×

NMB BANK
NIC ASIA

प्रशासन

निजामती सेवामा जुरेको दुर्लभ संयोग : पतिपत्नी दुवै सीडीओ

माघ २८, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

मीना अर्याल अर्घाखाँचीको प्रमुख जिल्ला अधिकारी (सीडीओ) छिन् । ‘स्टेट फर्वार्ड’ प्रशासकको रूपमा आफ्नो पहिचान बनाएकी मृदुभाषी उपसचिव मीना माघ १२ गते जिल्लाको पहिलो महिला सीडीओ बनिन् ।

Muktinath Bank

अर्घाखाँची उनी हुर्किएको र अध्ययन गरेको जिल्ला पनि हो । उनका पति गोपाल अर्याल पनि प्रमुख जिल्ला अधिकारी नै छन् । कञ्चनपुर जिल्लाको सीडीओ गोपाल सहसचिव हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपालको निजामती सेवामा पतिपत्नीले नै जिल्ला हाँक्ने दुर्लभ संयोग अर्याल दम्पतीलाई मिलेको छ । उसो त स्याङ्जापछि गुल्मी निजामती सेवाका लागि अहिले उर्बर भूमिका रूपमा चिनिन थालेको छ ।


Advertisment
Nabil box
Kumari

सरकारी सेवामा प्रवेश गर्नेहरूको अनेकन संघर्ष, प्रेरणा र सफलताका कथामध्ये एक हो गोपाल–मीना दम्पतीको निजामती यात्रा । गुल्मीको रेसुङ्गा नगरपालिका–१० का गोपाल–मीनाको जोडी आफू मात्र अब्बल भएको छैन, निजामती सेवामा प्रवेश गर्न चाहनेका लागि पाठशाला पनि बनेको छ ।

Vianet communication
Laxmi Bank

निजामतीमा प्रवेश गर्न चाहनेले मीना र गोपालबाट धेरै सिक्न सक्छन् । अझै रोचक त के छ भने मीना र गोपालले विक्रम संवत् २०५५ सालमा शाखा अधिकृतमा एकैपटक खुला प्रतिस्पर्धाबाट नाम निकालेका थिए । आजभन्दा २५ वर्षअघि लोकसेवाको अधिकृतस्तरमा उत्तीर्ण हुने मीना जिल्लाको पहिलो महिला पनि थिइन् । मीनाले विक्रम संवत् २०५१ सालमा सहायक लेखापालबाट र गोपालले विक्रम संवत् २०५२ सालमा नायव सुब्बा (नासु) बाट निजामती सेवामा पहिलो पाइला चालेका थिए । मीना निजामती सेवामा प्रवेश गर्दा २१ वर्षकी थिइन् । 

पतिपत्नी नै राष्ट्रसेवामा लागेपछि उनीहरूको निजी जीवन साँघुरो भयो । मीना र गोपालले पेशागत चुनौती र बाध्यतासँगै परिवारको व्यवस्थापनलाई कुशलतापूर्वक निभाउँदै अगाडि बढेर निजामतीको उपल्लो तहसम्म आइपुगेको सीडीओ गोपाल बताउँछन् ।

रेसुङ्गा नगरपालिका–३ अर्खलेमा जन्मिएकी मीनाको विक्रम संवत् २०४५ सालमा ९ कक्षामा पढ्दापढ्दै साविक सिमिचौरका गोपालसँग मागी विवाह भएको थियो । विवाह गर्दा गोपालले तम्घासमा प्रविणता प्रमाणपत्र तह अध्ययन गर्थे । ‘विद्यालय तहको पढाइमा पनि म सधैं प्रथम हुन्थे,’ मीना भन्छिन्, ‘क्षमतामा महिला र पुरूष फरक होइनन् भन्ने मेरो सानैदेखिको बुझाइ थियो । अहिले पनि त्यहीँ नै छ ।’

मीना सहायक लेखापाल, सहलेखापाल, नायव सुब्बा, शाखा अधिकृत हुँदै उपसचिव सबैमा खुलाबाट पहिलो पटकमै लोकसेवा उत्तीर्ण गरेकी हुन् । ‘सीडीओमा सबल नेतृत्व र प्रशासनिक हिसाबले कमाण्ड गर्न सक्ने ‘लिडरसीप’ हुनुपर्छ,’ मीना भन्छिन्, ‘जिल्लाको नेतृत्व गर्दा धेरै खटिनुपर्छ । कमाण्ड गर्नुपर्ने, प्रमुख जिल्ला अधिकारी अर्धन्यायिक निकाय पनि भएको हुँदा ऐन, नियम, कानूनको पर्याप्त ज्ञान हुनुपर्छ साथै सीडीओ क्षमता प्रदर्शन गर्ने पद पनि हो ।’

‘श्रीमान्–श्रीमतीले नै एउटै समयमा जिल्लाको कमाण्ड गर्न पाउँदा हामीले भाग्यमानी ठानेका छौं,’ सीडीओ गोपालले भने । गोपाल विक्रम संवत् २०५५ सालमा अधिकृत, विक्रम संवत् २०६१ सालमा उपसचिव र २०७३ सालमा सहसचिव बनेका हुन् । मीना भन्छिन्, ‘सहसचिवमा दुवैको नाम निस्किएको थियो । उहाँ (गोपाल) उत्तीर्ण हुनुभयो, मेरो अन्तर्वार्ता बिग्रियो ।’

