×

NMB BANK
NIC ASIA

घनश्याम भूसाल एकीकृत समाजवादी प्रवेश गर्दै

पुस २६, २०७९

NTC
Premier Steels

नेता घनश्याम भूसाल नेकपा एकीकृत समाजवादी प्रवेश गर्ने भएका छन्। गएको प्रतिनिधिसभा निर्वाचनमा टिकट नपाएपछि भूसालले नेकपा एमाले परित्याग गरेका थिए। 

Muktinath Bank

उनी केही दिनपछि समाजवादी पार्टी प्रवेश गर्ने उनीनिकट स्रोतले जानकारी दिएको हो। 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गएको संघीय चुनावमा रुपन्देहीबाट स्वतन्त्र रूपमा चुनावमा उठेका भूसाल नेकपा माओवादी केन्द्र तथा नेपाली कांग्रेस दुवैले समर्थन गरे पनि उनी नेकपा एमालेका छविलाल विश्वकर्मासँग पराजित भएका थिए। 


Advertisment
Nabil box
Kumari

१-२ दिनछि यसको औपचारिक घोषणा हुनेछ‚' भूसालनिकट एक नेताले भने। ​उनी त्यसयता एकीकृत समाजवादीको नेतृत्वसँग पटक-पटक छलफलमा थिए। ​

Vianet communication

भूसालले नेकपा एकीकृत समाजवादीको वार्ता समितिलाई सम्बोधन गरेर लेखेको यस्तो छ पत्र 

करिब डेढ वर्षदेखि मैले सैद्धान्तिक तथा कार्यक्रमिक आधारमा नयाँ उचाईबाट कम्युनिष्ट पार्टीहरुबीच एकता गर्नु पर्छ भनेर पार्टीमा प्रस्ताव राख्दै, सार्वजनिकरुपमा लेख्दै र बोल्दै आएको कुरा सर्वविदित नै छ ।

नेकपा (एमाले)बाट अलग भएपछि मेरा अगाडि या त स्वतन्त्र रहेरै कम्युनिष्ट आन्दोलनको पुनर्गठन र एकताका लागि स्वतन्त्र अभियान सञ्चालन गर्ने या कुनै कम्युनिष्ट पार्टीमा सहभागी भएर त्यस दिशामा काम गर्ने विकल्प छन् भनेर सार्वजनिक रुपमा बोल्दै आएको छु ।

कम्युनिष्ट तथा वाम आन्दोलनमा योगदान गरेका तर अहिले कुनै पार्टीमा संगठित नरहेका र वैकल्पिक राजनीतिको खोजीमा लागेका कैयन् प्रगतिशील तथा वाम झुकावका साथीहरूसँग नेपालको राजनीतिमा गर्नुपर्ने प्रगतिशील रुपान्तरणका बारेमा देशव्यापी रुपमा बहस चलाउँदै एकता तथा रुपान्तरण अभियान सञ्चालन गर्ने विषयमा छलफल गर्दै आएको छु ।

मुख्य कुरा कम्युनिष्ट पार्टीको पुनर्गठन, रुपान्तरण र एकता भएकोले नेकपा (एकीकृत समाजवादी) मा संगठित भएर त्यसतर्फ अगाडि बढ्न तपाईँहरुले गर्नुभएको आग्रहको महत्वलाई मैले बुझेको छु। यस बीचमा भएका अनौपचारिक छलफलमा नेकपा (एकीकृत समाजवादी) का सबैजसो नेता/कार्यकर्ताले विचार, सिद्धान्त र लोकतान्त्रिक विधिमा कम्युनिष्ट आन्दोलनलाई पुनर्गठित र एकीकृत गर्न आवश्यक सबै नीति र संरचनाका लागि देखाउनुभएको तत्परता सकारात्मक छ । 


 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x