×

NMB BANK
NIC ASIA

हाम्रो पात्रो हेल्थमा नगरपालिकाका डाक्टरसँग निःशुल्क परामर्श

माघ ४, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

लोकप्रिय 'हाम्रो पात्रो' एपको टेलिहेल्थ सेवा, ‘हाम्रो पात्रो हेल्थ’ले स्थापनाको १ वर्षभित्र ३००० भन्दा बढी व्यक्तिहरू र २४ विशेषज्ञताका २०० भन्दा बढी डाक्टरहरूलाई इन्टरनेट पहुँच पुगेका नेपाली गाउँ, सहर तथा प्रवासबाट जोड्न सफल भइसकेको छ। 

Muktinath Bank

यस सेवामार्फत डाक्टर खोज्न, डाक्टरसँग एपोइन्टमेन्ट लिन, डाक्टरसँग परामर्श लिन, प्रेस्क्रिप्सन लिन, डाक्टरसँग फलोअप गर्न र डाक्टरलाई रिभ्यु गर्न मिल्नेछ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यस हाम्रो पात्रो हेल्थ सेवाले आफ्नो प्लेटफर्मलाई नगरपालिकाहरूको लागि खुला गरेको छ।


Advertisment
Nabil box
Kumari

नगरपालिकाहरूले हाम्रो पात्रो हेल्थमार्फत आफ्ना नगरपालिका भित्रका वृद्धवृद्धा, फरक शारीरिक क्षमता भएका व्यक्तिहरू, स्कुले बालबालिका, महिलाहरूलाई नगरपालिका भित्रका डाक्टरसँग घरबाट नै निःशुल्क परामर्श लिन सक्ने व्यवस्था गर्न सक्नेछन्।

Vianet communication
Laxmi Bank

चाँगुनारायाण नगरपालिकाले हाम्रो पात्रो हेल्थमार्फत नगरपालिका भित्रका वृद्धवृद्धा, फरक शारीरिक क्षमता भएका व्यक्तिहरू, स्कुले बालबालिका, महिलाहरूलाई नगरपालिका भित्रका डाक्टरसँग घरबाट  निःशुल्क परामर्श सेवा शुरू गरेको छ।

आज एक समारोहबीच चाँगुनारायण नगरपालिका प्रमुख जीवन खत्रीले नगरका डाक्टर श्री शैलेश त्वानावासुसँग स्वास्थ्य परामर्श लिएर सेवा शुभारम्भ गरे।

शुभारम्भपछि उनले भने,'नगरपालिकाको उद्देश्यअनुसार नगरवासीहरूलाई स्वास्थ्यसेवा सहजरूपमा उपलब्ध गराउने कार्यमा यस सेवाले थप बल पुर्‍याउँछ भन्ने विश्वास लिएको छु। भौगोलिक तथा यातायातको समस्या रहकेको हाम्रो जस्तो नगरमा वृद्धवृद्धा बालबालिका र शारीरिक रूपमा नगर अस्पतालसम्म पुग्न गाह्रो हुने नगरवासीलाई हाम्रो पात्रोसँगको सहकार्यमा प्रदान गरिएको यस सेवाले सहज हुनेछ।'

'नेपालका धेरै नगरपालिकाहरू हाम्रो पात्रो हेल्थमार्फत आफ्नो सेवा आफ्ना नगरवासीलाई उपलब्ध गराउन उत्सुक देखिनुभएको छ। आगामी दिनमा धेरै नगरपालिकाहरूले नगरभित्रका वृद्धवृद्धा, फरक शारीरिक क्षमता भएका व्यक्तिहरू, स्कुले बालबालिका, महिलाहरूलाई  नगरपालिकाभित्रका डाक्टरसँग निःशुल्क परामर्श सेवा उपलब्ध गराउनु हुनेछ। नेपालमा थप मानिसहरूलाई स्वास्थ्य सेवामा जोड्न पाउँदा हामी खुसी छौँ,' हाम्रो पात्रोको संस्थापकर सीईओ शंकर उप्रेतीले बताए।

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x