×

NMB BANK
NIC ASIA

मन्त्रिपरिषद् विस्तार

सरकार विस्तारको तयारीमा प्रचण्ड, कुन दलले कति पाउँदैछन् मन्त्रालय ?

चैत १२, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले सरकार विस्तारको तयारीलाई तीव्रता दिएका छन् ।

Muktinath Bank

आफूलाई विश्वासको मत दिने दलहरूलाई सरकारमा समेट्ने तयारी गरेर प्रधानमन्त्री प्रचण्डले मन्त्रालय बाँडफाँटको तयारी गरिरहेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आफूलाई समर्थन गर्ने दललाई सरकारमा सहभागी गराउने हिसाबले प्रधानमन्त्रीले भागबण्डाको तयारी गरिरहेको माओवादीका नेता देवेन्द्र पौडेलले जानकारी दिए । 


Advertisment
Nabil box
Kumari

‘प्रधानमन्त्रीको तयारी आफूलाई समर्थन गर्ने ११ वटै दललाई सरकारमा सहभागी गराउने भन्ने छ । यसको लागि तयारी भइरहेको छ । प्रधानमन्त्रीले खाका बनाउँदै हुनुहुन्छ’, पौडेलले भने, ‘माओवादीको बैठकमा पनि एक खालको छलफल भएको छ । अब दलगत रुपमा छलफल गर्ने र आइतबार र सोमबार थप छलफल गरी सरकार विस्तार गर्ने भन्ने छ ।’ 

Vianet communication
Laxmi Bank

कुन दलको भागमा कति मन्त्रालय पर्लान् ?

फेरिएको सत्ता गठबन्धनको दल कांग्रेसले ८ वटा मन्त्रालयमा दाबी गरेको छ । कांग्रेसको शनिबार सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको पदाधिकारीको बैठकमा उपसभापति पूर्णबहादुर खड्काले ८ वटा मन्त्रालयमा कांग्रेसले दाबी गरेको ब्रिफिङ गरेका थिए ।

तर सरकारमा सहभागी हुने दलको संख्या बढेपछि प्रधानमन्त्रीले ७ मन्त्री र एक राज्यमन्त्री कांग्रेसलाई दिने गरी सहमतिको खाका बनाउने तयारी गरेका छन् ।

माओवादीले अहिले प्रधानमन्त्रीबाहेक ४ वटा मन्त्रालय पाएको छ। यसलाई कायम राख्ने तयारीमा प्रधानमन्त्री छन् ।

माओवादीबाट भौतिक पूर्वाधारमा नारायणकाजी श्रेष्ठ, सञ्चारमा रेखा शर्मा, पर्यटनमा सुदन किराँती, संघीय मामिलामा अमनलाल मोदी मन्त्री छन् ।

माओवादीकै सुशीला श्रीपाइली ठकुरी पर्यटन राज्यमन्त्री छिन् । जनमतबाट अब्दुल खान खानेपानी मन्त्री छन् । प्रधानमन्त्रीले बनाएको खाकामा जनमतले पाउने यही एउटा मात्रै मन्त्रालय हो । तर प्रतिनिधिसभामा ६ सिट भएको जनमतले २ वटा मन्त्रालय दाबी गरेको छ । 

३/३ मन्त्रालय दाबी गरेका जसपा र नेकपा एसले २/२ वटा मन्त्रालय पाउनेछन् । यी दुईमध्ये एकले राज्यमन्त्री पनि पाउने तयारी छ ।

२/२ वटा मन्त्रालय दाबी गरेका लोसपा र नागरिक उन्मुक्तिलाई १/१ वटा मन्त्रालय दिने तयारीमा प्रधानमन्त्री रहेको बालुवाटार स्रोत बताउँछ ।

प्रधानमन्त्रीलाई विश्वासको मत दिएका स्वतन्त्र सांसदद्वय प्रभु साह र अमरेशकुमार सिंहमध्ये एक जनालाई पनि मन्त्री बनाउने सम्भावना छ । माओवादी चुनाव चिह्नबाट चुनाव लडेका महिन्द्रराय यादव पनि मन्त्रीका लागि दाबेदार हुन् ।

दलसँग छुट्टाछुट्टै छलफल गरेपछि सत्तारूढ दलको संयुक्त बैठक गरी भागबण्डाको प्रस्ताव गर्ने तयारीमा प्रचण्ड रहेको बालुवाटार स्रोतले जानकारी दियो ।

संख्यासँगै कुन दलले कुन मन्त्रालय लिने भन्ने टुंगो पनि प्रधानमन्त्रीले लगाउँदैछन् । मन्त्रालय टुंग्याउन प्रधानमन्त्रीले सबैभन्दा ठूलो दल कांग्रेससँग बढी संवाद गर्दैछन् ।

अरू दलसँग कम संवाद गरे पनि प्रधानमन्त्रीले कांग्रेसँग नियमित संवाद गरिरहेका छन् । प्रधानमन्त्रीसँग कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले छलफल गर्दै आएका छन् । उनी आफैं गृहमन्त्रालयसहित सरकारको नेतृत्वमा जान तयार छन् ।

तर प्रधानमन्त्रीले कांग्रेसलाई अर्थ मन्त्रालय लिएर काम गर्न आग्रह गर्दै आएका छन् । तर खड्काको इच्छा गृहमा छ । खड्काले अर्थमा इच्छा नगरे कांग्रेसबाट डा प्रकशशरण महत अर्थमन्त्री बन्ने सम्भावना पनि उत्तिकै छ ।

माओवादीले अर्थ लिन माने गृहको जिम्मा खड्काले पाउने बताइएको छ । तर यस अघिदेखि नै गृहमा दाबी गरेका माओवादीका नारायणकाजी श्रेष्ठले फेरि पनि दाबी गरिरहेका छन् ।

१५ फागुनमा तत्कालीन साझेदार एमाले सरकारबाट बाहिरिएयता १६ वटा मन्त्रालय प्रधानमन्त्री प्रचण्डको काँधमा छन् । 

रवि लामिछानेको नागरिकता विवादपछि मन्त्री फिर्ता बोलाएको राष्ट्रिय स्वतन्त्र पार्टी पनि फेरि सरकारमा जान इच्छुक छ । 

माओवादी नेता देवेन्द्र पौडेलले रास्वपा पनि सरकारमा जान इच्छुक रहेको जानकारी दिए । ‘रास्वपालाई पनि प्रधानमन्त्रीले सरकारमा सहभागी गराउने तयारीमा हुनुहुन्छ’, उनले भने, ‘सरकारमा जाँदा दलको  हिस्सा अनुसारको मन्त्रालय दिने भन्ने छ ।’

यसअघि प्रचण्ड नेतृत्वको सरकारमा रास्वपाले गृह, शिक्षा, श्रम मन्त्रालय पाएको थियो । एक राज्यमन्त्री पनि उसको भागबण्डामा परेको थियो ।

तर यसपटक फेरि सरकारमा सहभागी भए रास्वपाले बढीमा २ वटा मात्रै मन्त्रालय पाउने बुझिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x