×

NMB BANK
NIC ASIA

संघीयताको सुदृढीकरणका लागि मन्त्री मोदीले थाले अन्तरक्रिया

चैत २०, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीले संघीयताको सुदृढीकरणका लागि स्थानीय तहसँग अन्तरक्रिया थालेका छन् । मन्त्रालय अन्तर्गत्को प्रदेश तथा स्थानीय शासन कार्यक्रममार्फत् मन्त्री मोदीले संघीयताको सुदृढीकरणको सन्दर्भमा सरोकारवालासँग अन्तक्र्रिया थालेका हुन् ।

Muktinath Bank

सोमबार मोरङको कटहरी गाउँपालिकामा मन्त्री मोदीको उपस्थितिमा संघीयताको प्रभावकारी कार्यान्वयन र सुदृढीकरणसँगै अन्तर सरकारी समन्वय लगायतका विषयमा छलफल भएको हो । प्रदेश तथा स्थानीय तहका लागि संघीय सरकारले गर्नुपर्ने सन्वय र सहकार्यका विषयमा पनि अन्तक्र्रियामा छलफल भएको थियो             


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अन्तक्र्रियालाई सम्बोधन गर्दै मन्त्री मोदीले संघीयताको प्रभावकारी कार्यान्वयनमा स्थानीय तहको भूमिका महत्वपूर्ण रहेको बताए । स्थानीय तहलाई नीति निर्माणको सवालमा आफूहरुले समन्वय र सहकार्य गर्ने बताउँदै मन्त्री मोदीले भने, “स्थानीय तहले अब कसरी आत्मनिर्भर र बलियो बन्ने भन्नेतिर ध्यान दिन आवश्यक छ ।”


Advertisment
Nabil box
Kumari

उनले अरुको मुख ताकेर मात्रै सबल बन्न नसक्ने भएकाले स्थानीय तहले अब आत्मनिर्भर हुनेखालका कार्यक्रम ल्याउनुपर्ने समेत बताए । स्थानीय तहले सुशासनको क्षेत्रमा गरिरहेको कामको सन्दर्भमा अनुभव आदानप्रदान गर्न आवश्यक रहेको समेत मन्त्री मोदीको भनाई थियो ।

Vianet communication
Laxmi Bank

“स्थानीय तहको सबलीकरण र वृद्धि विकासका लागि हाम्रो मन्त्रालयले कार्यक्रमहरु अगाडि बढाइरहेका छौँ” मन्त्री मोदीले भने, “संघ, प्रदेश र स्थानीय सरकारबीचको जनसम्बन्ध कसरी बलियो बनाउने, प्रदेश र स्थानीय तहको नीति निर्माणमा कसरी मद्दत गर्न सकिन्छ भन्नेतिर अहिले हाम्रो मन्त्रालयको ध्यान छ ।”

स्थानीय तहमा देखिएको विकृति र विसंगति हटाएर जनताको समस्या समाधानमा स्थानीय सरकारले विशेष ध्यान दिनुपर्ने पनि मन्त्री मोदीको भनाइ थियो ।

अन्तक्र्रियामा कटहरि गाउँपालिकाका अध्यक्ष देवराज चौधरी, उपाध्यक्ष सीतादेवी राजवंशी, वडाध्यक्ष एवं कार्यपालिका सदस्य, प्रदेश तथा स्थानीय शासन कार्यक्रमका राष्ट्रिय कार्यक्रम व्यवस्थापक भुपेन्द्र सापकोटा लगायत उपस्थित थिए । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x