×

NIC ASIA

अमेरिका लाने नाममा ठगी– कसरी बन्यो भुटानी शरणार्थीको परिचय पत्र ?

चैत १५, २०७९

Prabhu Bank
NTC
Premier Steels

नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ५० करोड रुपैयाँ भन्दा धेरै पैसा ठगी गरेको आरोपमा ३ जनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले केही दिनअघि पक्राउ गर्‍यो । 

Muktinath Bank

गिरोहले अमेरिका नपठाएपछि पीडितले अपराध अनुसन्धान कार्यालयमा उजुरी दिएपछि उनीहरूको पोल खुलेको कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) डा. मनोजकुमार केसीले बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘उहाँहरू अमेरिका जान नपाउने अवस्था देखेपछि हामीकहाँ उजुरी दिन आउनुभएको थियो,’ एसएसपी केसीले लोकान्तरसँग भने । 


Advertisment
Nabil box
Kumari

अपराध अनुसन्धान कार्यालयका अनुसार ठगिएको भन्दै ८१ जनाले निवेदन दिएका थिए । 

Vianet communication

‘हामीकहाँ १० महिना अगाडिदेखि निवेदन आएको थियो । त्यो बीचमा अनुसन्धान चलिरहेको थियो । हामीले केही प्रमाण जुटाएपछि अभियुक्तहरूलाई पक्राउ गरेका हौँ,’ एसएसपी केसीले भने, ‘पछिल्लो ३ महिनादेखि सक्रिय रूपमा अनुसन्धान गरेर पक्राउ गर्न सफल भएका हौं ।’ 

गिरोहले प्रतिव्यक्ति १५ देखि २० लाख रूपैयाँ लिएर अमेरिका पठाइदिने भन्दै पीडितहरूलाई भुटानी शरणार्थीको परिचयपत्र पनि दिएका छन् ।

अनुसन्धानमा खटिएका प्रहरी अधिकारीहरूका अनुसार उनीहरूसँग भएको परिचयपत्र सक्कलीजस्तै देखिएको छ । त्यो उनीहरूले कसरी बनाए भन्ने विषयमा अनुसन्धान भइरहेको छ । 

‘पीडितहरूलाई भुटानी शरणार्थीको कार्ड उपलब्ध गराइएको पाइएको छ तर त्यो सक्कली वा नक्कली हो भन्ने अवस्था छैन । त्यसको अनुसन्धान भइरहेको छ,’ एसएसपी केसीले भने ।  

मोरङ पथरीबाट २ करोड रुपैयाँ ठगिएको भन्दै ९ जनाको टोलीले अपराध अनुसन्धान कार्यालयमा निवेदन दिएको छ ।

पोखरा र रामेछापबाट पनि ठगिएको भन्दै उजुरी दिन आउन लागेको जानकारी गराएको एसएसपी केसीले बताए । 

प्रहरीले १२ गते उक्त अभियोगमा ललितपुर महालक्ष्मी नगरपालिका-४ सीतापाखा हाइट बस्ने ५० वर्षीय सानु भण्डारी, मोरङ पथरी शनिश्वरे नगरपालिका-१० का ४९ वर्षीय केशवप्रसाद दुलाल र पाँचथर फिदिम नगरपालिका-७ का ४५ वर्षीय टंककुमार गुरुङलाई पक्राउ गरेको थियो । 

पक्राउ परेका उनीहरूले गृहमन्त्रालयमा उच्च अधिकारी र कर्मचारीहरूको नामसमेत खोलेका थिए । शरणार्थी समितिका उच्च अधिकारीहरूसँग सेटिङ भइरहेको भन्दै गृह मन्त्रालय, श्रम मन्त्रालय र शरणार्थीसँग सम्बन्धित निकायहरूको कागज पत्रहरूसमेत बरामद भएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ । 

भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने काममा गृह मन्त्रालयका तत्कालीन पदाधिकारी र शरणार्थी समस्या समाधानसम्बन्धी कार्यदलका समदस्यहरूको मिलेमतो देखिएकाले अनुसन्धान भइरहेको एसएसपी केसीले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २५, २०८०

मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् ।  उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

साउन ६, २०७८

मकवानपुरको मनहरि गाउँपालिका–८ हेटौंडा–नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अवैधरूपमा ल्याइएको लागूपदार्थ गाँजा फेला परेपछि  ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २३, २०८०

नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x