×

NMB BANK
NIC ASIA

बाजुराको हिमाली भेगमा वर्षासँगै हिमपात

माघ ६, २०७९

NTC
Sarbottam
प्रतिकात्मक तस्वीर
Premier Steels
Marvel

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण बाजुरामा हिमपात भएको छ । जिल्लाको पूर्वी–उत्तरी भेगका हिमाली भेगमा वर्षासँगै हिमपात शुरू भएको हो । 

Muktinath Bank

पूर्वी–उत्तरी भेगको ४ पालिका र बडीमालिका, बूढीनन्दा लगायत पर्यटकीय क्षेत्रमा हिमपात भइरहेको छ । बिहीवारदेखि मौसम बदलीसँगै चिसो बढ्न थालेपछि जिल्लाको जनजीवन प्रभावित बन्दै गएको छ । वर्षासँगै हावाहुरी समेत चल्न थालेको छ ।
 
चिसो बढेपछि स्थानीय आगो ताप्न थालेका छन् । मौसम बदलीका कारण जिल्लाको तापक्रम २ डिग्री सेल्सियसमा झरेको छ । चिसो बढेपछि स्वास्थ्य संस्थामा बिरामीको चाप बढ्न थालेको छ । हिमपात हुन लागेपछि कृषक खुशी भएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

वर्षाका कारण लगाएको खेती सुकेर जान थालेको बेला पानी परेपछि किसानलाई राहत पुगेको छ । खेतबारीमा लगाएको गहुँखेती सुकेर जान लागेको अवस्थामा पानी पर्न थालेकाले गहुँखेती राम्रो हुने भएको छ ।
 
जिल्लाको पूर्वी–उत्तरी भेगका हिमाली, स्वामीकात्तिक, जगन्नाथ गाउँपालिका र बूढीनन्दा नगरपालिकाका उच्च भागमा हिमपात भएको छ । हिमपातका कारण मार्तडी–कोल्टी सडकमा पर्ने पोरखे लेकमा पनि हिमपात भएको छ । हिमपातका कारण यहाँ चल्ने सवारीसाधनलाई आवतजावत गर्न समस्या भएको छ ।
 
जल तथा मौसम महाशाखाका अनुसार सुदूरपश्चिम र कर्णालीका १ वा २ स्थानमा हल्का वर्षाको सम्भावना छ । सुदूरपश्चिम, कर्णाली र गण्डकीका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थान तथा बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका १ वा २ स्थानमा हल्का हिमपातको आकलन गरिएको छ । राति सुदूरपश्चिम र कर्णालीका १ वा २ स्थानमा हल्का वर्षाको प्रक्षेपण गरिएको छ ।


Advertisment
Nabil box
Kumari

दिउँसो सुदूरपश्चिम र कर्णालीलगायत पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x