×

NMB BANK
NIC ASIA

घण्टी बजाउँदै आएका घाँडो भए, सत्ता गठबन्धन जुनसुकै बेला टुट्न सक्छ- माधव नेपाल

फागुन ७, २०७९

NTC
फाइल तस्वीर
Premier Steels

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ गठबन्धन कुनै पनि बेला टुट्न सक्ने अवस्थामा पुगेको दाबी गरेका छन्। 

Muktinath Bank

नेपालले राष्ट्रिय स्वतन्त्र पार्टीको कारण सत्तारुढ गठबन्धन कुनै पनि बेला टुट्न सक्ने अवस्था पुगेको बताएका हुन्।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

राष्ट्रपति निर्वाचनपछि मात्रै मुलुकको राजनीतिले कुन कोर्स लिन्छ भन्ने टुंगो लाग्नेसमेत उनले बताए। 


Advertisment
Nabil box
Kumari

आइतबार काठमाडौंको कीर्तिपुरमा आयोजित पार्टीनिकट अनेरास्ववियू स्थायी कमिटी बैठकको उद्घाटन गर्दै उनले सबै पद आफैंले लिएर मुलुकमा राजनीतिक एकाधिकार कायम गर्न खोज्ने एमाले हाबी हुने हो वा होइन भन्ने कुरा पनि राष्ट्रपति निर्वाचनपछि मात्रै भन्न सकिने बताए। त्यसका लागि अब एक हप्ता मात्रै पर्खे पुग्ने उनको भनाइ थियो।

Vianet communication

अध्यक्ष नेपालले एमाले अध्यक्ष केपी ओलीमा कांग्रेस र एकीकृत समाजवादीको सहयोग लिएर गठबन्धन भत्काउलान् कि भन्ने चिन्ता छाएको पनि उनले बताए।

उनले भने, ‘अहिले देखिरहनुभएको छ एक किसिमको गठबन्धन छ अहिले । त्यो गठबन्धनमा राजतन्त्रलाई फेरि ल्याउनुपर्छ भन्ने तत्वहरू पनि छन् प्रतिगामीहरू । संघीयताविरोधीहरू पनि छन् । अनि त्यहाँ वामपन्थीहरू पनि छन । संविधानविरोधीहरू पनि छन् । संविधानका रक्षकहरू पनि छन् । यो भन्दा पहिलाको गठबन्धन कस्तो थियो ? कांग्रेस थियो संविधानको पक्षमा उभिने । वामपन्थीहरू थिए । तर चुनाव पनि नयाँ किसिमको शक्ति सन्तुलन भइदियो । पुष्पकमल दाहाललाई प्रधानमन्त्री दिने कि नदिने भन्ने विषयमा त्यहाँ विवाद भयो ।'

अध्यक्ष नेपालले थपे, 'कांग्रेसका सारा पद आफैले लिनुपर्छ भन्ने प्रवृत्ति देखियो । यसले गर्दा समस्या पर्‍यो । तर अहिले हामीले त्यहाँ देख्यौं । नयाँ घण्टी बजाउँदै आएको पार्टीको चरित्र पनि देखे जनताले । पहिले त केके न गर्ला भन्ने लागेको थियो । नयाँ आए तर घाँडो भए । अदालतले मुद्दा लगायो । पदबाट हटे । त्यही पनि त्यही पद चाहिन्छ भनेर हैरान पारेपछि त्यो गठबन्धन पनि संकटमा परेको छ ।'

गठबन्धनको सरकार भत्केपछि कांग्रेसले, एकीकृत समाजवादीले काँध थाप्ला कि भनेर चिन्ता शुरू भइसकेको उनले बताए।

'ढोक्सा थाप्ने भनेको त्यही हो । त्यताबाट आएपछि यता जोगाउँछन् कि भनेको यही हो । मुलुकको राजनीतिले कुन कोर्स लिने हो, राष्ट्रपतिको चुनावबाट थाहा भइहाल्छ,' उनले भने, अब सबै पद लिन खोजेर नेपालको राजनीतिमा आफ्नो एकाधिकार चलाउन खोज्ने त्यो प्रवृत्ति हाबी हुने हो कि होइन सन्तुलनको राजनीति अप्नाएर जाने भन्ने मान्यता हाबी हुने भन्ने कुरा हप्ता दिनभित्र टुंगो लागिसक्छ ।’

पूर्वराजा ज्ञानेन्द्र शाहप्रति संकेत गर्दै मुलुकमा फेरि मण्डलेहरू जाग्न लागेको उनले बताए। 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x