कात्तिक २५, २०८०
बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...
२०५०–०५१ आसपासमा अखिलको राजनीतिमा रूपन्देहीको सक्रिय नाम थियो गंगाप्रसाद ढकालको । भैरहवा बहुमुखी क्याम्पसमा प्रविणता प्रमाणपत्र तह (आईए) पढ्दै गर्दा ढकाल क्याम्पसहरूमा जोशिलो, मिठो र विषयवस्तुको ज्ञान सहितको भाषण गर्थे ।
त्यो बेलाका कडा विद्यार्थी नेता ढकाल अहिले आफ्नै मेहनतले रूपन्देहीमा सफल व्यापारीको रूपमा उदाएका छन् । ती दिन सम्झिँदै ढकाल भन्छन्, ‘राजनीतिबाट माथि पुग्ने सोच थियो तर अहिलेको उद्यममा आउला भन्ने त्यो बेला लागेकै थिएन ।’
अहिले ढकालको बुटवलमा ठूलो ‘बिजनेश’ ओखती घर प्रालि छ । जुन यस क्षेत्रकै ठूलो मध्येको एउटा औषधि सप्लायर्स हो, जसले देशका अधिकांश जिल्लामा औषधि पुर्याउने गर्छ ।
भारत र नेपालका औषधि कम्पनीसँग जोडिएर कामको अनुभवबाट ढकालले अहिले आफूलाई सफल औषधि बिक्रेतामा उभ्याएका हुन् । उनलाई यो स्थानमा आइपुग्न न कसैसँग प्रतिस्पर्धा गर्नुपर्यो, न त उनले कसैसँग प्रतिशोध साँधे ।
स्याङ्जाको पुतलीबजार नगरपालिका–१३ का ढकालको परिवार बसाइँसराइँ गरी विक्रम संवत् २०४४ सालमा नवलपरासीको विनयत्रिवेणीमा झर्यो । मध्यम वर्गीय परिवारका ढकालले दीपेन्द्र माविबाट २०४७ सालमा तत्कालीन एसएलसी उत्तीर्ण गरे । एसएलसी दिइसक्दा आर्थिक अभाव खड्किएपछि उनी भारत पसे । त्यो बेला उनको भारतमा जीवराज आश्रितसँग भेट भयो ।
भेटमा जीवराज आश्रितले ढकाललाई भनेका थिए, ‘एसएलसी दिएको मान्छे किन भारत आएको ?’ नेपालमै केही गर्नुपर्छ भनेर दिएको सुझाव अझै उनको मस्तिष्कमा ताजै छ । ४ महिना भारतमा बसेर उनी नेपाल फर्किए ।
दाइ प्रेम हुम्लाको मालपोत कार्यालयमा खरिदार थिए । दाइले गंगालाई उतै हुम्ला बोलाए । हुम्लाको जनस्वास्थ्य कार्यालयमा अस्थायी दरबन्दीमा काम गरे । त्यहाँ काम गर्दा सरकारी सेवा र परिवेश देखेर उनलाई वितृष्णा जाग्यो । ३ महिनामै जागिर छाडेर रूपन्देही फर्किए उनी । एसएलसीको रिजल्ट आयो । उत्तीर्ण भएपछि उनी अध्ययन गर्न भैरहवा आए । आईए अध्ययनसँगै राजनीतिमा सक्रिय भए उनी ।
तत्कालीन नेकपा एमाले नेता विजय पौडेलसँग नजिकिए उनी । पौडेल गंगालाई राजनीतिमा लाग्न प्रेरित गर्ने नेता हुन् । त्यहीँ बेला दासढुंगा दुर्घटना भयो । दुर्घटनामा एमाले महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको निधनको घटनापछि भएका विभिन्न आन्दोलनमा उनी सक्रिय भएर लागे ।
त्यहीँ सिलसिलामा उनले वैद्यनान आयुर्वेद भवन उत्तर प्रदेश भारतको नेपाल बिक्री प्रतिनिधिको रूपमा काम गर्ने अवसरबारे पत्रिकामा विज्ञापन देखे । त्यसमा जोडिन उनले फर्म भरे । अन्तर्वार्ताका लागि गोरखपुर हुँदै दिल्ली पुगे । त्यसमा पास भएपछि २०५१ सालदेखि उनले १ हजार २०० भारतीय रुपैयाँ तलबमा नेपाल प्रतिनिधिको रूपमा काम शुरू गरे । २ वर्ष वैद्यनाथमा काम गरेपछि उनलाई फेरि अर्को अवसर आयो, उनले सिद्ध आयुर्वेद फार्मेसीमा उत्पादन र बजार हेर्ने गरी २०५३ सालबाट काम थाले । त्यो उद्योग रूपन्देहीमा तत्कालीन उद्योगमन्त्री ढुण्डीराज शास्त्रीको थियो ।
