×

NMB BANK
NIC ASIA

गायक हिमाल सागर भन्छन् – ‘ए हो र माया...’ गीत एउटै स्टेजमा लगातार ८ पटकसम्म गाउनुपर्‍यो

पुस २०, २०७९

NTC
Premier Steels

‘बगेको खोली फर्किन्छु भन्छ
कल्लेनी केहीबेर पर्खिन्छु भन्छ
तिमीलाई देखेर माया, तिमीलाई देखेर
ए हो र माया
मै राम्री छु र !’

यो रोमान्टिक आधुनिक गीतले पछिल्लो एक महिनायता युट्युब र टिकटकमा कब्जा जमायो ।

Muktinath Bank

३३ दिनमा युट्युबमा १ करोड भ्युज पार गर्यो गीतले । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अहिलेसम्म सबैभन्दा बढी टिकटक भिडियो यही गीतमा बने । निर्माणपक्षका अनुसार गीतमा ३७ लाख बढी टिकटक भिडियो बनेका छन्, जुन अहिलेसम्मकै सर्वाधिक हो । 


Advertisment
Nabil box
Kumari

हिमाल सागर र अनु चौधरीको स्वर रहेको गीतलाई स्रोता एवं दर्शकहरुले यति रुचाए कि गीतको कम्पन अझै सेलाएको छैन ।

Vianet communication

विमल अधिकारीको शब्द, संगीत रहेको गीतलाई कमल सौरागले एरेन्ज गरेका हुन् । 

मौसम हिमालीको कोरियोग्राफी एवं निर्देशनमा तयार भिडियोमा विमल र सनिशा भट्टराईको अभिनय छ ।

गीत सार्वजनिक भएसँगै चर्चामा पुगेको थियो । गायक हिमाल सागर गत शुक्रबार जाजरकोट पुगेका थिए, महोत्सवमा प्रस्तुति दिन ।

स्टेजमा उक्लिएर उनले गुनगुनाउन थाले, ‘बगेको खोली फर्किन्छु भन्छ...।’ 

दर्शकहरु हुटिङ गर्दै उनीसँगै स्वरमा स्वर मिलाएर गाउन थाले ‘कल्लेनी केहीबेर पर्खिन्छु भन्छ ।’

हिमालले गीत गुनगुनाएर सके, तर दर्शकहरुको रहर सकिएन । ‘वान्स मोर...वान्स मोर’ भीडबाट आवाज आइरह्यो । 

हिमालले पुनः गीत गाए । दर्शकहरुलाई त्यसपछि पनि रहर पुगेन । उनले तीन, चार, पाँच, छ, सात, आठ पटक यही गीत सुनाए । ‘ए होर माया ८ पटक गाउनुपर्यो’ कार्यक्रमबाट फर्किएपछि उनले सुनाए, –‘एउटा स्टेजमा ८ पटक एउटै गीत गाउनुपरेको जिन्दगीकै पहिलो अनुभव हो । अर्को जुनीमा पनि सायद यस्तो हुँदैन होला ।’  अन्य स्थानका स्टेज कार्यक्रममा पनि ३/४ पटकसम्म यस गीत गाउनु अनिवार्यजस्तै भएको उनी सुनाउँछन् ।

गीतकार, संगीतकारले तयार पारेका गीत हिट भएसँगै गायक/गायिकाहरू स्टेज कार्यक्रममा व्यस्त हुने गरेका छन् ।

यद्यपि, अधिकांश गायक, गायिकाहरूले स्टेजमा गीत गाउँदै गर्दा गीतकार एवं संगीतकारको नाम लिन हिच्किच्याउँछन् । 

गायक हिमाल भने स्टेजमा गीत गाउँदा सम्बन्धित गीतको गीतकार एवं संगीतकारको नाम लिने गरेका छन् ।

उनले अरु गायक/गायिकाहरूलाई समेत स्टेजमा गीत गाउँदा सम्बन्धित गीतको गीतकार एवं संगीतकारको नाम लिन अनुरोध गर्छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x