×

NIC ASIA

राजनीति

उतिबेलाका पत्रिका वितरक गौतम : संसद पसेको पहिलो पटकमै सभामुख

पुस ३०, २०७९

Prabhu Bank
NTC
Premier Steels

२०५३ सालमा लेटर प्रेसको कम्पोजर तथा पत्रिका वितरकको काम गरेका बाबुराम गौतम १ नम्बर प्रदेश सभाको सभामुख भएका छन् । ओखलढुंगाको पोकलीमा जन्मेका गौतम काठमाडौंमा पत्रिका वितरक भएका थिए ।

Muktinath Bank

सामान्य परिवारमा जन्मेका उनले आफ्नो पढाइ खर्च जुटाउनका लागि पत्रिका बेचेका थिए । नेकपा मसालको राजनीति शुरू गरेका गौतम २०५२ सालदेखि माओवादी राजनीतिमा होमिएका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जंगलमा पानी समेत नखाई ओडारमा बिताएका दिनहरू यादगार रहेका उनले बताए । ‘२०५९ सालमा ओखलढुंगाकै इल्मु भन्ने ठाउँ छ । त्यहाँभन्दा माथि अक्करको भीर छ । हामी त्यही भीरमा बसेर जनयुद्धमा लड्ने योजनाहरू बनाउँथ्यौं । त्यो थाहा भएर होला तत्कालीन नेपाली सेनाले अप्रेसन शुरू गर्‍यो । हवाई गस्तीसहित ठूलो अप्रेसन थियो । उसले लिनदिनसम्म अप्रेसन गर्‍यो, त्यतिबेला पानी समेत नखाई बसेका थियौं तर हामीलाई सेनाले पत्ता लगाउन सकेन र बाच्यौं,’ उनले भने ।


Advertisment
Nabil box
Kumari

माओवादी जनयुद्धको समयमा पार्टीले घोषणा गरेको ‘जिल्ला जनसरकार’ उपप्रमुख समेत भएका थिए गौतम । संसदीय यात्रा उनको पहिलो हो । पहिलो संसदीय यात्रामै महत्त्वपूर्ण जिम्मेवारी प्राप्त गरेका छन् । 

Vianet communication

गत मंसिर ४ गते सम्पन्न आमनिर्वाचन २०७९ मा नेकपा माओवादी केन्द्रबाट प्रदेश सभामा निर्वाचित गौतम सर्वसम्मत रूपमा सभामुख निर्वाचित भएका हुन् । ४९ वर्षीय गौतम ओखलढुंगाको प्रदेश निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित भएका हुन् ।

गौतम २०४६ सालको पञ्चायत विरोधी आन्दोलनबाट राजनीतिमा प्रवेश गरेका हुन् । बहुदलपछि सर्लाहीको महादेव जनता माविमा अखिलको इकाई अध्यक्ष भएका उनले त्यहीँबाट एसएलसी गरेका थिए । त्यसपछि काठमाडौंको आरआर क्याम्पस अध्ययनको क्रममा उनी अनेरास्ववियुमै आवद्ध थिए । उनी आरआर क्याम्पसमा स्ववियु सभापतिमा समेत उठेका थिए तर उनी पराजित भएका थिए ।

२०५२ फागुन १ गते माओवादी केन्द्रले जनयुद्ध शुरू गर्दा उनी पार्टीको काठमाडौं–ओखलढुंगा सम्पर्क समितिको सचिव थिए । उनी २०५४ देखि २०५६ सालसम्म जेल परेका थिए । उनी ४ पटक जेल परेका थिए । २०५७ सालदेखि २०६० सालसम्म उनले ओखलढुंगा जिल्लाकै नेतृत्वमा रहेर पार्टीको काम गरेका थिए ।

२०६० सालमा उनी अखिल नेपाल ट्रेड युनियन महासंघको महासचिव भएका थिए । उनी शान्ति प्रक्रियापछि मजदुर संगठनको केन्द्रीय उपाध्यक्ष भएका थिए । त्यसबेला महासंघकै अगुवाइमा श्रमिकको न्युनतम पारिश्रमिक तोक्ने, श्रमिकलाई स्थायी बनाउने, सामाजिक सुरक्षा कोष सम्बन्धी कानून निर्माण गर्ने लगायतका काम गरेको उनी बताउँछन् । मजदुर संगठनमा रहँदा उनले झापा, मोरङ र सुनसरी जिल्लामा काम गरेका थिए ।

