कात्तिक २२, २०८०
दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...
पुस ३०, २०७९
कांग्रेस महामन्त्री गगन थापाले नेपालमा निर्वाचन अघि र पछाडिका एलायन्स नचल्ने देखिएको भन्दै नयाँ ढंगले बहसमा जानुपर्ने बताएका छन् ।
पत्रकार रामकृष्ण भण्डारीको सत्ता संघर्ष विषयक पुस्तक विमोचन कार्यक्रममा थापाले मिश्रित निर्वाचन प्रणाली नहुँदा ४८ सालमा कांग्रेसले बहुमतको सरकार बनाउँदा पनि चल्न नसकेको भन्दै मिश्रित निर्वाचन प्रणालीभन्दा कार्यशैली र व्यवहार बदल्नुपर्ने बताए ।
‘४८ सालपछि कांग्रेसले एकल बहुमत ल्यायो । त्यतिखेर मिश्रित प्रणाली थिएन । तर पनि हाम्रो एकल बहुमतको सरकार टिक्न सकेन । मिश्रित निर्वाचन प्रणाली हटाएर एउटै पार्टीले बहुमत ल्याए पनि थेग्न सक्छौं ? भन्ने ग्यारेन्टी के ?’ उनले भने, ‘निर्वाचन अगाडि मिल्नुपर्छ भनेर २०७४ मा एमाले र माओवादी मिल्दा फेल भयो । अहिलेको निर्वाचनमा कांग्रेस र माओवादी मिल्दा फेल भइसक्यो इलेक्सन अगाडिको एलायन्स त फेल भयो । पछाडिका त टिकेको नै छैन ।’
यस्तो अस्थिरता अन्त्यका लागि दलभित्रै रहेको पूर्व प्रधानमन्त्रीको पकड र प्रभावलाई बदल्नुपर्ने उनले बताए ।
‘हाम्रोमा अस्थिरता किन भयो भन्नेमात्रै हेरिन्छ । तर कम बहस र छलफल गरेको विषय नै यही हो । हाम्रो संस्था कस्तो हुने भनेर छलफल गर्नुपर्ने हो । पार्टी सत्ता कसरी निर्माण भएको छ भनेर हेर्नुपर्ने हो । किन कुनै दलभित्र पूर्वप्रधानमन्त्रीको पकड छ ? पहिले यसलाई बदल्नुपर्छ’ थापाले भने, ‘यसलाई नबदलेसम्म हामीले स्थायित्वको राग अलापेर पनि हुनेवाला छैन ।’
बहुदलमा नियमभित्र रहेर खेल्नुपर्ने भन्दै शक्ति बाँडफाँटमा कारण दिन सक्नुपर्ने पनि बताए । ‘बहुदलीय व्यवस्थामा पावर स्ट्रगल हुन्छ । तर किन गरेको के कारणले गरेको भनेर खुला राख्नुपर्छ पारदर्शी हुनुपर्छ’ उनले भने, ‘अहिले प्रधानमन्त्रीले विपक्षीसँग किन विश्वासको मत मागेको ? त्यो बताउन सक्नुपर्छ । यसकारण मागेको भन्नुपर्ने हो । कारण खुलाउन सकिँदैन भने खुला गर्न सकिँदैन भने नियमसँग मिल्दैन । यस्तो गर्न पाइँदैन । प्रतिपक्षीले पनि भोट हाल्न मिल्दैन ।’
राजनीतिक स्थिरताका लागि कसरी काम गर्ने भन्नेमा नयाँ संसदले एक ठाउँमा उभिएर बहस र छलफल गर्न सक्नुपर्ने उनले बताए।
दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...
मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् । नेपाल प्रहरीले प्...
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् । विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...
नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...
जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ। सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...
‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...
नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...
एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...
आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...