गोपाल उपसचिव भएर तत्कालीन स्थानीय विकास अधिकारीका रूपमा हिमाली जिल्ला हुम्ला र मनाङ हुँदै तराईको बर्दियासम्म पुगे । उनले निर्वाचन आयोगमा काम गरेर ६ वर्ष बिताए । त्यसपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा काम गरे ।

विक्रम संवत् २०७३ सालमा सहसचिवमा बढुवा भए । सहसचिवमा बढुवा भएलगत्तै उनले आफ्नो गृहजिल्ला गुल्मीको प्रशासनको कमाण्ड सम्हाले । त्यसपछि गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयको सचिव भएर काम गरे उनले । त्यसपछि सुदूरपश्चिम प्रदेशको आर्थिक मामिला मन्त्रालय, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, सीसीएमसी, वातावरण विभागको महानिर्देशक हुँदै अहिले कञ्चनपुरको सीडीओको रूपमा कार्यरत छन् ।

अधिकृत भएपछि मीनाको पहिलो पदस्थापन महिला तथा बालबालिका मन्त्रालयमा भएको थियो । महिला विकास विभाग, राष्ट्रिय योजना आयोग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, जिल्ला समन्वय समिति रसुवा, राष्ट्रिय परिचयपत्र तथा राष्ट्रिय पञ्जीकरण विभाग हुँदै अहिले जिल्लाको नेतृत्व गर्दै अर्घाखाँची आएको उनले बताइन् । अर्घाखाँची जिल्लाको प्रशासन हाँक्ने हालसम्म ४९ जना प्रमुख जिल्ला अधिकारीमध्ये ४८ जना पुरुष थिए । अहिले मीना पहिलो महिला सीडीओ भएर आएकी छन् । 

जिल्ला समन्वय समिति रसुवामा झण्डै २० महिना बिताउँदा मीनाले बेरुजु फर्छ्यौट, क्षमता विकास, स्थानीय तहसँग चुस्त समन्वय लगायतका धेरै उत्कृष्ट काम गरिन् । जसले गर्दा जिल्ला समन्वय समितिको बोर्डबाट उत्कृष्ट कर्मचारीको रूपमा सम्मानित समेत भइन् । उनी अर्घाखाँचीमा सबैसँग सहकार्य गरेर जिल्लाको कामलाई कुशल रूपमा व्यवस्थापन गरेर अगाडि बढ्दै छिन् ।

दुवैले व्यवस्थापन विषयमा स्नातकोत्तर (एमबीए) गरेका छन् । गोपाल भन्छन्, ‘इच्छाशक्ति हुने हो भने निजामती सेवा गाह्रो पनि होइन । पढाइलाई निरन्तरता दिए, सफलता पर छैन ।’ अहिलेको प्रतिस्पर्धात्मक निजामती क्षेत्रमा युवाले कुशल नेतृत्व गर्ने गरी प्रवेश गर्न आवश्यक रहेको गोपाल बताउँछन् । 

निजामती सेवा विशाल रहेकाले यसमा अवसर र चुनौती दुवै हुन्छन् । मीनालाई संयुक्त राष्ट्र संघका लागि नेपालको स्थायी नियोग जेनेभामा विक्रम संवत् २०७३ देखि २०७६ सालसम्म ३ वर्ष विश्व व्यापार संगठन लगायतका वाणिज्य संस्थाहरूको लागि नेपालको तर्फबाट वाणिज्य प्रतिनिधिको रूपमा काम गर्ने अवसर पनि मिलेको थियो । 

झण्डै डेढ दर्जन देशमा भ्रमण गरी उनले त्यहाँको सरकारी सेवा कस्तो हुन्छ भन्ने ज्ञान पनि बटुलेकी छन् । काममा सधैं इमान्दार र लगनशील मीना सरकारी सेवामा लागेको २८ वर्षे यात्रा अत्यन्तै उत्साहप्रद रहेको बताउँछिन् । पछिल्लो समय निजामती सेवामा पनि महिलाको उपस्थिति बाक्लो बन्दै गएको छ, महिलाको आरक्षण सुनिश्चित छ ।

‘सम्पूर्ण प्रणाली कार्यात्मक र सुदृढ भए राज्यले चाहेको उपलब्धि प्राप्त हुन्छ,’ मीना भन्छिन्, ‘म सधैं नेतृत्व लिने र चुनौतीपूर्ण जिम्मेवारी लिन चाहने व्यक्ति हुँ ।’ सरकारी सेवामा पुरुषले मात्र काम गर्न सक्छन् भन्ने मानसिकता हराउँदै गएको छ । महिलाले हरेक क्षेत्रमा आफूलाई अब्बल बनाउँदै लगेको मीनाले सेवा गर्दा विभिन्न जिल्लामा देखेकी छन् ।

निजामती सेवामा मीनाको उचाइ अग्लिँदै गएको छ । आठौं संविधान दिवसमा मीनालाई सरकारले जनसेवा पदकबाट विभूषित समेत गरेको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

माघ २०, २०८०

नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x