×

NMB BANK
NIC ASIA

उपनिर्वाचन

चितवन २ मा युवा नेतात्रय रवि, जीतनारायण र रामप्रसादबीच कडा टक्कर

चैत १८, २०७९

NTC
Premier Steels

देशका १६५ निर्वाचन क्षेत्रमध्ये चितवन २ मा सबैभन्दा फराकिलो अन्तरले जितेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता प्रकरणमा सांसद पद खारेज भएको थियो । तर उनी पुनः नगारिकता प्राप्त गरेपछि १० वैशाखमा हुने उपनिर्वाचनका लागि मैदानमा उत्रिएका छन् । 

Muktinath Bank

लामिछानेविरुद्ध कांग्रेसका पूर्व जिल्ला सभापति जीतनारायण श्रेष्ठ प्रतिस्पर्धामा उत्रिँदा एमाले पनि उसै गरी युवा नेता रामप्रसाद न्यौपानेलाई उम्मेदवारमा अघि सारेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसैले ४ मंसिरमा भएको निर्वाचनको ५ महिनामा नै हुन लागेको उपनिर्वाचनमा चितवन २ मा युवा नेताबीच रोचक प्रतिस्पर्धा हुने भएको हो ।


Advertisment
Nabil box
Kumari

एमालेकाे परम्परागत बलियो क्षेत्र, कांग्रेसको पनि उस्तै प्रभाव र स्थानीय उम्मेदवारले यो क्षेत्रको चुनावी माहोल फरक हुँदैछ ।

Vianet communication

आफ्नो लोकप्रियताको बलमा कांग्रेस र एमालको मत तानेर जितेका रवि नै फेरि यी उम्मेदवारविरुद्ध प्रतिस्पर्धामा उत्रिँदै गर्दा यसपटककाे भिडन्त थप रोचक हुने देखिन्छ ।  

त्रिपक्षीय भिडन्तको प्रतिस्पर्धाले उपनिर्वाचनको माहोल थप तताउने भएको हो । 

मंसिर ४ गते देशका १६५ निर्वाचन क्षेत्रमध्ये चितवन २ मा रवि लामिछानेले सबैभन्दा फराकिलो जीत हात पारेका थिए । टेलिभिजन प्रस्तोता हुँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) खोलेर चुनावी मैदानमा होमिएका उनले ३४ हजार ३१२ मतान्तरको फराकिलो जीत हात पारे । लामिछानेले ४९ हजार ३०० मत ल्याउँदा प्रतिस्पर्धी कांग्रेसका उमेश श्रेष्ठ छेउछाउ पनि पुगेनन् । उनले १४ हजार ९८८ र एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६५२ मत ल्याएका थिए ।

पुनः नागरिकता प्राप्त गरेपछि लामिछानेले फेरि यही क्षेत्रबाट चुनाव जितेर आउने विषयलाई प्रतिष्ठा मानेका छन् । उनले प्रतिष्ठा मानेको क्षेत्रमा कांग्रेसले उद्यमी उमेश श्रेष्ठलाई पुनः उठाएन । बरु  भूगोलमै राजनीति गरेका युवा नेता एवं पूर्व जिल्ला सभापति जीतनारायणलाई उम्मेदवार बनाउन चाह्याे । पुराना दलविरुद्ध आफ्नो दबदबा देखाउने रविको तयारी र आफ्नो परम्परागत विरासत र आधारलाई फर्काउने कांग्रेस र एमालेको संकल्पले पनि चितवनको उपनिर्वाचन यसपटक रोचक हुने बताइन्छ । एमालेले पनि उस्तै गरी युवा नेतालाई प्रतिस्पर्धामा उतार्ने निधो गर्यो । यसैले यहाँ पेचिलो प्रतिस्पर्धा हुने देखिएको हो । 

एमालेले पुराना प्रतिस्पर्धी र भूगोलमा चर्चित कृष्णभक्त पोखरेल नै उम्मेदवार बनाउँछ कि भन्ने धेरैलाई थियो । तर अनेरास्वयुबाट एमालेमा स्थापित  र लोकप्रिय बनिरहेका युवा नेता न्यौपानेलाई उम्मेदवारमा छानेको हो । उनी एमाले जिल्ला अध्यक्ष हुन् । रवि, जीतनारायण जस्तै एमालेले पनि विकल्पमा युवा नेता न्यौपानेलाई अघि सारेपछि तीन युवा नेताबीच  प्रतिस्पर्धा रोचक हुने देखिएको हो ।

अघिल्लोपटक व्यावसायी उम्मेदवार बनेको भन्दै कांग्रेसको भोट पनि रविलाई गएको थियो । एमालेको पनि भोट रविले तानेका थिए । यसैले युवा नेता रविविरुद्ध दुवै दलले युवालाई नै अगाडि सारेर चुनौती दिन खोजेका हुन् । 

सत्ता गठबन्धनलाई जसरी पनि परास्त गर्ने संकल्प लिएका एमाले अध्यक्ष केपी ओलीले यो क्षेत्रमा उम्मेदवारमा ‘सरप्राइज’ दिनसक्ने आकलन थियो । ओलीले युवा नेताविरुद्ध युवा नेतालाई भरोसा गरेर टिकट टुंग्याएका हुन् ।

नयाँ दल खोलेर २० जितेको रास्वपा विपक्षमा बस्ने धेरैको अनुमान थियो । तर १० पुसमा सरकारमा गयो । सभापतिको नागरिकता विवाद भएपछि प्रचण्ड नेतृत्वको सरकारबाट रास्वपाले मन्त्रीलाई फिर्ता बोलायो तर समर्थन फिर्ता लिएन । एमाले सरकारबाट बाहिरिए पनि रास्वापाले सरकारलाई समर्थन गरिरह्यो ।

बरु राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई सघाउने, फेरि ६ चैतमा प्रधानमन्त्रीलाई विश्वास दिने र फेरि सरकारमा जाने नीति लियो । सरकारमा जान चाहेर पनि रविलाई प्रचण्डले समेटेनन् । नयाँ दल खोलेर परम्परागत दलविरुद्ध शानदार जीत दर्ता गरेर रवि रातारात चर्चित बन्न पुगे । तर छोटो समयमा देखाएका उतारचढावले भने उनको पनि आलोचना बढाएको छ । युवा नेताविरुद्ध चुनावी मैदानमा उठ्दै गर्दा रविले यी चुनौतीको सामना गर्नुपर्ने प्रष्टै छ । 

तर पनि रविको जबर्जस्त पकड र लोकप्रियता पूरै नघटिकेको अवस्थामा उनलाई चुनौती दिने गरी जीतसम्म पुग्नुपर्ने चुनौती कांग्रेस र एमालेका उम्मेदवारलाई छ ।  

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x