सिद्ध फार्मेसीले ८ प्रकारका औषधि उत्पादन गर्थ्यो । फेरि २०५६ सालमा उनी लोमस फर्मासिटिकलमा बजार प्रतिनिधिको रूपमा जोडिए । लोमसको तत्कालीन सुदूरपश्चिम र मध्यपश्चिम इन्चार्ज भएर नेपालगञ्ज गए । त्यहाँ काम गर्दा उनी त्यस क्षेत्रमा ७० प्रतिशत सबै भूभागमा पुगे । उनी भन्छन्, ‘त्यो बेलाको काम मलाई गाउँगाउँमा पुगेर अध्ययन गरेजस्तै थियो ।’ लोमसको काम गर्दा उनलाई धेरै पहाडी र तराईका जनताले चिन्छन् ।
१२ वर्ष औषधिमै काम गरेको अनुभव संगालेर उनले २०६३ सालदेखि बुटवलमा ड्रग इन्टरनेसनल फर्म स्थापना गरी बुटवलमा औषधि बिक्री थाले । साथीभाइको सुझाव र आफ्नै उद्यम गर्नुपर्छ भन्ने सोचाइले उद्यम थालेको उनी बताउँछन् । २०७२ सालमा फर्मको नाम परिवर्तन गरी औखती घर बनाइयो । ओखती घरले अहिले देशका ७० जिल्लामा औषधि पठाउने गर्छ । ओखती घर केएलएम ल्याबटोरिकको नेपालका लागि आधिकारिक बिक्रेता हो । ८ लाखबाट शुरू गरेको बिजनेश अहिले १० करोडको ‘टेड्रिङ’ गर्छन् । उनको बिजेशनमा छोरा गुन्जन जोडिएका छन् ।
फार्मेसी पढेका गुन्जन नेपाललाई आवश्यक पर्ने ६० प्रतिशत औषधि नेपाली उद्योगले नै धानेको बताउँछन् । ओखतीले अहिले १० जना युवालाई रोजगारीमा पनि जोडेको छ ।
नेपालमा औषधि उत्पादक, आयातकर्ता, बिक्रेता र खुद्रा बिक्रेता हुँदै उपभोक्ताको हातमा पुग्ने गर्छ । गंगाप्रसाद भन्छन्, ‘औषधिमा आयातकर्तालाई पनि राम्रो छ । खुद्रा बिक्रेतालाई पनि राम्रो छ तर डिलरहरूलाई खासै राम्रो छैन । हामीलाई जम्मा २ प्रतिशत मात्र कमिसन आउँछ । ठूलो भोलुममा बिक्री गर्दाको कारोबारले धानिएको मात्र छ । राज्यले औषधि बिक्रेतालाई सपोर्ट गर्ने पोलिसी नै बनाएको छैन । समग्र उद्योग र व्यवसायीलाई संरक्षण गर्ने नीति बनाउनु पर्थ्यो, त्यो बनाएन ।’
उनले स्वास्थ्य क्षेत्रमा धेरै समस्याहरू रहेको बताउँछन् । गंगाले बिजनेशसँग जोडिए पनि पढाइलाई निरन्तरता दिए । उनले एमबिए पूरा गरेका छन् । परिवारको पूर्ण साथले बिजनेश गरेका उनले कामलाई साना–ठूलो नभई इज्जत गर्न सकेमा सफलता पाउन सकिने बताउँछन् । गंगाप्रसादकी पत्नी गोमा र बुहारी गृष्माले पनि अहिले औषधिको नाम र बिक्रीमा दक्ष भइसकेका छन् ।
सबै क्षेत्रमा सफल हुन सक्षम, शिक्षित र आत्मनिर्भर हुन जरुरी रहेको ढकालको भनाइ छ ।
बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...
पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...
भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...
बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् । काठम...
समय : आइतवार बिहान ७ बजे स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्याएको ठाउँ) ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...
प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...