×

NMB BANK
NIC ASIA

बागमती प्रदेशसभा बैठकबाट विधेयक पारित हुन कठिनाइ

फागुन ३०, २०७९

NTC
Premier Steels

बागमती प्रदेशसभा अन्तर्गत रहेका विभिन्न ५ वटा समितिका अध्यक्षसहित पदाधिकारीले अहिलेसम्म पूर्णता पाउन नसक्दा प्रदेशसभा बैठकमा प्रस्तुत हुने विभिन्न विधेयकको दफाबार छलफल हुनबाट वञ्चित रहनुपरेको छ ।

Muktinath Bank

प्रदेशसभा नियमावली २०७४ को गठन आदेशअनुसार प्रदेश सभामा ५ वटा समिति रहने व्यवस्था छ । प्रदेशसभा सचिवालयका अनुसार प्रदेश मामिला समिति, सार्वजनिक लेखा समिति, अर्थ तथा विकास समिति, शिक्षा, स्वास्थ्य तथा कृषि समिति र उद्योग, पर्यटन तथा वातावरण समिति रहने समितिमा क्रमशः अध्यक्ष र सचिव रहने व्यवस्था गरिएको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बागमती प्रदेशसभाका सदस्यसहित ५ वटा समितिका अध्यक्ष र पदाधिकारीको विक्रम संवत् २०७९ असोज ३ गते पदावधि समाप्त भएपछि पाँचै वटा समितिका अध्यक्ष र पदाधिकारीको पद रिक्त हुन पुगेको प्रदेश सभाका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए ।


Advertisment
Nabil box
Kumari

प्रदेशसभा दोस्रो कार्यकालको ११औं बैठक सकिएलगत्तै केही दिनअघि ती ५ वटै समिति र पदाधिकारीको संसद्मा प्रतिनिधित्व गर्ने सबै दलको बीचमा निर्वाचन गर्ने क्रममा छलफल हुँदा नेकपा एमाले, नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायत अन्य दलले अध्यक्षसहित २ वटा समिति माग गरेको हुनाले तत्कालै निर्वाचनका लागि सहमति हुन नसकेको बताइएको छ ।

Vianet communication

समितिको अध्यक्षको निर्वाचनका लागि ढिलाइ भइरहेकाले ती सबै समितिमा विभिन्न नीतिको दफाबार छलफल र संशोधनको प्रस्ताव राख्न कठिनाइ भएको प्रदेशसभा सदस्य आशा लामाले बताए ।

नेपाली कांग्रेसका नेता तथा प्रदेशसभाका सदस्य छिरिङ दोर्जे लामाले प्रमुख दलका नेताहरूको दम्भ र अहमले गर्दा तत्कालै समितिको अध्यक्षको चयन गर्न अवरोध भएकाले प्रदेशसभामा हिउँदे र वर्षे अधिवेशनमा प्रस्तुत हुने विभिन्न विधेयकमाथि विभिन्न समितिमार्फत दफाबार छलफल गर्न र सदस्यले उठाएका सुझावलाई पनि उठाउन नसकिएको बताए ।
 
राप्रपाका नेता तथा प्रदेशसभाका सदस्य उद्धव थापाले प्रदेश सभामा प्रस्तुत हुने राष्ट्रिय सरोकारको विषय र सरकारद्वारा ल्याइएका विभिन्न विधेयकमाथि प्रदेशसभा अन्तर्गत पर्ने विभिन्न समितिमा दफाबार छलफल गरेर कामको सुझावलाई समेट्ने गरी प्रतिवेदन तयार गर्न अहिले समितिको निर्वाचन नहुँदा निकै समस्या उत्पन्न भई प्रदेश सभाको पूर्ण बैठकबाट विधेयक पारित गर्न अप्ठ्यारो परेको उल्लेख गरे ।

प्रदेशसभा सदस्य एवं नेकपा एकीकृत समाजवादीका नेता कृष्णप्रसाद शर्मा खनालले दलीय स्वार्थभन्दा माथि उठेर ५ वटै समितिको निर्वाचनलाई आपसी सहमतिको आधारमा छिट्टै टुंगो लगाउनुपर्ने राय दिए ।

नेकपा एमालेका नेता तथा प्रदेशसभा सदस्य एकलाल श्रेष्ठले प्रमुख दलहरूको हितमा आफ्नो हक त्यागेर प्रदेश सभामा प्रस्तुत हुने विभिन्न विधेयकलाई छिटोछरितो ढंगबाट पारित गर्न विभिन्न समितिमा दफाबार छलफल गरेर अन्तिम प्रतिवेदनमा समेटिएको सुझावलाई प्रदेशसभा बैठकले अनुमोदन गर्ने परम्परा भएअनुसार अब छिट्टै दलको सहमतिको आधारमा ती ५ वटै समितिको निर्वाचन गर्ने तयारी भइरहेको जानकारी दिए ।

नेकपा माओवादी केन्द्रका नेता एवं प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामीले प्रदेश सरकार र दलहरूको बीच समन्वय र सहकार्य गरेर छिट्टै समितिको पदपूर्ति गर्न सरकारलाई आग्रह गरेका छन् ।

यसैबीच प्रदेश सभामुख भुवनकुमार पाठकले प्रदेश सभामा रहेको ५ वटा समितिका अध्यक्ष र पदाधिकारीको आगामी चैतको ५–६ गतेभित्रै दलीय सहमतिअनुसार निर्वाचन प्रक्रियाद्वारा पदपूर्ति गरिने जानकारी दिए ।

प्रदेशसभाको पहिलो कार्यकालको पहिलो बैठक २०७४ माघ १८ गतेदेखि शुरू भएको थियो । बागमती प्रदेशसभामा अहिले ७ वटा राजनीतिक दलसहित ११० जना प्रदेशसभा सदस्य छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x