२०७० सालदेखि गौतम ओखलढुंगा जिल्लाको पार्टी अध्यक्ष भए । २०७२ सालदेखि जिल्ला पार्टीको इन्चार्ज रहेका उनी पार्टीको केन्द्रीय सदस्य समेत रहेका थिए । उनले यसअघि कुनै राजकीय भूमिका पाउने अवसर पाएका थिएनन् । 

२०६४ र २०७० सालको संविधानसभा निर्वाचनमा समानुपातिकतर्फ उम्मेदवार बनेका थिए तर सांसद हुने अवसर पाएनन् । २०७४ सालको निर्वाचनमा वाम गठबन्धनबाट पार्टीका जिल्ला अध्यक्ष मोहनकुमार खड्का उम्मेदवार हुँदा इन्चार्ज रहेका गौतमले छाड्नुपरेको थियो ।

यस पटकको निर्वाचनमा ओखलढुंगाको प्रदेश निर्वाचन क्षेत्र (२) बाट नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादी सहितको लोकतान्त्रिक गठबन्धनको सहयोगमा उनी निर्वाचित भए । कांग्रेस र एकीकृत समाजवादीको सहयोगमा निर्वाचित भएका गौतमलाई सभामुखमा भने तत्कालीन विपक्षी एमालेले समर्थन गरेको थियो । लोकतान्त्रिक वाम गठबन्धनबाट जितेका गौतमलाई सभामुख बनाउन वाम गठबन्धनले साथ दिएको थियो । राजनीतिमा नयाँ समीकरण बन्दा गौतम सभामुख भएका हुन् । 

कांग्रेस सहितको गठबन्धनबाट प्रदेश सभामा निर्वाचित भएका गौतमलाई सभामुखमा निर्वाचित गर्न नेकपा एसले पनि समर्थन गरेको थियो तर उनीविरुद्ध नेपाली कांग्रेसले पनि उम्मेदवारी नदिएकाले निर्विरोध निर्वाचित भएका थिए ।

उनले राजनीति शास्त्रमा आईएसम्मको अध्ययन गरेका गरेका छन् । जनयुद्धमा होमिएका कारण थप अध्ययनलाई अगाडि बढाउन नसकिएको उनले बताए ।

सभामुखमा निर्वाचित भएपछि नयाँ जिम्मेवारी थपिएको भन्दै उनले भूमिकालाई सफलतापूर्वक सम्पन्न गर्ने बताए । कानून निर्माण प्रक्रियाबारे पर्याप्त ज्ञान नभए पनि सबैको सहयोगमा जिम्मेवारी पूरा गर्ने उनको प्रतिबद्धता छ ।

उनी जनयुद्धमा सरकार तथा तत्कालीन विद्रोही माओवादीबाट घाइते, बेपत्ता परिवारका लागि राहत दिने खालको कानून बनाउन पहल गर्न आफ्नो भूमिका हुने बताउँछन् । ‘हामीलाई मार्छाैं भन्ने र हामी पनि मार्छाैं भन्ने दुवै नेपाली दाजुभाइ हुन्,’ उनले भने, ‘तत्कालीन नेपाली सेना द्वन्द्वको नेतृत्व गर्ने माओवादी भए पनि दुवैलाई राहत दिन मिल्ने खालको कानून बनाउन आफ्नो पहलकदमी रहन्छ ।’ 

महत्त्वपूर्ण जिम्मेवारी दिएको अनुभूति गरेको भन्दै उनले १ नम्बर प्रदेशको नामकरण गर्न पनि आफ्नो  पहलकदमी रहने बताए । ‘हिजोसम्म म माओवादी थिएँ तर अब म सबैको भइसकेकाले प्रदेश सभामा महत्त्वपूर्ण भूमिका हुन्छ,’ उनले भने ।

जनयुद्धमा हिँड्दा धेरै दिन अनिन्द्रा र भोकै बसेका गौतमले आफूले भाटे कारबाही कसैलाई नगरेको बताए । ‘हामीले जसलाई फटाहा भन्यौं, उसलाई सम्झाएर संगठनमा पार्न बल गर्‍यौं तर भाटे कारबाही गरेनौं,’ उनले भने ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x