जेठ १६, २०८०
काठमाडौं जिल्ला अदालतले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा जाहेरवालाले अन्तरिम क्षतिपूर्तिका लागि दिएको निवेदनसँगै राखेर पेश गर्न आदेश गरेको छ। जिल्ला न्यायाधीश शंकरबहादुर राईको इजलासले मुद्...
चैत ९, २०७९
जबरजस्ती करणीजस्तो गम्भीर फौजदारी मुद्दामा अभियुक्तले सफाइ पाउने सम्भावना ज्यादै कम हुन्छ ।
सामान्यतः मुद्दाका तथ्य र प्रमाणको मूल्यांकन गर्दा करीब दुईतिहाइ अभियुक्तमाथि कसुर ठहर हुने फैसला आउने गरेको छ ।
तर, धादिङ जिल्ला अदालतको फैसलालाई हेर्ने हो भने बलात्कारका करीब ७० प्रतिशत मुद्दामा प्रतिवादीलाई सफाइ दिएको पाइएको छ ।
आर्थिक वर्ष २०७९/०८० को माघ मसान्तसम्म जबरजस्ती करणीका १४ वटा मुद्दामा अभियुक्तलाई सफाइ दिइएको छ भने जम्मा ८ वटा मुद्दामा मात्रै कसुर ठहर गरिएको छ ।
माघ मसान्तसम्मको अवस्था हेर्दा बलात्कार तथा बलात्कार प्रयासको मुद्दा सङ्ख्या र कसुर कायम तथा सफाइको लगत हेर्दा करीब आधा–आधाजस्तै देखिए पनि फागुन महिना लागेपछि भने बलात्कार र बलात्कार प्रयासका कसुरमा मुछिएका धेरैले धमाधम सफाइ पाउन थालेका छन् ।
फागुनदेखि चैत ३ गतेसम्मको तथ्यांक हेर्दा ११ वटा मुद्दामा आदेश वा फैसला हुँदा सबैमा प्रतिवादीलाई सफाइ दिइएको छ ।
फागुन ३ गते पेशीमा चढेको हाडनाताको जबरजस्ती करणीसम्बन्धी मुद्दामा १५ महिना जेल बसेका अभियुक्तलाई बाल यौन दुराचारमा परिणत गरी बलात्कारको कसुरबाट ‘सफाइ’ दिइएको छ । त्यसैगरी सोही दिन भएको अर्को फैसलामा पनि २२ महिना जेल बसेका प्रतिवादीलाई यौन दुर्व्यवहारमा परिणत गर्दै ‘सहुलियत’ दिइएको छ ।
फागुन १० गते भएको बलात्कारका एक अभियुक्तसँग जम्मा १० हजार धरौटी माग गरी तारेखमा छाडिएको छ ।
त्यसपछि फागुन ११ गते भएको फैसलामा इलाका प्रहरी कार्यालय खानीखोलाका इन्स्पेक्टर अपूर्व ढुंगानालाई सफाइ दिइएको छ ।
प्रहरी कार्यालयभित्रै एक महिला प्रहरी जवानमाथि बलात्कारको प्रयास गरेको भनी आरोप लागेका ढुंगानालाई अदालतले ‘क्लीन चिट’ दिएको छ ।
सोही दिनको अर्को एक फैसलामा पनि हाडनातामा जबरजस्ती करणी गरेको अभियोगमा प्रतिवादीलाई साधारण तारेखमै छाडिएको छ ।
त्यसैगरी फागुन १७ गते भएको फैसलामा पनि बलात्कारको कसुरमा थुनामा रहेका प्रतिवादीलाई सफाइ दिइएको छ । कृष्णबहादुर गुरुङ प्रतिवादी रहेको जबरजस्ती करणी मुद्दामा ‘दाबी नपुग्ने’ फैसला गरिएको छ ।
त्यसपछि फागुन २८ गते भएको दुईवटा फैसलामा पनि प्रतिवादीलाई सफाइ दिइएको छ । ७ महिनादेखि थुनामा रहेका कृपेश सिलवाल प्रतिवादी रहेको जबरजस्ती करणीको मुद्दामा दाबी नपुग्ने भन्दै अभियुक्तलाई सफाइ दिइएको छ । सोही दिनको अर्को फैसलामा जबरजस्ती करणी उद्योगबाट प्रतिवादी मीनबहादुर गुरुङलाई सफाइ दिइएको छ ।
त्यसको भोलिपल्ट अर्थात् फागुन २९ गते आदेशमा बाल यौन दुराचारका प्रतिवादीलाई धरौटीमा छाडिएको छ । चन्द्रमान श्रेष्ठ प्रतिवादी रहेको बाल यौन दुराचारको मुद्दामा प्रतिवादीसँग धरौटी माग गरी छाडिएको छ ।
