चैत १३, २०७९
निजामती कर्मचारी अस्पताल र आन्दोलनरत रहेका चिकित्सकरकर्मचारीबीच छ बुँदे सहमति भएको छ । सहमतिपछि चिकित्सक र कर्मचारीले गर्दै आएको अन्दोलनका कार्यक्रम सबै फिर्ता भएको अस्पतालका उपसचिव कृष्णप्रसाद सापकोटाले...
काठमाडाैं | माघ २०, २०७९
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो माग पूरा गर्न प्रधानमन्त्रीलाई थप दुई दिनको समय दिएको छ । सरकारबाट बाहिरिने या के गर्ने भन्ने विषयमा निर्णय लिन बिहीबार बसेको रास्वपाको केन्द्रीय समिति र संसदीय दलको पूर्ण बैठकले थप दुई दिन अर्थात शनिबारसम्म पर्खिने निर्णय गरेको हो ।
पार्टी प्रवक्ता मुकुल ढकालले बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको जानकारी दिँदै प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष तथा उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक केपी ओलीसमेतको आग्रहमा दुई दिन पर्खिने निर्णय भएको बताए ।
दुई दिनमा पनि आफूहरुको माग सम्बोधन नभए त्यसपछि बैठक बसेर आवश्यक निर्णय गर्ने उनको भनाइ छ । त्यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बिहीबार बिहानै प्रधानमन्त्री प्रचण्डलाई भेटेका थिए । भेटका क्रममा उनले आफूलाई गृहमन्त्री बनाउन पुनः दवाव दिएका थिए । गैरसांसदकै रुपमा आफूलाई गृहमन्त्री बनाउन प्रधानमन्त्री प्रचण्डलाई रविले पटकपटक दबाब दिंदै आएका छन् ।
‘राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रविजी बिहीबार बिहान पनि बालुवाटार आउनुभएको थियो । यसअघि जस्तै उहाँको कुरा त्यही गृहको नै हो’, बालुवाटार स्रोतले भन्यो, ‘प्रधानमन्त्रीबाट पहिले जस्तै अदालतको पूर्णपाठ आउन दिनुस् अनि एउटा टुंगोमा पुगौंल भन्ने जवाफ आएपछि उहाँ फर्किनुभएको थियो ।’ त्यसपछि उनले सामाजिक संजाललमा घुर्कीपूर्ण भाषामा अभिव्यक्ति दिएका थिए ।
‘अब मलाई भन्न बाँकी,गर्न बाँकी, लेख्न बाँकी केही भए भनिहाल्नुहोला, गरिहाल्नु होला, लेखिहाल्नु होला। मेरो मौनता आजसम्म (बिहीबार)का लागि मात्रै हो। म अभिमन्यु होइन’, लामिछानेले लेखेका थिए ।
उनको आशय सरकारबाट बाहिरिने भन्ने थियो भने सोहीअनुसार निर्णय गर्न पार्टीकै बैठक नै बोलाएका थिए । तर, प्रचण्ड र ओलीले फोन गरेपछि सोही पद पाइने आशाका साथ फेरि दुई दिन रोकिने निर्णय भएको एक नेताले बताए ।
००००
यता माओवादी केन्द्रले लामिछानेको नागरिकता विषयमा सर्वोच्च अदालतले गरेको मुद्दाको फैसलाको पूरा पाठ नआएसम्म रास्वपाले धैर्य गर्नुपर्ने जनाएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहीबार बसेको स्थायी कमिटीको बैठकबारे जानकारी दिँदै केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले रास्वपाका अध्यक्ष लामिछानेको नागरिकतासम्बन्धी फैसलाको पूर्णपाठ नआउञ्जेलसम्म फेरि गृहमन्त्री हुनेबारे धैर्य गर्नुपर्ने विषयमा पार्टीमा छलफल भएको बताए ।
००००
