×

NMB BANK
NIC ASIA

रास्वपाबाट कुन–कुन मन्त्रालयमा को–को मन्त्री ?

माघ २, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा कुन मन्त्रालय पाउँदा कुन व्यक्तिलाई मन्त्री बनाएर पठाउने भन्ने विषयमा समझदारी कायम भएको छ ।

Muktinath Bank

रास्वपाका एक सांसदले दिएको जानकारीअनुसार पार्टीको संसदीय दलको बैठक बस्दा नै कुन मन्त्रालय पाउँदा कुन व्यक्तिलाई पठाउने भन्ने मोटामोटी सहमति भएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘व्यक्तिगत विज्ञता र समावेशितालाई प्रमुख आधार मानेर व्यक्तिलाई छनोट गरिने मापदण्ड अनुसार नै कुन व्यक्तिलाई कुन मन्त्रालय दिने भन्ने सहमति भएको हो,’ रास्वपाका ती सांसदले लोकान्तरसँग भने ।


Advertisment
Nabil box
Kumari

शिक्षा मन्त्रलाय पाए शिशिर खनाललाई पठाउने सहमति भएको छ । खनाल टिच फर नेपालका संस्थापक भएर शिक्षा क्षेत्रमा काम गरेका कारण पार्टीले शिक्षा मन्त्रालय पाए खनाललाई पठाउने सहमति भएको ती सांसदले बताए ।

Vianet communication
Laxmi Bank

पार्टीले स्वास्थ्य मन्त्रालय पाए डा. तोसिमा कार्की, डा. चन्दा कार्की भण्डारी र ढाकाकुमार श्रेष्ठ मध्ये कुनै एक जनालाई पठाउने सहमति भएको उनले खुलाए । ‘३ जना डाक्टरहरूमध्ये समावेशिता समेतलाई ख्याल गर्दै कुनै १ जनालाई मन्त्री बनाउने सहमति भएको हो,’ ती सांसदले लोकान्तरसँग भने ।

पर्यटन मन्त्रालय पाएको खण्डमा संस्कृति तथा पर्यटनमा काम गरेका सांसद विराजभक्त श्रेष्ठ र पार्टीको उपसभापति समेत रहेका डोरप्रसाद अर्याललाई मन्त्री बनाउने सहमति भएको छ । युवा तथा खेलकुद मन्त्रालय वा कृषि मन्त्रालय पाए मनिष झालाई मन्त्री बनाउने सहमति भएको उनले बताए । ‘झा हकी एशोसिएशनका उपाध्यक्ष, पूर्व राष्ट्रिय खेलाडी हुनुका साथै युवामा विभिन्न कामहरू गरेकाले उनलाई युवा तथा खेलकुद मन्त्री दिने सहमति भएको हो,’ ती सांसदले भने ।

कानून मन्त्रालय पाए सोविता गौतम, महिला, बालबालिका मन्त्रालयमा कुनै अन्य महिलालाई पठाइने सहमति भएको उनले बताए । ‘पार्टीको मुख्य सोच सोविता गौतमलाई उपसभामुख बनाउने भन्ने नै हो । इमर्जिङ युथ लिडर भएर उपसभामुख हुँदा राम्रो सन्देश जाने भएकाले पनि त्यस्तो सहमति भएको हो,’  ती सांसदले भने ।

‘पार्टीले ४ मन्त्रालय र १ उपसभामुखको दाबी गर्ने, नेगोसिएसन हुँदा ३ मन्त्री १ राज्यमन्त्री र १ उपसभामुख दाबी गर्ने एक किसिमको निर्णय भएको हो,’ उनले थपे, ‘त्यो पनि नभए पार्टीको अन्तिम बटमलाइन भने ३ मन्त्री र १ उपसभामुखको रहिरहने निर्णय भएको हो ।’

पार्टीमा खसआर्य, महिला, आदिवासी जनजाति, मधेशी, थारु सहितको क्लस्टरलाई ध्यानमा राखेर मन्त्री बनाउने निर्णय गरेको उनले बताए । ‘अब भागबन्डामा हाम्रो पार्टीले कुन मन्त्रालय पाउँछ, त्यही अनुसार निर्णय हुन्छ,’ उनले लोकान्तरसँग भने ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x