×

NMB BANK
NIC ASIA

लुम्बिनी प्रदेश

लीला गिरी : प्रदेश चिनेका पाका मुख्यमन्त्री

पुस २७, २०७९

NTC
Premier Steels

मजदुर पृष्ठभूमिबाट उदाएका नेकपा एमालेका लीला गिरी लुम्बिनी प्रदेशको मुख्यमन्त्री बनेका छन् ।

Muktinath Bank

एमाले पोलिटब्युरो सदस्य समेत रहेका ६८ वर्षीया गिरी प्रदेशको संसदीय राजनीतिको दोस्रो यात्रामा मुख्यमन्त्री बनेका हुन् । गिरीलाई प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्री नियुक्त गरेका छन् । गिरीलाई ७ दल र २ स्वतन्त्रसहित ५८ सांसदको समर्थन छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गिरी एमाले उपाध्यक्ष विष्णु पौडेलसँग निकट भएर काम गरेका नेता हुन् । पौडेलकै निर्वाचन क्षेत्र रूपन्देही २(१) बाट लगातार दोस्रोपटक प्रदेश सभामा निर्वाचित गिरी प्रदेश सभामा सबैभन्दा ‘सिनियर’ र पाका नेतामा पर्छन् ।


Advertisment
Nabil box
Kumari

विक्रम संवत् २०११ चैत १४ गते गुल्मीको रूरूमा बुवा बुद्धिनाथ र आमा केशवकुमारीका ५ सन्तानमध्ये जेठा छोराका रूपमा जन्मिएका गिरीको हालको स्थायी बसाइँ रूपन्देहीको तिलोत्तमा नगरपालिका–१ मा छ । बाल्यकाल गुल्मीमा बिताएका मुख्यमन्त्री गिरीको परिवार विक्रम संवत् २०३४ सालमा बसाइँसराइँ गरी रुपन्देही झरेको हो ।

Vianet communication

गिरी २०२२ सालमै १२ वर्षकै उमेरमा तत्कालीन पञ्चायतविरुद्ध अगुवा शिक्षक सिद्धिनाथ ज्ञवालीसँग सहभागी भएर राजनीतिमा होमिएका हुन् । सामाजिक र राजनीतिक दुवै क्षेत्रमा सक्रिय गिरी बहुदल आएपछि रूपन्देहीको तत्कालीन शंकरनगर गाविस अध्यक्षमा निर्वाचित भए ।

गिरी एमाले रूपन्देहीको २०६१ सालमा सचिव, २०६९ सालमा अध्यक्ष बने । एमालेको नवौं महाधिवेशनमा केन्द्रीय सदस्य र दशौं महाधिवेशनमा पोलिटब्युरो सदस्य बने । तत्कालीन नेकपा हुँदा लुम्बिनी प्रदेश अध्यक्षको नेतृत्व पनि गिरीले गरे ।

विक्रम संवत् २०७४ सालमा शंकर पोखरेल नेतृत्वको पहिलो प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीको जिम्मेवारी सम्हालेका गिरीले साढे ३ वर्ष मन्त्रालय चलाए । लामो समय प्रदेश सरकारको जिम्मेवारी सम्हालेकाले पनि गिरी प्रदेश चिनेको नेतामा पर्छन् ।

राजनीति शास्त्रमा स्नातकसम्मको अध्ययन गरेका गिरी पञ्चायत र तत्कालीन राजा ज्ञानेन्द्र शाहको शासनविरुद्ध लाग्दा पटक–पटक पक्राउ परे । त्यसक्रममा उनले १ वर्षभन्दा बढी जेलमा यातना समेत भोगे । गुल्मीको ठूलो लुम्पेक र रूपन्देहीको डिंगरनगरमा केही वर्ष अध्यापक गराएको अनुभव पनि गिरीसँग छ । 

इमान्दार र सादगी नेता गिरी निरन्तर पार्टीमा गरेको योगदानका आधारमा मुख्यमन्त्री बनेका एमाले रुपन्देहीका सचिव यज्ञ गैरे बताउँछन् । ‘उहाँसँग मैले राजनीतिदेखि किसान आन्दोलनमा पनि सँगै काम गरेको छु । पार्टीले सही व्यक्तिलाई बनाएको छ । उहाँले मजदुरदेखि किसान आन्दोलनसम्म पार्टीलाई ठूलो योगदान गर्नुभएको छ । मुख्यमन्त्री पदले त्यो योगदानलाई सम्मान पुगेको छ,’ सचिव गैरेले भने । 

गत मंसिर ४ गतेको निर्वाचनमा नवनिर्वाचित मुख्यमन्त्री गिरीले तत्कालीन गठबन्धन अन्तर्गत कांग्रेसका दीर्घबहादुर केसी (कुमार) लाई २ हजार ६३४ मतले पराजित गरेका थिए । एकातिर पार्टीभित्र अन्तरद्वन्द्व, अर्कोतिर ५ दलीय गठबन्धनका कारण चुनाव सहज थिएन ।

लुम्बिनीमा सर्वसम्मत संसदीय दलको नेता हुनु र केन्द्रमा एमाले र माओवादीको नयाँ समीकरण बन्नु एकैपटक जस्तो भयो । प्रतिपक्षी दलको नेता बन्ने अवस्थामा पुगेका प्रदेशसभा सदस्य गिरीलाई मुख्यमन्त्री बन्ने अवसर जुर्‍यो । सत्ता साझेदार दलहरूबीच आइतवार साँझ भएको सहमतिअनुसार गिरीले ५ वर्ष नै लुम्बिनी प्रदेश सरकारको नेतृत्व गर्ने भएको थियो तर माओवादीले आलोपालो हुनुपर्ने अडान लिएपछि अब आधाआधा कार्यकाल मुख्यमन्त्रीमा आलोपालो हुनेछ ।

माओवादीसहित जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनमत पार्टी सहितका साना दललाई मुख्यमन्त्री गिरीले मन्त्रिपरिषद्देखि संसदसम्म चित्त बुझाएर अगाडि हिँड्नुपर्ने चुनौती छ । 

यसअघिका मुख्यमन्त्रीले शुरूआत गरेका प्रदेश गौरवका आयोजनाको प्राथमिकता र आउँदा दिनमा अगाडि सार्ने विकास र जनतासँग जोडिएका कामले गिरीको भावी राजनीतिक यात्रामा पनि अर्थ राख्छ । स्थायी पूर्वाधार नबन्दै बुटवलबाट दाङको भालुवाङ प्रदेश राजधानी सारिएको छ । लुम्बिनीले पहिलो ५ वर्षमा २ जना मुख्यमन्त्री पायो । पहिलो मुख्यमन्त्री एमालेका शंकर पोखरेल र त्यसपछि माओवादी केन्द्रका कूलप्रसाद केसी मुख्यमन्त्री बनिसकेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x