×

NMB BANK
NIC ASIA

क्यान इन्फोटेक सेमिनारको पहिलो कार्यक्रममा प्रविधि उद्योग र एकेडेमियाबीच अन्तरबारे छलफल हुने

माघ १९, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

कम्प्युटर एशोसिएशन अफ नेपाल महासंघको आयोजनामा आउँदो माघ २४ देखि २९ गते ६ दिनसम्म राजधानीको भृकुटीमण्डपमा २८औं संस्करणको क्यान इन्फोटेक–२०२३ हुँदैछ ।

Muktinath Bank

सूचना प्रविधि सम्बन्धी बृहत् प्रदर्शनीका साथ प्रविधि उद्योग र एकेडेमियाबीचको अन्तरबारे छलफल पनि हुने भएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

क्यान महासंघले कोड फर चेन्जसँगको सहकार्यमा सेमिनार गर्न लागेको हो । यसअन्तर्गत माघ २५ देखि माघ २८ गतेसम्म हरेक दिन फरक–फरक विषयमा सरोकारवालाबीच छलफल एवं अन्तक्र्रिया हुने क्यान महासंघका महासचिव चिरञ्जीवी अधिकारीले जानकारी दिए ।


Advertisment
Nabil box
Kumari

उनका अनुसार माघ २५ अर्थात् बुधवार प्रविधि उद्योग र एकेडेमियाबीच अन्तर्क्रिया विषयमा पहिलो सेमिनार आयोजना हुनेछ । नेपाल पर्यटन बोर्डको हलमा हरेक दिन २ घण्टासम्म हुने सेमिनारमा नेपाल दूरसञ्चार प्राधिकरणकी उपनिर्देशक तथा सेन्टर फर साइबर सेक्युरिटी एन्ड रिसर्च इनोभेसनकी उपाध्यक्ष रोजा किरण बासुकला, स्मार्ट च्वाइस टेक्नोलोजी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नारायणप्रकाश भुजु, टेक्सास कलेजका प्रिन्सिपल भेषराज पोखरेल, त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक नवराज पौडेल, नेपाल सरकारका आईटी निर्देशक सुवास ढकाल र कोड फर चेन्जका अध्यक्ष निराजन क्षेत्री वक्ताका रूपमा सहभागी हुनेछन् ।

Vianet communication
Laxmi Bank

कार्यक्रममा वर्तमान शिक्षा प्रणाली, आईटी बजारको माग र आवश्यकता, उद्योग र शिक्षण संस्थाबीच देखिएको दूरी, राज्यका नीति तथा कार्यक्रम लगायतका विषयमा छलफल हुनेछ ।

‘विद्यार्थीहरूलाई शिक्षण संस्थाले गर्ने अभ्यासहरूमा के छुटिरहेको छ भन्ने कुरा स्पष्ट पार्न कार्यक्रम उपयोगी हुने देखिएको छ,’ कार्यक्रम संयोजक निराजन क्षेत्रीले भने, ‘प्रविधि कम्पनीहरूमा काम गर्न के–के कुरा आवश्यक पर्छ भन्ने कुरा विद्यार्थीलाई देखाउन पनि छलफलले सहयोग गर्नेछ ।’

सेमिनारमा १५० भन्दा बढी व्यक्तिको सहभागिता हुने बताइएको छ । यसअन्तर्गत कार्यक्रममा सूचना प्रविधि क्षेत्रका विद्यार्थी, उद्यमी, पेशाकर्मी तथा प्रविधिप्रेमी जोसुकै आउनसक्ने कार्यक्रम संयोजक क्षेत्रीले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x