×

NMB BANK
NIC ASIA

पोखरा विमान दुर्घटना

गाडी न्युट्रलमा भएजस्तै गरी उड्दै गरेको जहाजको इन्जिनले हावा नफाल्दा पोखरा दुर्घटना

माघ २३, २०७९

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

पोखरामा माघ १ गते भएको भएको यती एयरलाइन्सको जहाज दुर्घटनाको प्रारम्भिक रिपोर्ट आएको छ ।

Muktinath Bank

‘प्रोपेलर फेदर’लाई दुर्घटनाको मुख्य कारण मानिएको छ । यस विषयमा लोकान्तरले यती एयरलाइन्स दुर्घटना जाँच आयोग २०७९ का सदस्य एरोनिटिकल इन्जिनीयर डा.दीपकप्रसाद बास्तोलासँग गरेको संक्षिप्त कुराकानी : 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘प्रोपेलर फेदर’ भनेको टर्फलेस कन्डिसन हो । यसले गर्दा दुईवटै इन्जिन आइडलमा चल्ने कन्डिसन हो । जस्तो गाडी गियरमा नभई इन्जिन चल्छ नि त्यस्तै अवस्था हो ।


Advertisment
Nabil box
Kumari

इन्जिन चल्दा पछाडिपट्टि हावा फाल्नुपर्ने हो तर यस्तो नभएको अवस्था हो । यस्तो हुँदा दुईवटै इन्जिनमा पावर आएन । उहाँहरू फाइनल लेग (अनुमानित भद्रकाली मन्दिरमाथि) पुग्दाखेरि पुरानो एयरपोर्ट आसपास आइपुग्दा बेसलेग फेदर हुँदा तथा इन्जिनमा पावर नभएकोले जहाज नयाँ एयरपोर्टसम्म आइपुग्न सकेन । यसपछि जहाजको आफ्नो मोमेन्टमले जहाँसम्म उहाँहरू पुग्नुभयो, त्यहाँ दुर्घटना भएको देखियो । 

Vianet communication
Laxmi Bank

तर दुर्घटना २ कारणले भएको हुनसक्छ । प्राविधिक कारण पनि हुन सक्छ र मानवीय त्रुटि पनि हुन सक्ला । त्यसैले सबै पाइलट, जहाज बनाउने इन्जिनीयर सबै चनाखो हुनुपर्छ भनेर हामीले तत्काल विज्ञप्ति जारी गरेको हो । 

यसका धेरै प्यारामिटरहरू छन् । ती सबैलाई हेरेर अनुसन्धान गर्दैर्छौं । धेरै प्यारामिटरबाट इन्जिन प्रोपेलर फेदरमा गइसकेको प्रमाणित भइसकेको छ । हामीले ती प्रमाणका आधारमा अहिले सूचित गरेका छौं । मावनीय त्रुटिका विषयमा अहिले नै भन्न मिल्दैन । यसका लागि अहिले धैर्य गरौं ।

प्रोपेलर फेदर गएर टर्फ नभएको चाहिँ पक्का हो । इन्जिनले धकेल्नुपर्‍यो नि त ! इन्जिनले पछाडि हावा फाल्नुपर्‍यो । फेदर कन्डिसनमा इन्जिनले पछाडि हावा फाल्दैन । हामीले गाडी र मोटरसाइकलको हेर्‍यौं भने स्टार्ट भइरहने र न्युट्रल पोजिसनमा रहिरहने अवस्था जस्तै हो । त्यो अवस्थामा जहाजको इन्जिन पुग्यो । किन पुग्यो ? यो कुराको हामी अनुसन्धान गर्छौं ।

हामी सिंगापुरबाट फर्कियौं । अब थप अध्ययन तथा विश्लेषण हुन्छ । दुईवटै इन्जिनले पछाडि हावा फालेर जहाज अघि बढ्नुपर्ने त्यसो हुन सकेन । फेदर भनेको प्रोपेलर ९० डिग्री पोजिसनमा बस्छ । यसले गर्दा विदेशी अध्ययन टोली र हाम्रो टोलीले निष्कर्ष निकालेको हो । दुईवटै इन्जिन एकैचोटी त्यो अवस्थामा जाने कुरा अचम्मको कुरा हो ।

प्राविधिक कुराबाट यस्तो सम्भावना धेरै कम हुन्छ तर सम्भावना हुँदैन भन्न पनि मिल्दैन । यसकारण मानवीय पक्षहरू र प्राविधिक पक्ष दुवैलाई हामीले कारणको रूपमा खुला गरेका छौं । 

छानबिन आयोगले यसपटक सत्यतथ्य नै बाहिर ल्याउँछ । हामीले हाम्रो बुवाआमा, छोराछोरी, नातिनातिनालाई जहाजमा ढुक्कले उड्न सक्ने बनाउँछौं ।

(यती एयरलाइन्स दुर्घटना जाँच आयोग २०७९ का सदस्य एरोनिटिकल इन्जिनीयर डा. दीपकप्रसाद बास्तोला नेपाली सेनाका अवकाशप्राप्त उपरथी हुन् ।)

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x