×

NMB BANK
NIC ASIA

संसद्को दृश्य

संसदमा सत्ताको गणित : २७३ भर्सेस २ !

पुस २६, २०७९

NTC
Premier Steels

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभामा 'प्रचण्ड' बहुमत प्राप्त गरेका छन् ।

Muktinath Bank

संसदमा विश्वासको मतका लागि मंगलवार भएको मत विभाजनमा पक्षमा २६८ र विपक्षमा जम्मा २ मत प्राप्त भएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जम्मा २७० मत खस्दा ५ जना मतदानमा सहभागी भएनन् ।


Advertisment
Nabil box
Kumari

पशुपति शमशेरले जेष्ठ सदस्यको हैसियतमा बैठक सञ्चालन गरेकाले मत दिन पाएनन् भने कांग्रेसका ४ सांसद बैठकमा उपस्थित थिएनन् ।

Vianet communication

अनुपस्थित ४ मध्ये मनाङका टेकबहादुर गुरुङ निलम्बनमा रहेकाले शपथ समेत लिएका छैनन् ।

कांग्रेसकै अन्य सांसदहरू मनोरमा शेरचन, किशोरसिंह राठोर र अम्बिका बस्नेत पनि अनुपस्थितिका कारण मतदान प्रक्रियामा सहभागी थिएनन् ।

१६९ सांसदको समर्थनसहित प्रधानमन्त्रीमा दाबी गरे पनि अन्तिममा नेपाली कांग्रेस, नेकपा एस र लोसपाले समेत मत दिएका हुन् ।

यससँगै प्राविधिक हिसाबले प्रतिनिधिसभा प्रतिपक्षविहीन जस्तै बनेको छ ।

८९ सीट जितेको कांग्रेस, ७९ सीट रहेको एमाले, ३२ सीट जितेको माओवादी, २० सीट जितेको रास्वपा, १४ सीट जितेको राप्रपा, १२ सीट जितेको जसपा, १० सीट जितेको नेकपा एस, ६ सीट जितेको जनमत पार्टी, ४ सीट जितेको नागरिक उन्मुक्ति र ३ स्वतन्त्र सांसद पनि प्रधानमन्त्री प्रचण्डको पक्षमा देखिएका छन् ।

विपक्षमा मत दिनेमा १ सीट रहेको नेमकिपा र १ सीट नै रहेको राष्ट्रिय जनमोर्चा मात्र छन् ।

कांग्रेसले भने विश्वासको मत दिए पनि आफूहरू प्रतिपक्षमै बस्ने जनाएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x