×

NMB BANK
NIC ASIA

बकैया कला–साहित्य महोत्सव सम्पन्न

फागुन ११, २०७९

NTC
Premier Steels

झरना साहित्यिक परिवार मकवानपुरको ३० औँ वार्षिकोत्सव एवम् २८७ औँ साहित्य शृङ्खलाको अवसरमा आयोजित दुई दिने बकैया कला–साहित्य महोत्सव सम्पन्न भएको छ । जनक माध्यमिक विद्यालय भीरकोटमा विविध साहित्यिक गतिविधिसाथ आयोजित सो कार्यक्रममा सम्पन्न भएको हो । 

Muktinath Bank

बकैया गाउँपालिकाको आर्थिक व्यवस्थापनमा आयोजित महोत्सवको दोस्रो दिनका कार्यक्रममा स्रष्टा सम्मान, बकैया तथा बकैया बाहिरका विद्यार्थीको रचना वाचन, चित्रकला प्रदर्शनी, जिल्लाभित्र तथा जिल्लाबाहिर छानिएका सर्जकका गजल, कविता तथा मुक्तक वाचन, झरना पत्रिका विमोचन, समय सान्दर्भिक बहस तथा विविध लोक सांस्कृतिक प्रस्तुतिहरू समावेश गरिएको झरना साहित्यिक परिवार मकवानपुरका सचिव मसान उपासकले जानकारी गराए ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बकैया गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछानेले स्थानीय स्तरमा देखिएका विविधखालका समस्याहरूको समाधान खोज्न साहित्यिक गतिविधिहरुले महत्वपूर्ण भूमिका खेल्ने बताए ।  त्यस्तै, गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर खत्रीले यस्ता कार्यक्रमहरुबाट गाउँपालिकाको गरिमा बढ्नुका साथै स्थानीय प्रतिभाहरूको विकास हुँदैजाने विश्वास व्यक्त गरे ।  


Advertisment
Nabil box
Kumari

सम्मान तथा पुरस्कार वितरण समारोहमा प्राडा. जीवेन्द्रदेव गिरीलाई २१ हजार १२१ राशिसहितको होमनाथ–टीकामाया प्रतिभा सम्मान प्रदान गरिएको छ । यसैगरी मकवानपुरे पत्रकार भानुभक्त आचार्यलाई ११ हजार १११ राशिसहितको गोकर्ण गौतम स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।

Vianet communication

यस वर्षको खडानन्द–मनमाया प्रतिभा सम्मानबाट सिन्धुलीकी स्रस्टा अमला अधिकारी सम्मानित भइन् । त्यस्तै सुशीला दङ्गाल स्मृति सिर्जनशील नारी सम्मानबाट मकवापुरे स्रष्टा अनिता न्यौपाने सम्मानित भइन् । मकवापुर जिल्लामा साहित्य सेवा गरेबापत प्रदान गरिने सञ्जीवनी बुटी साहित्य सेवा पुरस्कार यस वर्ष बकैयाका कृष्णप्रसाद चौलागाईलाई प्रदान गरिएको छ । 

यसैगरी यस वर्षको खिमबहादुर खत्री स्मृति कलाकारिता सम्मानबाट ऋषि केबी सम्मानित भए । सम्मानको राशि जनही ७ हजार ७७७ रहेको छ । यसैगरी झरना साहित्यिक परिवार मकवानपुरद्वारा हरेक वर्ष प्रदान गरिने ५ हजार ५५५ राशिसहितको झरना बकैया नवप्रतिभा सम्मान यस वर्ष बकैयाकी कवि स्वस्तिका दाहाललाई प्रदान गरिएको छ । झरना–बकैया उत्कृष्ट विद्यालय सम्मान यस वर्ष पनि महेन्द्र मावि, छतिवनलाई प्रदान गरिएको छ । संस्थाद्वारा नै प्रदान गरिने झरना–बकैया सिर्जनशील शिक्षक सम्मान यस वर्ष प्रभात मावि, श्रीपुरका शिक्षक कुमार स्याङ्बोलाई प्रदान गरिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक ८, २०८०

असोज तेस्रो साता बिहीबार, बुकीबाट गोठ औल झर्ने दिन । लाहुरेहरू आउनु र बुकीबाट गोठालाहरूको हुल गाउँमा झर्नु दशैंको रौनक हो । ‘भोलि साँझ डाँफे चराउन जाने’, सुत्ने बेला गोठमा सल्लाह भयो । घर...

असोज १०, २०८०

गुणराज ढकाल सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेपछि अध्ययन गर्ने बानी निकै घटेको छ । सामाजिक सञ्जालमा आउने टिप्पणीबाटै हामीले आफ्नो दृष्टिकोण बनाउने गर्दछौं । विषयको गहिराइसम्म पुगेर अध्ययन तथा विश्लेषण गर...

असोज ६, २०८०

सानीमा भेट्न चितवन गएको थियो गोपाल चार दिन हिँडेर । राप्ती किनार नजिकको सानो गाउँमा बस्दै आएकी थिइन् उनी, जो पहाडमा खान लाउन नपुगेपछि केही वर्ष अघि पुगेकी हुन् त्यतातिर । त्यतिबेला अहिलेजस्तो यातायातको साधन...

कात्तिक १३, २०८०

वरिष्ठ पत्रकार तथा साहित्यकार आचार्य कमल रिजालद्वारा लिखित उपन्यास ‘सुकर्म’को अंग्रेजी संस्करण ‘डीप क्वेस्ट' प्रकाशित भएको छ । २०६९ सालमा नेपालीमा प्रकाशित उक्त उपन्यासको अंग्रेजी संस्करणलाई स...

चैत ३०, २०८०

लोकान्तर डट्कमका स्तम्भकार कमल रिजालसहित २२ जना साहित्यकार तथा प्रतिभालाई नइ पुरस्कार प्रदान गरिएको छ । गोरखापत्रका पूर्वप्रधान सम्पादकसमेत रहेका साहित्यकार रिजाललाई संस्कृतिमा प्राज्ञिक योगदानका लागि ’नइ...

मंसिर २, २०८०

गोपाललाई सानैदेखि धूमपानको लत बसेको थियो, शायद संगतको प्रभाव भनेको यही हुनुपर्छ । घरमा बाबुदाजुहरू हुक्का तान्थे । त्यति बेलाको चलन के भने सबैभन्दा सानोले तमाखु भर्नुपर्ने । त्यतिसम्म त ठीकै थियो, सल्काएर समे...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x