१३ असार २०८३, शनिबार
घोडेजात्रा

सेनाका ६६ घोडाले धान्दैछ इतिहास

चैत ७, २०७९
सेनाका ६६ घोडाले धान्दैछ इतिहास

नेपाली सेनाले घोडेजात्राका अवसरमा ६६ वटा घोडा प्रयोग गर्दैछ ।

आज (मंगलवार) टुँडिखेलमा आयोजित समारोहमा हेभी घोडा १० वटा, लाइट घोडा ४६ वटा र पोनी घोडा १० प्रयोग गर्न लागिएको सेनाले जनाएको छ ।

सेनाका अनुसार जात्रामा बग्गीका लागि हेभी घोडा, दौड र विभिन्न अश्वकलाका लागि लाइट घोडा र विशेष दौडका लागि पोनी घोडाको प्रयोग हुन्छ ।

null

नेपाली सेनामा अहिले १०९ वटा घोडा छन् । सेनाको क्याभ्लरीमा भएका घोडामध्ये हेभी १७, लाइट ७५ र पोनी घोडा १७ वटा छन् । सेनाले आफूलाई आवश्यक पर्ने घोडाहरू मुख्यगरी इक्वाइन ब्रिडिङ सेन्टर भक्तपुरबाट उत्पादन गर्दै आएको छ । 

यसका अलावा वार्षिक १० वटा घोडा चितवनको ब्रिडिङ सेन्टरबाट उत्पादन गर्ने गरिएको सेनाले जनाएको छ । त्यसबाहेक सेनाले आफूलाई आवश्यक पर्ने घोडाहरू खरिद गरेर ल्याउने गरेको छ । सेनाले २०७४ सालमा ५ वटा र ०७९ सालमा ४ वटा घोडा भारतबाट ल्याएको थियो । त्यसमध्ये २ वटा घोडा सहयोगका रूपमा आएको थियो । 

null

के हो घोडेजात्राको इतिहास ?

घोडेजात्राको मूल नाम पाहाँ चर्हे भएको र त्यसलाई पछि घोडेजात्रा भन्न थालिएको सेनाले जनाएको छ । ‘नेपा मण्डल’भित्र देवी देवताको जात्रा गरी मनाउने चलन थियो । त्यसक्रममा मनाइने पाहाँ चर्हे नखमा घोडा जात्रा थपेर पछि घोडेजात्रामा परिणत भयो ।

घोडेजात्रा गर्ने परम्परा नेपालमा मध्यकालदेखि नै प्रारम्भ भएको थियो । त्यस समयको घोडेजात्रामा राजप्रसादमा राखिएको तलेजु भवानीको घोडा दौडाउने गरिन्थ्यो । काठमाडौंको टुँडिखेलमा मनाइने यस प्रसिद्ध जात्रालाई पछिल्लो समय नेपाली सेनाले औपचारिक रूपमा अगाडि बढाएको छ ।

null

परापूर्वकालमा गुरूमापा नामक दैत्यमाथि प्राप्त विजयको उत्सवका रूपमा घोडेजात्रा मनाउने गरिन्छ । यहाँ दौडने घोडाको टापले त्यस दानवको आत्मालाई दबाउन मद्दत गर्ने विश्वास छ । यस जात्राले देशमा सुमंगल ल्याउने विश्वास गरिन्छ ।

null

घोडेजात्राकै अवसरमा पाटनमा एउटा मात्र घोडा दौडाउने चलन छ । पाटनको बालकुमारीमा हुने यो जात्रा ओल्खु चिबहाः टोलको ज्यापु समुदायको भीमसेन गुठीले सञ्चालन गर्दै आएको छ ।

वैदिक सनातन संस्कारमा घोडा अर्थात ‘अश्व’लाई अत्यन्तै महत्त्वपूर्ण जीवको रूपमा लिइएको छ । वैदिक सनातन संस्कारमा सबैभन्दा पूण्य प्राप्त हुने यज्ञ नै ‘अश्वमेघ यज्ञ’ हो, जसमा सयौंको संख्यामा घोडाहरूलाई स्वतन्त्र छाडिन्छ र ती घोडाहरू जहाँ–जहाँ पुग्छन्, त्यहाँसम्म शान्ति, सौहार्दता र आनन्द रहने विश्वास गरिन्छ ।

नेपाली सेनासँग जोडिएको घोडाको इतिहास

पाचौं शताब्दीमै नेपालमा अश्वसेना थिए भन्‍ने कुरा चाँगुनारायणमा भएको अभिलेखमा उल्लेख छ ।

सेनाका अनुसार त्यस समयमा नेपालमा घोडाहरू तिब्बत तथा उत्तर पश्चिम भारतबाट आयात गरिन्थ्यो ।  

ईसाको चौधौं शताब्दीको प्रारम्भिक समयतिर तलेजु भवानी साथमा लिई कर्णाटकहरूको नेपाल आगमन सँगै नेपाली सेनामा घोडचढी सैन्य समावेश भएको इतिहास रहेको सेनाले जनाएको छ । त्यस्तै १६ औं शताब्दीतिर पाल्पाली राजा मुकुन्द सेनले नेपाल आक्रमण गर्दा असंख्य घोडचढी सैन्यहरू ल्याएको कुरा पार्वती वंशावलीमा समेत उल्लेख गरेको इतिहास छ । 

null

मध्यकालको अन्त्यतिर पृथ्वी नारायण शाहको नेपाल एकीकरण अभियानको समयमा अश्वारोही सेनाको अभाव रहेको इतिहास छ । पछि जंगबहादुर राणाका पालामा नेपालमा अश्व सेना खडा भएको थियो । जंगबहादुरले सन् १८८४ मा सुरेन्द्र वीर विक्रम शाहसँगै शिकारमा जाँदा ३०० घोडासहितको सेना लगेका थिए भन्ने इतिहास छ ।  सन् १८५७ मा भएको प्रथम भारतीय स्वतन्त्र संग्राममा अंग्रेजहरूलाई मद्दत गर्ने उद्देश्यले जंगबहादुरले कर्णेल पहलमान सिंह बस्नेतको नेतृत्वमा अश्वसेना भारत पठाएको इतिहास रहेको सेनाले जनाएको छ । 

१९ औं शताब्दी (ई.)को प्रारम्भिक समयमा नेपाल र अंग्रेजबीच युद्ध भएपछि नेपाललाई बाह्य राष्ट्रबाट हुन सक्ने सम्भाव्य आक्रमणको त्रास भएको थियो । 

यी कारणहरूले गर्दा अश्वसेना (रिसल्ला पल्टन) एक प्रकारले पाश्र्व सेनाकै रूपमा रहँदै आएको नेपाली सेनाले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्