×

NMB BANK
NIC ASIA

आउन थाले पलका म्युजिक भिडियो, तर नयाँ होइन पुरानै

चैत १७, २०७९

NTC
Premier Steels

तीन दिनअघि ‘विशाल निरौला’ युट्युब च्यानलमार्फत ‘दिलवाली’ शीर्षकको म्युजिक भिडियो सार्वजनिक भयो ।

Muktinath Bank

रचना रिमाल र मिलन मोक्तानको स्वर रहेको यसको भिडियोमा अभिनेता पल शाहसँगै जुम्ल्याहा दिदी बहिनी स्मारिका–समारिका ढकालको अभिनय एवं नृत्य छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पल शाहको नयाँ म्युजिक भिडियो भनेर यो भिडियो सार्वजनिक गरिएको छ । यद्यपि, यो एक वर्षभन्दा अगाडि नै खिचिएको म्युजिक भिडियो हो । 


Advertisment
Nabil box
Kumari

Vianet communication

त्यस्तै, शुक्रवार मात्रै पनि ‘ओएसआर डिटिजल’मार्फत ‘तिमी संगै हुँदा...’शीर्षकको म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।

प्रताप दास र अस्मिता अधिकारीको स्वर रहेको यसको भिडियोमा पनि पल शाहको अभिनय छ । दिनेश पाख्रिनको निर्देशनमा यो भिडियो तयार भएको हो । उनले यस भिडियोलाई नयाँ भनेर सार्वजनिक गरेका छन् । पहिले केही भाग खिचिएको भिडियोलाई अहिले पुरा गरेर सार्वजनिक गरिएको उनको दाबी छ । 

यतिबेला युट्युबमा पल शाहको अभिनय रहेका अन्य केही म्युजिक भिडियोहरू समेत सार्वजनिक गरिएको छ । यद्यपि, ति म्युजिक भिडियोहरू केही वर्ष अगाडि नै छायाँकन गरिएका हुन् । निकट स्रोतका अनुसार कारागारबाट रिहा भएपछि पल शाहले अहिलेसम्म कुनै पनि भिडियो सुटिङ गरेका छैनन् । 

एक वर्षको कारागार बसाइपछि पल गत महिना मात्रै रिहा भएका थिए । उनी ‘तिमीलाई हेर्ने बानी प¥यो’बोलको गीतको फिमेल भर्सनको भिडियोमार्फत कमब्याक गर्न लागेका छन् । उक्त गीतको रेकर्डिङ भइसकेको भने छायाँकन बाँकी छ । फिल्ममा पनि चाँडै फर्किने उनको तयारी छ ।

उनको म्युजिक भिडियो र फिल्मलाई लिएर दर्शकहरु प्रतीक्षामा छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x