×

NMB BANK
NIC ASIA

टाटा कमर्सियल गाडीहरूका लागि सिप्रदीको सर्भिस अब बागलुङबाट पनि

चैत १७, २०७९

NTC
Premier Steels

सिप्रदी ट्रेडिङ प्रालिले बागलुङमा आफ्नो २६औं शाखा सञ्चालनमा ल्याएको छ ।

Muktinath Bank

चैत १६ गते एक विशेष कार्यक्रमको आयोजना गरी उक्त सर्भिस सेन्टरको शुभारम्भ गरिएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उक्त अवसरमा सिप्रदी ट्रेडिङ प्रालिका प्रमूख कार्यकारी अधिकृत राजन बाबु श्रेष्ठले नेपालमा टाटा गाडी बिक्री गर्नुको अतिरिक्त कम्पनीको प्रमुख व्यावसायिक लक्ष्य भनेको विकासशील आवश्यकताहरूको पहिचान गरी उत्कृष्ट बिक्रीपछिको सेवाहरू प्रदान गर्नु रहेको बताए।


Advertisment
Nabil box
Kumari

ग्राहकको चाहना र आवश्यकलाई पहिलो प्राथमिकतामा दिएर हालको अवस्थालाई ध्यानमा राखी सिप्रदीले टाटा जेन्युइन पार्ट्स तथा ल्युब्रिकेन्टको मूल्यमा पनि भारी छुट सुविधा प्रदान गरेको छ।

Vianet communication

त्यसैगरी टाटा प्रोटेक्टअन्तर्गतको सेवा तथा सुविधाका माध्यमबाट ग्राहकहरूलाई छिटो सेवा प्रदान गरी गाडी सञ्चालन खर्चलाई न्यूनीकरण गर्नमा विशेष जोड दिँदै आएको श्रेष्ठले जनाए। 

सिप्रदीको बागलुङ शाखाबाट सम्पूर्ण टाटा गाडीका ग्राहकहरूलाई आवश्यक टाटा जेन्युइन पार्ट्स तथा ल्युब्रिकेन्ट्सको साथमा सर्भिस तथा मर्मत कार्यहरूको सुविधा प्राप्त गर्न सक्नेछन्।

साथै टाटा जेन्युइन पार्ट्मा २२ प्रतिशतसम्म र जेन्युइन आयलमा २५ प्रतिशतसम्म छुट सुविधाहरू प्राप्त गर्न सक्नेछन् ।

टाटा प्रोटेक्टअन्तर्गत ४ घण्टाभित्र सर्भिसिङका कामहरूको ग्यारेन्टी प्रदान गर्नेछ भने ४८ घण्टाभित्र ममर्त कार्यको ग्यारेन्टी प्रदान गर्ने विश्वास दिलाइएको छ। यदि नभएमा प्रतिदिन ११०० रुपैयाँका दरले क्षतिपूर्ति पनि प्रदान गर्नेछ ।

त्यसै गरी एक्सिडेन्टल कार्यहरूका लागि नगदरहित बीमा दाबी सुविधाको साथमा ६० दिनभित्र गाडी मर्मतको ग्यारेन्टी पनि प्रदान गर्ने कम्पनीले जनाएको छ। ग्राहकहरूको गाडी सञ्चालन खर्च न्यूनीकरण गर्न विविध खालका एएमसी सुविधाहरू पनि प्रदान गरिने जनाइएको छ। 

अफरोड भएका गाडीहरूका लागि टाटा अर्लटअन्तर्गत ६ घण्टाभित्र अफरोड भएको स्थानमा पुग्ने र ४८ घण्टाभित्र समाधान गरिनेछ । 

उक्त वर्कशपको शुभारम्भसँगै अब सिप्रदीको २६ वटा आफ्नै शाखा, ८ वटा आधिकरिक सर्भिस सेन्टर र २१ वटा सर्टिफाइड ग्यारेज गरी नेपालभरि ५५ वटा सर्भिस सेन्टरहरूबाट टाटा कमर्सियल गाडीहरूका लागि आवश्यक सम्पूर्ण सेवा तथा सुविधा प्रदान गर्नेछ ।

सिप्रदी ट्रेडिङ प्रालिका प्रमुख सञ्चालक अधिकृत राजेश प्रसाद गिरीले कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्दै ग्राहकहरूलाई सधैं उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरी कार्यक्रमको समापन गरेका थिए। 
 

hAMROPATRO BELOW NEWS
TATA Below
चैत २२, २०८०

३५ वर्ष लामो विरासत बाेकेको भारतको नम्बर १ टायल कम्पनीको रूपमा प्रख्यात कजरिया टायल्सले काठमाडौंमा आफ्नो पहिलो एक्सपेरियन्स उद्घाटन गर्दै नेपाली बजारमा प्रवेश गरेको छ ।  बिहीवार आयोजित कार्यक्रममा कजरिया...

कात्तिक २६, २०८०

प्रदर्शनी मार्गस्थित भृकुटीमण्डपमा आइतबार देखिएका नेपाली फूल बिक्रेता निराश देखिन्थे । तिहारमा पनि फूलको व्यापार सोचेजस्तो नभएपछि उनीहरू निराश भएका हुन् । फूल बिक्री नभएपछि व्यापारीहरू ग्राहकको पर्खाइमा हात&n...

चैत २५, २०८०

जापानको सर्वोत्कृष्ट पेन्ट केएनपी नेरोलेक पेन्टले हालै मात्र नेपालमा दुई नयाँ पेन्ट सार्वजनिक गरेको छ । आफ्ना सम्पूर्ण अधिकृत विक्रमहरूसँग भेटघाट कार्यक्रमको आयोजना गरी कम्पनीले आफ्ना दुई नयाँ पेन्ट सार्वजनिक गरे...

मंसिर १८, २०८०

अपाङ्गता भएका व्यक्तिहरूको ३२औं अन्तर्राष्ट्रिय दिवसको अवसरमा सिटी एक्सप्रेस मनी ट्रान्सफरलाई राष्ट्रिय अपाङ्ग कोषले सम्मान गरेको छ । उक्त सम्मान शहरी विकासमन्त्री सीता गुरुङले आइतवार हस्तान्तरण गरेकी हुन् । गत ...

मंसिर ३०, २०८०

विश्वभर नै गुणस्तरीय सेवासहित चेन होटल विस्तारलाई तीव्रता दिएका लुभरे होटल ग्रप, गोल्डेन टुलिप ब्रान्डमा सरोबर होटल एण्ड रिसोर्ट्सको व्यवस्थापनमा रुपन्देहीमा चेन होटल सञ्चालनमा आउने भएको छ । आगामी वर्षदेखि सञ्चा...

पुस १३, २०८०

यशोदा फूड्स प्रालिले करेन्ट चाउचाउ लगायत आफ्नो कम्पनीको उत्पादन र विक्रीवितरणमा कुनै पनि रोक नलागेको स्पष्ट पारेको छ । उत्पादन बिक्रीवितरणमा रोक लगाईपाउँ भन्दै परेकोउजुरीविरुद्ध उद्योग विभागले गत जे...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x