मंसिर १६, २०८०
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...
चैत १४, २०७९
नेकपा एमालेले देशव्यापी रूपमा सञ्चालन गरेको ‘मिसन ग्रासरुट’ कार्यक्रमअन्तर्गत सोमवार अछाममा भएको कार्यक्रममा नेता भीम रावल पक्षधर कार्यकर्ताले अवरोध सिर्जना गर्न खोजेका छन् ।
पार्टी उपाध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री विष्णु पौडेल प्रमुख अतिथि रहेको कार्यक्रममा रावल समर्थित कार्यकर्ताले नाराबाजी गरेका हुन् ।
देशव्यापी रूपमा चलिरहेको ‘मिसन ग्रासरुट’ अभियानका लागि सुदूरपश्चिममा जिल्लामा उपाध्यक्ष पौडेललाई खटाइएको थियो । साँफेबगरको खाद्य गोदाममा आयोजना गरिएको कार्यक्रममा पौडेलसहित सुदूरपश्चिम प्रदेशका नेताहरू सहभागी थिए ।
कार्यक्रममा सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्ट, सहइन्चार्ज कर्ण थापा, प्रदेश कमिटी अध्यक्ष दामोदर भण्डारीलगायत सहभागी थिए । सल्लाहकार समिति सदस्य पदमराज जोशीले बोल्दै गर्दा रावलका कार्यकर्ताले नाराबाजी गरेका हुन्।
पौडेल सहभागी कार्यक्रममा रावलका कार्यकर्ताले गरेको अवरोधप्रति नेकपा एमाले सुदूरपश्चिम कमिटीका नेताहरू आक्रोशित बनेका छन् ।
‘विष्णु पौडेलजस्तो कसैलाई घोचपेच नगर्ने पार्टीको शालिन मान्छे उपस्थित कार्यक्रममा भएको हुलहुज्जतप्रति हामी लज्जित छौं’, विगतमा रावलनिकट मानिने एक पूर्वसांसदले लोकान्तरसँग भने, ‘गाउँमा आएको पाहुनालाई स्वागत सम्मान गर्ने परम्पराविपरीत जसको जुन व्यवहार भयो, यो हाम्रो पार्टीको अनुशासनविपरीत काम भयो ।’
पार्टीमा विद्रोह गरेर समानान्तर गतिविधिमा लागेका रावलसहित नेतालाई पौडेल संयोजकत्वको समितिले नै १० बुँदे सहमति गरेर पार्टीमा फर्काएको थियो । २०७८ मंसिरमा चितवनमा भएको महाधिवेशनमा केपी ओलीसँग अध्यक्षमा प्रतिस्पर्धा गरेका गरेका रावल लामो समयदेखि पार्टीमा निष्क्रिय छन्।
पार्टीले दिएको जिम्मेवारी नसम्हालेका रावलले आफूखुशी अभिव्यक्ति दिएको भन्दै अध्यक्ष ओलीले आलोचनासमेत गरेका थिए ।
‘पार्टी महाधिवेशनमा पराजित भएको र चुनावमा टिकट नपाएको तुष मिसन ग्रासरुट कार्यक्रममा पोखियो । जो नेताविरुद्ध रावल कमरेडले नाराबाजी गर्न लगाउनुभयो यसले राजनीतिक रूपमा उहाँलाई नै क्षति भयो’, सुदूरपश्चिम कमिटीका ती नेताले भने ।
रावलका कार्यकर्ताको अवरोधबीच कार्यक्रम भने सम्पन्न भएको छ । जिल्लामा एमालेको कार्यक्रम हुँदा रावल भने धनगढीमा थिए । कार्यक्रममा प्रमुख अतिथि पौडेलले रावलविरुद्ध कुनै अभिव्यक्ति दिएका थिएनन् । बरु उनले कसैका विरुद्ध आरोप लगाउने काम नगर्न नेताहरूलाई निर्देशन दिएका थिए ।
अछामका भएको कार्यक्रममा अवरोध भएको घटनाप्रति पार्टीपंक्तिमा विरोध भएपछि रावलले उल्टै पौडेलविरुद्ध अक्रोश व्यक्त गरेर ट्वीट गरेका छन् ।
‘चैत १३ गते अछाम, साँफेबगरको एक कार्यक्रममा विष्णु पौडेलजीले मेरोविरुद्ध लगाउनुभएका आरोप निराधार छन्। ती आरोपमा कुनै तथ्य राख्न नसकी भ्रम छर्ने दुष्प्रयास गरिएको छ। उहाँको भनाइ प्रतिशोध, निषेध र पूर्वाग्रहले ग्रसित छ । सबै देशभक्त इमानदारहरू सजग रहौं’, रावलले सोमवार साँझ ट्वीटरमा एक सन्देश लेखेका छन् ।
एमालेले सञ्चालन गरेको ‘मिसन ग्रासरुट’ कार्यक्रमअन्तर्गत पार्टीकै कार्यकर्ताले अवरोध गरेको पहिलो घटना हो ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...
जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ। सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...
‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् । विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...
मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...