×

NIC ASIA

प्रदेश १ : सत्ता गठबन्धनले बाबुराम गौतमलाई सभामुखको उम्मेदवार बनाउने

पुस २६, २०७९

Prabhu Bank
NTC
Premier Steels

प्रदेश १ प्रदेश सभाको सभामुख चयनको कार्यतालिका मंगलवार सार्वजनिक हुँदैछ ।

Muktinath Bank

मंगलवार बस्ने प्रदेश सभाको बैठकले सभामुख चयनको प्रक्रिया थाल्नेछ । सभामुखको निर्वाचन आगामी २८ गतेका लागि तोकिएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रदेश १ सरकारको मुख्यमन्त्री एमाले र सभामुख माओवादीले पाउने गरी यसअघि नै केन्द्रमा सहमति भइसकेको छ । सोहीअनुसार एमाले नेता हिक्मतकुमार कार्की प्रदेश १ सरकारमा मुख्यमन्त्री भएका छन् ।


Advertisment
Nabil box
Kumari

सभामुखमा माओवादी केन्द्रले दिएको उम्मेदवारीलाई एमालेले समर्थन गर्नेछ । माओवादी स्रोतले दिएको जानकारीअनुसार ओखलढुंगा क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद बाबुराम गौतमलाई माओवादी केन्द्रले सभामुखको उम्मेदवार बनाउने तयारी गरेको छ ।

Vianet communication

यसअघि माओवादी केन्द्रबाट सभामुखमा संखुवासभा क्षेत्र नम्बर १ का सांसद राजेन्द्र कार्कीको नाम सार्वजनिक भएको थियो । कार्कीले सभामुख भन्दा मन्त्री बन्ने इच्छा देखाएका कारण बाबुराम गौतम नै सर्वसम्मत उम्मेदवार बन्ने सम्भावना बढेको एक सांसदले बताए ।

माओवादी केन्द्रबाटै सभामुखमा महिला सांसद गीता तिम्सिनाले पनि दाबी गरेकी छन् । यद्यपि उनलाई माओवादी केन्द्रले उम्मेदवार बनाउने सम्भावना कम रहेको बताइएको छ । गौतम नै सभामुखको उम्मेदवार बनेको खण्डमा उनलाई एमालेका ४०, माओवादी केन्द्रका १३, राप्रपाका ५ र जसपाका १ गरी ६० सांसदको समर्थन प्राप्त हुनेछ । ९३ जना सांसद रहेको प्रदेश सभामा बहुमतका लागि ४७ सांसद आवश्यक पर्छन् । ६० सांसदको समर्थन प्राप्त भए गौतम प्रदेश सभाको दोस्रो सभामुख बन्नेछन् ।

प्रतिपक्षीको बेन्चमा रहेका नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीले सभामुखको उम्मेदवारबारे कुनै निर्णय गरेका छैनन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x