×

Nic Asia
Dabur
Prabhu Bank

नेपाली सेनाले घोडेजात्राका अवसरमा ६६ वटा घोडा प्रयोग गर्दैछ ।

yONNEX
Frooti
Appy

आज (मंगलवार) टुँडिखेलमा आयोजित समारोहमा हेभी घोडा १० वटा, लाइट घोडा ४६ वटा र पोनी घोडा १० प्रयोग गर्न लागिएको सेनाले जनाएको छ ।


Advertisment
Mahindra Agni Group
RMC TANSEN
NIC ISLAND BOX

सेनाका अनुसार जात्रामा बग्गीका लागि हेभी घोडा, दौड र विभिन्न अश्वकलाका लागि लाइट घोडा र विशेष दौडका लागि पोनी घोडाको प्रयोग हुन्छ ।


Advertisment
Lokantar App
Saurya island

null

JYOTI
Vianet communication

नेपाली सेनामा अहिले १०९ वटा घोडा छन् । सेनाको क्याभ्लरीमा भएका घोडामध्ये हेभी १७, लाइट ७५ र पोनी घोडा १७ वटा छन् । सेनाले आफूलाई आवश्यक पर्ने घोडाहरू मुख्यगरी इक्वाइन ब्रिडिङ सेन्टर भक्तपुरबाट उत्पादन गर्दै आएको छ । 

यसका अलावा वार्षिक १० वटा घोडा चितवनको ब्रिडिङ सेन्टरबाट उत्पादन गर्ने गरिएको सेनाले जनाएको छ । त्यसबाहेक सेनाले आफूलाई आवश्यक पर्ने घोडाहरू खरिद गरेर ल्याउने गरेको छ । सेनाले २०७४ सालमा ५ वटा र ०७९ सालमा ४ वटा घोडा भारतबाट ल्याएको थियो । त्यसमध्ये २ वटा घोडा सहयोगका रूपमा आएको थियो । 

null

के हो घोडेजात्राको इतिहास ?

घोडेजात्राको मूल नाम पाहाँ चर्हे भएको र त्यसलाई पछि घोडेजात्रा भन्न थालिएको सेनाले जनाएको छ । ‘नेपा मण्डल’भित्र देवी देवताको जात्रा गरी मनाउने चलन थियो । त्यसक्रममा मनाइने पाहाँ चर्हे नखमा घोडा जात्रा थपेर पछि घोडेजात्रामा परिणत भयो ।

घोडेजात्रा गर्ने परम्परा नेपालमा मध्यकालदेखि नै प्रारम्भ भएको थियो । त्यस समयको घोडेजात्रामा राजप्रसादमा राखिएको तलेजु भवानीको घोडा दौडाउने गरिन्थ्यो । काठमाडौंको टुँडिखेलमा मनाइने यस प्रसिद्ध जात्रालाई पछिल्लो समय नेपाली सेनाले औपचारिक रूपमा अगाडि बढाएको छ ।

null

परापूर्वकालमा गुरूमापा नामक दैत्यमाथि प्राप्त विजयको उत्सवका रूपमा घोडेजात्रा मनाउने गरिन्छ । यहाँ दौडने घोडाको टापले त्यस दानवको आत्मालाई दबाउन मद्दत गर्ने विश्वास छ । यस जात्राले देशमा सुमंगल ल्याउने विश्वास गरिन्छ ।

null

घोडेजात्राकै अवसरमा पाटनमा एउटा मात्र घोडा दौडाउने चलन छ । पाटनको बालकुमारीमा हुने यो जात्रा ओल्खु चिबहाः टोलको ज्यापु समुदायको भीमसेन गुठीले सञ्चालन गर्दै आएको छ ।

वैदिक सनातन संस्कारमा घोडा अर्थात ‘अश्व’लाई अत्यन्तै महत्त्वपूर्ण जीवको रूपमा लिइएको छ । वैदिक सनातन संस्कारमा सबैभन्दा पूण्य प्राप्त हुने यज्ञ नै ‘अश्वमेघ यज्ञ’ हो, जसमा सयौंको संख्यामा घोडाहरूलाई स्वतन्त्र छाडिन्छ र ती घोडाहरू जहाँ–जहाँ पुग्छन्, त्यहाँसम्म शान्ति, सौहार्दता र आनन्द रहने विश्वास गरिन्छ ।

नेपाली सेनासँग जोडिएको घोडाको इतिहास

पाचौं शताब्दीमै नेपालमा अश्वसेना थिए भन्‍ने कुरा चाँगुनारायणमा भएको अभिलेखमा उल्लेख छ ।

सेनाका अनुसार त्यस समयमा नेपालमा घोडाहरू तिब्बत तथा उत्तर पश्चिम भारतबाट आयात गरिन्थ्यो ।  

