×

NMB BANK
NIC ASIA

महिनाकै १ खर्ब नाघ्यो रेमिट्यान्स, पाँच महिनामा भित्रियो ४ खर्ब ८० अर्ब

पुस २९, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

नेपालमा रेमिट्यान्स आय मासिक १ खर्ब रुपैयाँ नाघेको छ । 

Muktinath Bank

नेपाल राष्ट्र बैंकले जारी गरेको चालु आर्थिक वर्षको पहिलो पाँच महिनाको तथ्यांकअनुसार मासिक १ खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। ​मंसिर महिनामा मात्रै १ खर्ब २ अर्ब ४६ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको केन्द्रीय बैंकले जनाएको छ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

शुक्रबार नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको पाँच महिनामा देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ। यस्तो तथ्यांकअनुसार पछिल्लो पाँच महिनामा नेपालमा ४ खर्ब ८० अर्ब ५० करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।


Advertisment
Nabil box
Kumari

यस्तो रेमिट्यान्स आय गत आर्थिक वर्ष २०७९/८० को पहिलो पाँच महिनाको तुलनामा २३ प्रतिशतले बढेको छ । गत वर्षको सो अवधिमा यस्तो रेमिट्यान्स आय ३ खर्ब ८८ अर्ब ५८ करोड रुपैयाँ भित्रिएको थियो ।

Vianet communication
Laxmi Bank

रेमिट्यान्स आय औसतमै मासिक एक अर्ब रुपैयाँ पुगेको हो । पछिल्ला पाँच महिनाको तथ्यांकअनुसार औसत मासिक ९६ अर्ब १० करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको देखिएको छ।

अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह ६.३ प्रतिशतले घटेको थियो ।  अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३.१ प्रतिशतले वृद्धि भई ३ अर्ब ७१ करोड पुगेको छ । अघिल्लो वर्ष आप्रवाह ६.८ प्रतिशतले घटेको थियो । 

समीक्षा अवधिमा खुद ट्रान्सफर २१.६ प्रतिशतले वृद्धि भई ५३० अर्ब ६ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ५.३ प्रतिशतले घटेको थियो ।

पछिल्लो ५ महिनाको रेमिट्यान्स आय

महिना रेमिट्यान्स आय (रुपैयाँमा )

मंसिर :   १ खर्ब २ अर्ब ४६ करोड

कात्तिक :  १ खर्ब ३८ अर्ब ७२ करोड

असोज :  ८३ अर्ब ९५ करोड

भदौ     :  ७९ अर्ब ४१ करोड

साउन   : ७५ अर्ब ९६ करोड

कुल ४ खर्ब ८० अर्ब ५० करोड

तथ्यांक स्रोतः नेपाल राष्ट्र बैंक

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x