कांग्रेस नेता गुरु घिमिरेले छानबिन चलिरहेको भन्दै पदप्रतिको आशक्ति नदेखाउन राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सुझाव दिएका छन्। सामाजिक सञ्जालमा घिमिरेले नागरिकताको विवादपछि सांसद र मन्त्री पद गुमाएका रविलाई स्वच्छ छवि बनाउन आग्रह गरेका हुन् ।
००००
एमाले अध्यक्ष केपी ओलीले बिहीबार विराटनगरमा सञ्चारकर्मीसँग सरकार संकटमा नपर्ने बताएका छन् । गृहमन्त्रालयको विषयले सत्ता गठबन्धनमा नै खटपट आउने सक्नेतर्फ संचारकर्मीले सोधेको प्रश्नमा ओलीले सरकार संकटमा पर्छ जस्तो नलाग्ने बताएका थिए ।
यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा राखिरहन प्रयास भइरहेको बताएका छन् । उनले प्रधानमन्त्रीको अप्ठ्यारो बुझिदिन आग्रह समेत गरे ।
रास्वपाले सरकार छाड्ने तयारी गरिरहेका बेला राजनीतिक सल्लाहकार गजुरेलले प्रधानमन्त्रीलाई सहज निर्णयको वातावरण बनाइदिन सो पार्टीसँग आग्रह गरेका हुन् ।
००००
क्यानले सन्दीप लामिछानेलाई राष्ट्रिय क्रिकेट टोलीमा समावेश गर्दै बन्द प्रशिक्षणमा बोलाएको छ। नेपाल नामिबिया र स्कटल्याण्ड सम्मिलित ट्राइ सिरिजका लागि उनको नाम पनि बन्द प्रशिक्षणका लागि परेको हो। उनीहरू बिहीबारदेखि हुने बन्द प्रशिक्षणमा सहभागी हुनेछन्।
क्यानले सन्दीपमाथिको निलम्बन फुकुवा गरेपछि उनलाई राष्ट्रिय टोलीमा बोलाइएको हो । यसैबीच सन्दीपलाई पुनः थुनामै राख्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । सो रिटमाथि शुक्रबारदेखि सुनुवाइ हुँदैछ ।
००००
अर्थ मन्त्रालयले सहसचिवहरुको कार्यविभाजन गरेको छ। मन्त्रालयले बिहीबार कार्यविभाजन गरेको अर्थमन्त्री विष्णुप्रसाद पौडेलको सचिवालयले जानकारी दिएको छ।
जसअनुसार श्रीकृष्ण नेपाल आर्थिक सहायता समन्वय महाशाखामा प्रमुख भएका छन् भने धनीराम शर्मालाई बजेट तथा कार्यक्रम महाशाखामा राखिएको छ।
००००
बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–७ भकुण्डेमा बिहीबार दिउँसो यात्रुबाहक बसले ठक्कर दिँदा बालिकाको घटनास्थलमै मृत्यु भएको छ । घटनापछि आक्रोशित स्थानीयले बस जलाएका छन् ।
००००
मलेसियाका गृहमन्त्री नेपाल भ्रमणमा आइपुगेका छन् । गृहमन्त्री साइफुद्दिन नासुसन इजमाइल बिहीबार साँझ नेपाल आइपुगेका हुन् ।
गृह मन्त्रालयको निमन्त्रणमा आएका उनले शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल लगायतसँग भेट गर्ने कार्यक्रम छ ।
००००
नेपाल प्रहरीका ५३ एसपी र ११६ जना डीएसपीको सरुवा भएको छ। माघ महिनाको तलबभत्ता सरुवा भएको दरबन्दी पाउनेगरी प्रहरी प्रधान कार्यालयले उनीहरूको सरुवा गरेको हो।
००००
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शेरबहादुर देउवा नेतृत्वको सरकारलाई नालायक सरकारको संज्ञा दिएका छन् । डेढ वर्ष एउटा नालायक सरकार बन्दा अर्थतन्त्र ध्वस्त नै भएको ओलीले आरोप लगाएका छन्।
विराटनगरमा भएको सीएनआई कोशी एक्स्पोको उद्घाटन गर्दै ओलीले प्रतिकूल समय आयो भन्दै उद्योगीले आत्महत्या गर्न नहुने बताएका छन् ।