ईसाको चौधौं शताब्दीको प्रारम्भिक समयतिर तलेजु भवानी साथमा लिई कर्णाटकहरूको नेपाल आगमन सँगै नेपाली सेनामा घोडचढी सैन्य समावेश भएको इतिहास रहेको सेनाले जनाएको छ । त्यस्तै १६ औं शताब्दीतिर पाल्पाली राजा मुकुन्द सेनले नेपाल आक्रमण गर्दा असंख्य घोडचढी सैन्यहरू ल्याएको कुरा पार्वती वंशावलीमा समेत उल्लेख गरेको इतिहास छ । 

null

मध्यकालको अन्त्यतिर पृथ्वी नारायण शाहको नेपाल एकीकरण अभियानको समयमा अश्वारोही सेनाको अभाव रहेको इतिहास छ । पछि जंगबहादुर राणाका पालामा नेपालमा अश्व सेना खडा भएको थियो । जंगबहादुरले सन् १८८४ मा सुरेन्द्र वीर विक्रम शाहसँगै शिकारमा जाँदा ३०० घोडासहितको सेना लगेका थिए भन्ने इतिहास छ ।  सन् १८५७ मा भएको प्रथम भारतीय स्वतन्त्र संग्राममा अंग्रेजहरूलाई मद्दत गर्ने उद्देश्यले जंगबहादुरले कर्णेल पहलमान सिंह बस्नेतको नेतृत्वमा अश्वसेना भारत पठाएको इतिहास रहेको सेनाले जनाएको छ । 

१९ औं शताब्दी (ई.)को प्रारम्भिक समयमा नेपाल र अंग्रेजबीच युद्ध भएपछि नेपाललाई बाह्य राष्ट्रबाट हुन सक्ने सम्भाव्य आक्रमणको त्रास भएको थियो । 

यी कारणहरूले गर्दा अश्वसेना (रिसल्ला पल्टन) एक प्रकारले पाश्र्व सेनाकै रूपमा रहँदै आएको नेपाली सेनाले जनाएको छ ।

hAMROPATRO BELOW NEWS
Maruti inside
TATA Below
जेठ २६, २०८०

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले कोशी प्रदेश सभाकी उसभामुख सृजना दुनुवार र नेकपा एमालेका सांसद राम रानामाथिको आक्रमणमा संलग्नमाथि कारबाही गर्ने प्रतिवद्धता जनाएका छन् । शुक्रवार बसेको प्रतिनिधि सभ...

जेठ २६, २०८०

सर्वोच्च अदालतले १० वर्षे सशस्त्र युद्धको समयमा बाल सेना प्रयोग गरी युद्ध अपराध गरेको भन्दै प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध परेको रिट दर्ता गर्न आदेश दिएको छ...

जेठ २६, २०८०

निर्वाचन आयोगका जिल्ला कार्यालय जिल्ला प्रशासनअन्तर्गत गाभ्ने सरकारको प्रस्तावमा स्वयं सत्तारूढ दलहरूले नै असन्तुष्टि जनाएका छन् ।  सरकारले आगामी आर्थिक वर्षको बजेट २०८०/०८१ मा जिल्ला निर्वाचन कार्यालय खारेज ग...

जेठ २६, २०८०

तराईका धेरैजसो भूभागहरुमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस भन्दा बढी मापन गरिएको  छ ।  बाँके, चितवन, पर्सा, बारा, सर्लाही लगायतका जिल्लाहरुमा ४२ डिग्री सेल्सियस भन्दा बढी मापन भएको जल तथा मौसम पूर्...

जेठ २६, २०८०

नक्कली शरणार्थी प्रकरणका हाई-प्रोफाइल प्रतिवादी टोपबहादुर रायमाझीको तर्फबाट बहस गरेका वरिष्ठ अधिवक्ताहरूले अर्का प्रतिवादी एवं भुटानी शरणार्थी नेता टेकनाथ रिजालको 'माइन्ड कन्ट्रोल' गरिएको आरोप लगाएका छन् ...

जेठ २६, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जिल्ला निर्वाचन कार्यालयलाई नयाँ ढङ्गले व्यवस्थापन गर्न खोजिएको बताएका छन् । प्रधानमन्त्री प्रचण्डले आज निर्वाचन आयोगका पदाधिकारीसँगको भेटमा आयोगको क्षेत्राधिकारम...

गाँजा फाँडेर भीख मागिरहेको देश !

गाँजा फाँडेर भीख मागिरहेको देश !

जेठ २६, २०८०

राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसमा खतरनाक अपराधमा मुछिएका १९ जनालाई आममाफी दिए । ४८२ जनाको कैद मिनाहा गरिदिए । तर, गाँजाकाण्डमा मुछिएका एक जनाले यो सुविधा पाएनन् । वर्षौंदेखि गाँजा मुद्दामा मुछिएका...

भैँसीसँग लाज मानिरहेका 'भेडा'हरू

भैँसीसँग लाज मानिरहेका 'भेडा'हरू

जेठ २२, २०८०

हाम्रो गाउँमा जक्खर नाम गरेको एउटा भाग्यमानी राँगो थियो । गाउँभरीका भैँसीहरूलाई गर्भवती बनाउने उसको ठेक्काजस्तै थियो । दिनमा कम्तीमा ५/६ वटा भैँसीसँग जक्खरको घम्साघम्सी हुन्थ्यो । हाम्रो गोठको डल्ली भैँसी प...

भारतीय ‘सिन्डिकेट’ तोड्न उत्तरी नाका सोझिएको त्यो ‘ब्रेक थ्रु’

भारतीय ‘सिन्डिकेट’ तोड्न उत्तरी नाका सोझिएको त्यो ‘ब्रेक थ्रु’

जेठ १९, २०८०

यतिबेला भारतले संसद्मा राखेको ‘अखण्ड भारत’को नक्साले तरंग छाएको छ । नक्सामा वरपरका अन्य देशको भूगोल पनि समावेश छ । तर, नेपाल मात्र किन तरंगित बन्यो त ? धेरैलाई लाग्ने जिज्ञासा हो यो ।  भ...

ad
x