×

NIC ASIA

मन्त्रिपरिषद् विस्तार गर्दै प्रधानमन्त्री, कुन दलले कति पाउँदैछन् मन्त्रालय ?

चैत १६, २०७९

Prabhu Bank
NTC
Premier Steels

गठबन्धनमा आबद्ध दलले नाम दिए प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले आजै मन्त्रिपरिषद् विस्तार गर्दै छन्। 

Muktinath Bank

बुधबार बेलुकाको गठबन्धन दलको बैठकमा दलले पाउने मन्त्रालयको संख्या टुंगो लागिसकेको जनाइएको छ। तर कुन दलबाट को सहभागी हुने र के मन्त्रालय पाउने भन्ने निर्णय बिहीबार दिउँसोसम्म लिएर साँझ मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा प्रधानमन्त्री प्रचण्ड छन्।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रचण्डले नै सबै दलले नाम दिए आजै साँझसम्म मन्त्रिपरिषद् विस्तार गर्ने बताएका छन् । चितवनबाट फर्किएपछि सरकार विस्तार गर्ने उनको तयारी छ । १५ फागुनमा एमालेका मन्त्रीले राजीनामा दिएपछि एक महिनादेखि १६ वटा मन्त्रालयको जिम्मा प्रधानमन्त्रीको काँधमा छ । यसैले उनलाई छिटो सरकार विस्तार गर्नुपर्ने चुनौती छ । 


Advertisment
Nabil box
Kumari

दलहरूलाई नाम दिन प्रधानमन्त्रीले आग्रह गरेपछि सबैभन्दा ठूलो दल कांग्रेसले पनि आन्तरिक छलफल गरिरहेको छ । 

Vianet communication

सरकार विस्तारमा सबैभन्दा ठूलो दल कांग्रेसले ८ वटा मन्त्रालय पाउँदैछ ?

माओवादीले ४, नेकपा एस र जसपालाई २-२ मन्त्रालय पाउँदैछन् । लोसपा, जनमत, नागरिक उन्मुक्ति, नेपाल समाजवादी पार्टीलाई १-१ र एक स्वतन्त्र सांसदलाई प्रधानमन्त्रीले मन्त्री बनाउने तयारी गरेका छन् । यसअघि नै माओवादीका ४ मन्त्री र एक राज्यमन्त्री छन् । अब जनमतले एक राज्यमन्त्री पाउनेछ । 

यसअघि एमालेले लिएका मुख्य मन्त्रालय नै कांग्रेसको भागमा पर्ने देखिएको छ । 

कांग्रेसले अर्थ, परराष्ट्र, स्वास्थ्य, रक्षा, कानुन जस्ता मुख्य मन्त्रालय पाउँदैछ ।  कृषि तथा पशुपन्छी, उद्योग वाणिज्य तथा आपूर्ति र महिला बालबालिका तथा ज्येष्ठ नागरिक पनि कांग्रेसकै दाबी छ । 

कांग्रेसले पाउने ८ मन्त्रालयमा शेखर पक्षले २ मन्त्रालय पाउँदैछन् । कांग्रेसबाट पूर्णबहादुर खड्का, डा. प्रकाशशरण महत, धनराज गुरुङ, सीता गुरुङ, रमेश रिजाल, किशोरसिंह राठौर, एनपी साउद मन्त्री बन्ने बताइन्छ ।

तर देउवाले नै कसलाई मन्त्री बनाउने भन्ने टुंगो लगाउन आन्तरिक छलफल गरिरहेका छन् । कांग्रेसले भूगोल, समावेशी, योग्यता र क्षमताको आधारमा उम्मेदवार तय गर्ने मापदण्ड बनाएको छ । 

भौतिक पूर्वाधार छोडेर माओवादीले गृह मन्त्रालय लिँदैछ । माओावदीबाट यसअघि नै चार मन्त्री छन् । जसमा भौतिक पूर्वाधारमा नेकपा एस र जसपाको दाबी अझै कायम भएको बताइन्छ ।

नेकपा एसबाट वेदुराम भुसाल र प्रकाश ज्वाला मन्त्री बन्दैछन् । 

लोसपाबाट श्रम मन्त्रालय लिएर शरतसिंह भण्डारी सरकारमा सहभागी हुँदैछन् । जनमतबाट अब्दुल खान खानेपानी मन्त्री छन् । माओवादीले छोडेपछि भौतिक पूर्वाधार मन्त्री नेकपा एसले पाउने देखिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

जेठ १६, २०८१

जेठ ६ गते नेपाल–चीनमैत्री मञ्चद्वारा आयोजित एक कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छन सोङले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको बताउनुका साथै नेपालले कुनै पनि तत्त्वलाई चीनविरुद्धको गतिविधिमा लाग्न ...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

x