त्यसैगरी फागुन ३० गतेको फैसलामा ६ महिनादेखि थुनामा रहेका प्रतिवादीलाई जबरजस्ती करणी मुद्दाबाट सफाइ दिइएको छ । असोज ७ गते दर्ता भएको प्रतिवादी परिवर्तित नाम धादिङ २४(२१८) ०७९/८० रहेको जबरजस्ती करणी मुद्दामा अभियोग दाबी नपुग्ने भन्दै अभियुक्तलाई सफाइ दिइएको छ ।
त्यसैगरी चैत महिना लागेपछि भएको एउटा फैसलामा पनि प्रतिवादीलाई सफाइ दिइएको छ । चैत १ गते भएको फैसलामा प्रतिवादी जीतबहादुर तामाङले बलात्कारको मुद्दाबाट सफाइ पाएका छन् । करीब ७ महिनादेखि थुनामा रहेका तामाङलाई अदालतले दाबी नपुग्ने भन्दै सफाइ दिएको छ ।
धादिङ जिल्ला अदालतमा पछिल्लो समय फैसला भएका जबरजस्ती करणीका अधिकांश मुद्दामा प्रतिवादीले सफाइ पाएका छन् ।
फागुन महिना लागेपछि जबरजस्ती करणी र गम्भीर फौजदारी कसुरका आरोपितले धमाधम सफाइ वा सजायमा छुट पाउन थालेका हुन् ।
हेर्नुहोस्, तथ्यांक :
काठमाडौं जिल्ला अदालतले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा जाहेरवालाले अन्तरिम क्षतिपूर्तिका लागि दिएको निवेदनसँगै राखेर पेश गर्न आदेश गरेको छ। जिल्ला न्यायाधीश शंकरबहादुर राईको इजलासले मुद्...
जनकपुरधाम उपमहानगरपालिका-११ का वडाध्यक्ष अर्जुनकुमार चौधरी र वडा सचिव माधवकुमार राय घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिएको टोलीले उनीहरूलाई पचास हजार घुससह...
नेपाल बार एशोसिएशनले टिकापुर घटनाका दोषी रेशम चौधरीको रिहाइलाई लिएर आपत्ति जनाएको छ । सर्वोच्च अदालतको फैसलाको पूर्ण पाठ नआउँदै सरकारको सिफारिसमा टीकापुर घटनासँग सम्बन्धित व्यक्तिहरूलाई राष्ट्रपतिबाट माफी मि...
संसदीय सुनुवाइ समितिको पहिलो बैठकले प्रधानन्यायाधीशमा सिफारिस भएका हरिकृष्ण कार्कीविरुद्ध उजुरी आह्वान गरेको छ । ज्येष्ठ सदस्य पशुपतिशमशेर राणाको नेतृत्वमा बसेको समितिको पहिलो बैठकले कार्कीविरुद्ध १० दिनभित्...
गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले टीकापुर हत्याकाण्डमा अदालतबाट दोषी ठहर रेशम चौधरीलाई दिएको माफीविरुद्ध सर्वाेच्च अदालतमा परेको रिटमाथि आज पहिलो पेशी चढेको छ । राष्ट्रपति पौडेलबाट चौधरीलाई...
बलात्कार अभियोगमा २० लाख रुपैयाँमा धरौटी तारेखमा छुटेका क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा अन्तिम सुनुवाइका लागि पटक–पटक पेशी तोकिए पनि अझै अन्तिम सुनुवाइ हुन सकेको छैन । २०७९ कात्तिक १५ गते काठ...
बजेट भाषणमा प्राय: धेरैको ध्यान हुन्छ नै । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमवार मध्याह्न आगामी आर्थिक वर्ष २०८०/०८१ बजेट भाषण गरिरहँदा संसद्मा एकाएक हाँसो फैलियो । महतले बजेट भाषण गरिरहँदा प्रतिनिधिसभा स...
आदि दार्शनिक सुकरातले ईशापूर्व चौथो शताब्दीमा चौबाटोमा उभिएर सबै बटुवालाई सोध्ने गर्दथे, ‘मित्र, तपाईं एथेन्स नगरको महान्, शक्तिशाली र बुद्धिमान नागरिक हुनुपर्दछ । के तपाईं धन सम्पत्ति र मानसम्मान मात्रै थु...
सामान्यतया रूपान्तरण भन्नाले कुनै पनि वस्तुको रूप वा गुणमा परिवर्तन वा बदलाव, संस्था, समाज या व्यक्तिको चेतना वा गुणवत्तामा आधारभूत परिवर्तन वा सुधार भन्ने जनाउँछ । अंग्रेजीमा 'ट्रान्सफर्मेशन'...