×

NMB BANK
NIC ASIA

गभर्नर अधिकारीले सोधे- व्यवस्था २०४६ साल पछाडि फर्किन खोजेको हो ?

'१० महिनाको आयातलाई धान्नसक्ने क्षमतामा छौँ'

फागुन २६, २०७९

NTC
Sarbottam
फाइल तस्वीर
Premier Steels
Marvel

नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले ‘२०४६ साल पछाडि फर्किन खोजेको हो' भन्दै प्रश्न गरेका छन्। 

Muktinath Bank

शुक्रबारदेखि काठमाडौंमा शुरू दोस्रो अर्थशास्त्री सम्मेलनमा गभर्नर अधिकारीले २०४६ सालदेखि बजारले नै ब्याजदर तोक्ने गरी खुलाबजार अर्थतन्त्र अँगालेको स्मरण गराउँदै अहिले फेरि राष्ट्र बैंकले नियन्त्रण गर्नुपर्ने माग उठेको भन्दै यस्तो प्रश्न गरे। 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले आवश्यक स्थानमा राष्ट्र बैंकले नियमन र कडाइ गरिरहेको स्पष्ट पारे।


Advertisment
Nabil box
Kumari

उनले अहिले लङ टर्म इन्भेष्टमेन्टबारे सोचिरहेकाले ऋणलाई जथाभावी प्रयोग गर्दा समस्यामा पर्नसक्ने बताए। उनलेआवाजविहीनहरूको र साना लगानीकर्ताहरूका लागि २ करोडभन्दा कम लगानी गर्नेहरूको लागि बेस रेटमा २ प्रतिशतभन्दा बेसी चार्ज गर्न नपाउने व्यवस्था गरेको पनि बताए। 

Vianet communication
Laxmi Bank

गभर्नर अधिकारीले पछिल्लो समय अर्थतन्त्रमा सुधार हुँदै गइरहेको पनि बताए।

उनले नेपाल समान देशको तुलानमा नेपालको अर्थतन्त्र सुधार भइरहेको उल्लेख गरे।

पुस मसान्तको डेटाअनुसार नै झन्डै एक खर्बको शोधानान्तर बचत रहेको भन्दै गत सालको पुस मसान्तमा २४१ अर्बको घाटा रहेको स्पष्ट पारे। उनले अर्थतन्त्रका बाह्य क्षेत्रको तथ्यांक सुधार भएर गएको पनि बताए।

'करिब १० महिनाको आयातलाई धान्न सक्ने क्षमता'

गभर्नर अधिकारीले नेपाल अहिले करिब १० अर्बभन्दा बढी डलरको सञ्चितिमा रहेको भन्दै करिब १० महिनाको आयातलाई धान्न सक्ने क्षमतामा रहेको बताए। 

उनले भने, ‘यही बेला पोहोर साल मलाई सोध्नुहुन्थ्यो भने मैले यो तथ्यांक अर्कै बताउनु पर्दथ्यो, हामी अर्कै ठाउँमा थियौँ । तर हामी अहिले सहज अवस्थामा छौँ । हामी पुस मसान्तको डेटाअनुसार नै झन्डै एक खर्बको शोधनान्तर बचत छ । जुन डेटा गत सालको पुस मसान्तमा हेर्नुभयो भने २४१ अर्बको घाटामा थियौँ । माघको तथ्यांक केही दिनभित्रै आउँदैछ । मलाई लाग्छ अहिलेसम्मको इन्डिकेटिभ तथ्यांकअनुसार यो थप सुधार भएर आउनेछ ।'

गभर्नर अधिकारीले अर्थतन्त्रका संरचनागत विषयमा धेरै सुधार गर्न जरुरी रहेको बताए।

उनले अर्थतन्त्र अहिले सहज स्थितिमा रहेको भन्दै सबै कुरामा नकारात्मक रुपले नहेर्न पनि आग्रह गरे। 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x