००००
मिस नेपाल–२०२३ को आवेदन खुला गरिएको छ । द हिडन ट्रेजरले बिहीवार राजधानीमा एक कार्यक्रमको आयोजना मिस नेपालको नयाँ संस्करणबारे जानकारी दिएको हो ।
सहभागी हुन इच्छुकले चैत १ गतेसम्म आवेदन दिन सक्ने आयोजक हिडन ट्रेजरले जानकारी दिएको छ ।
००००
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सारका कर्मचारीले ९ किलो १३५ ग्राम काँचो सुनसहित एक यात्रुलाई विमानस्थलबाट नियन्त्रणमा लिएका छन् । दुबईबाट फ्लाइ दुबईको उडान नम्बर एफ २५७३ बाट नेपाल आएका यात्रुलाई बिहीबार राति विमानस्थल भन्सारले सुनसहित नियन्त्रणमा लिएको जनाएको छ ।
पक्राउ पर्नेमा क्यानडाको पासपोर्ट बोकेका ३५ वर्षीय मोहमद कमल महगौब हुन्। यिन्त्रणमा रहेका उनीबारे थप अनुसन्धान भइरहेको विमानस्थल भन्सार कार्यालयले जनाएको छ ।
निजामती कर्मचारी अस्पताल र आन्दोलनरत रहेका चिकित्सकरकर्मचारीबीच छ बुँदे सहमति भएको छ । सहमतिपछि चिकित्सक र कर्मचारीले गर्दै आएको अन्दोलनका कार्यक्रम सबै फिर्ता भएको अस्पतालका उपसचिव कृष्णप्रसाद सापकोटाले...
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ललितपुरस्थित सदर चिडियाखानाको स्थलगत अवलोकन गरेका छन् । सोमवार दिउँसो करिब २ बजे प्रधानमन्त्री दाहालले चिडियाखानाको स्थलगत अवलोकन गरेका हुन् । चिडियाखान...
सरकार विस्तार र उपुचनावका लागि उम्मेदवार तय गर्न बोलाइएको कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सरेको छ । मंगलबार बिहान ९ बजेका लागि बोलाइएको बैठक २ दिनका लागि सारिएको छ । &lsquo...
उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले विकास र समृद्धिको यात्रालाई तीव्रता दिएर गुणात्मक फड्को मार्नुपर्ने बताएका छन् । मन्त्रालय सम्हालेपछिको तीन महिनामा सम्पन्न भएका कामका बार...
एमाले अध्यक्ष केपी ओलीले नेपाली कांग्रेस फटाहा छ भन्ने आफूलाई सानैदेखि थाहा भएको बताएका छन् । पार्टीको ग्रासरुट अभियानका लागि गुल्मी पुगेका ओलीले कांग्रेस सधैं बदमास फटाहा पार्टी भएको आरोप लगाएका हुन् । &n...
नेपालमा कोरोना भाइरसको सङ्क्रमण आज ह्वात्तै बढेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयाका अनुसार आज एक हजार दुई सय ६६ जनामा गरिएको परीक्षणमा ६९ जनामा सङ्क्रमण देखिएको छ । यसअघि चैत १२ गते १६ जना र चैत ...
आज अलि फरक तरिकाबाट छलफल शुरू गरौं जस्तो लाग्यो । राजनीति बाहिरका सन्दर्भले पनि राजनीति र राजनीतिमा लाग्ने पात्र एवं प्रवृत्तिलाई केही सकारात्मक प्रभाव पार्ला कि भन्ने मनसायले फुर्सदलाई सदुपयोग गरी इलोन मस्कलाई ...
प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ले सदनमा चैत ६ गते दोस्रोपटक विश्वासको मत माग्दै गर्दा एउटा निराशाजनक धारणा व्यक्त गरे, ‘अहिले देशको सार्वजनिक बहसको स्तर खस्केको छ । समाधान होइन, दोषारोपणम...
गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...