कात्तिक २१, २०८०
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
माघ ५, २०७९
मोरङमा वैदेशिक रोजगारीमा पठाइदिने भन्दै मोटो रकम लिएर एजेन्ट फरार भएपछि युवाको विचल्ली भएको छ ।
युवालाई जापान पठाइदिने भन्दै रकम लिएपछि सम्पर्कविहीन भएपछि महँगोमा ब्याजमा पैसा लिएका युवा विचल्लीमा परेका हुन्।
सुनवर्षी नगरपालिका-३ मदन कुमार राजवंशीलाई जापान पठाइदिने भन्दै अजय राजवंशीले १६ लाख लिएका थिए ।
मासिक २ लाख कमाइ हुने आश्वासन दिएर अजयले मोटो रकम लिएका मदन बताउँछन्। उनीहरू दुवै साथीसाथी हुन् ।
मदन विराटनगरको एक निजी विद्यालयमा पढाउने गर्छन् । साथी अजयले जापानमा मासिक साढे २ लाख रुपैयाँ कमाइ हुने सुनाएपछि उनले पनि जापान जाने निधो गरेका थिए ।
काम पनि राम्रो लगाइदिने भनेपछि उनी उत्साहित भएका थिए । मेनेजर पदमा जापान जाँदा १६ लाख रुपैयाँ लाग्ने अजयले सुनाएपछि मदनले रकम जोहो गर्न थाले ।
निजी विद्यालयमा पढाउँदा खान लाउनसमेत धौधौ पर्ने मदनले ऋण काढेर दुई पटक गरेर त्यति रुपैयाँ बुझाएका थिए ।
अजयले फिरोद कार्कीको नाममा पैसा पठाउन भनेपछि पहिलो पटक गत वैशाखमा ५ लाख र भदौमा ११ लाख बुझाएका थिए ।
दोस्रो पटक भने उनले रञ्जिता कुमारी राजवंशीको नाममा पठाएका थिए । रञ्जिता र अजय दाजुभाइ हुन् ।
तर अजयले भने अहिलेसम्म उनलाई जापान पठाएका छैनन् । पटक पटक पठाउँछु भन्दै टार्ने गरेको पीडित मदनले विराटनगरमा पत्रकार सम्मेलन गरेर बताए ।
उनलाई भिसा दिए पनि नक्कली भएको मदनको आरोप छ। यसरी ठगिनेमा मदन मात्रै होइन । मोरङ कटहरी विवेक राजवंशी पनि छन् ।
मदन र विवेकेलाई वैदेशिक रोजगारीमा भन्दै ठग्ने एउटै व्यक्ति हुन् । मासिक चार लाख रुपैयाँ कमाइ हुने आश्वासनमा १८ लाख अजयलाई बुझाएका विवेक यति बेला भने न्यायमा खोजीमा छन् ।
उनले चार पटकमा १८ लाख रुपैयाँ अजयलाई बुझाएका थिए । फरक फरक व्यक्तिको बैंक खातामा उनले मागेजति पैसा पठाइदिएको अजयले बताए ।
दुवै जनाले पैसा पठाएको बैंक भौचर भने सुरक्षित राखेको जनाएका छन् । विदेश पठाउने भनेर रकम लिएका अजय यतिबेला भने सम्पर्कविहीन भएका उनीहरूले बताएका छन् ।
जापान जान पाउने आशमा धेरैले घरजग्गा बन्धकी राखेर महँगो ब्याजमा रकम लिएका छन् ।
झापा कनकाई–१ क भवानी प्रसाद अधिकारीले आठ लाख रुपैयाँ बुझाएको बताए। ऋण काढेर वैदेशिक रोजगारको नाममा पठाएको पैसा कसरी फिर्ता ल्याउने भन्ने चिन्तामा यतिबेला उनी छन्।
मदन, अजय र भवानी वैदेशिक रोजगारमा नाममा ठगिएका प्रतिनिधि पात्र हुन् ।
ठगिएका ४१ जनाले गरे पत्रकार सम्मेलन
बिहीबार विराटनगरमा जापान पठाउने नाममा ठगिएका ४१ जना युवाले पत्रकार सम्मेलन गरी आफूहरू ठगिएको बताएका छन् ।
मोरङका ४० र झापा एक जना गरी ४१ जना युवालाई वैदेशिक रोजगारको नाममा ठगेर अजयसहित उनका भाइ रन्जित, बुहारी अनुराधा र चितवनका राजेन्द्र अधिकारी फरार छन् ।
उनीहरूले ४१ जनाको ३ करोड रुपैयाँभन्दा बढी रकम लिएर भागेका हुन्।
पीडितहरू न्यायका लागि हारगुहार गर्दै प्रहरी प्रशासनदेखि रोजगार विभागसम्म पुगेका छन् ।
चितवनका राजेन्द्र, मोरङ सुनवर्षी–६ का अजय ठगी धन्दा चलाउने गिरोहका मुख्य नाइके रहेका पीडितहरूले बताएका छन् ।
राजेन्द्र र अजय जापानको गार्मेन्ट उद्योगमा काम पनि गरेर फर्किएका थिए ।
यो समूहले जापानको गार्मेन्ट उद्योगमा काम गर्न लैजाने भन्दै मोरङ र झापाका युवाहरूलाई ठगी गरेका हुन् ।
मोरङबाट अजयको सम्पर्कमा भएका ४० जना नै राजवंशी समुदायका रहेका छन् ।
मुख्य योजनाकार भनिएका राजेन्द्र अजयले उठाएको रकम लिएर पुनः जापान गएका उनीहरूको दाबी छ ।
अजयसहित उनका भाइ बुहारी रन्जित–अनुराधा र बहिनी विद्या पनि फरार छन् ।
उनीहरूले वैदेशिक रोजगार विभागमा पुस २८ गते राजेन्द्र अधिकारीविरुद्ध उजुरी दिएका थिए ।
विभागले वैदेशिक रोजगारसँग सम्बन्धित नभई ठगी कसुर गरेको देखिएको भन्दै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा पत्राचार गरेको छ ।
वैदेशिक रोजगारको क्रममा ठगिएका युवाले विभिन्न निकायहरू जाँदा पनि न्याय नपाएको गुनासो गरेका छन्।
मोरङमा एकै व्यक्तिबाट धेरै जना ठगिएका उजुरी आउने क्रम बढेको मोरङ प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले बताए । उनीहरूलाई कानुनअनुसार कारबाही गर्नेसमेत उनले बताए ।
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...