार्यक्रम ल्याउँछ ?’ नेता नेपालले भने, ‘प्रचण्डको अनुहार हेर्दा समर्थन गर्ने कुरा गर्दिउँ जस्तो हुन्छ, अनुहारले मात्र हुँदैन । अनेक कुरा छन् ।’

Vianet communication

अध्यक्ष नेपालले सरकारलाई समर्थन गर्ने/नगर्नेबारे पुस २६ गतेसम्म आफूहरूले सस्पेन्स राख्ने बताए । ‘हामी पनि नेपालको राजनीतिमा छौं, हामीलाई कुनै जानकारी छैन । त्यतिकै अगाडि सरेर बोल्ल्ने कुराको के हतारो ? के बित्दो छ ? २६ गतेसम्म निर्णय गरे पुगेन ? त्यो दिनसम्म सस्पेन्समा रहोस्,’ उनले भने ।

अध्यक्ष नेपालले विचार मिल्ने राजनीतिक दलसँग मोर्चा बनाएर जाने योजना रहेको बताए । ‘विभिन्न पार्टीसँग कुराकानी शुरू गरेका छौं, कसैले अवमूल्यन गर्लान् कि भनेर आत्तिनुपर्ने अवस्था छैन,’ नेपालले भने । 

अध्यक्ष नेपालले संसदमा राष्ट्रिय पार्टी नबने पनि पार्टीको ह्वीप लाग्ने दाबी गरे । ‘प्रत्यक्षबाट १० सिट पायौं, पार्टीकै नेताको कमजोरीका कारण समानुपातिकमा कटाउन सकेनौं, राष्ट्रिय पार्टीको ३ प्रतिशतको थ्रेसहोल्ड पार गरेको भए हेलिकोप्टर दिन्थ्यो र ?’ नेपालले भने, ‘राष्ट्रिय पार्टी नबने पनि पार्टीको ह्वीप लाग्छ, थ्रेसहोल्ड पार नगरे पनि ह्वीप लागेको र पद गुमाएको थाहा पाउनुभएको छ । अनेकौं किसिमका भ्रम पैदा गरिएका छन् तर भ्रममा नपरे हुन्छ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x