×

NIC ASIA

आफन्त भर्ती

लुम्बिनीमा पनि सांसदको सचिवालय आफन्तले भरिभराउ, छोराछोरीदेखि भदैनीसम्मलाई नियुक्ति

चैत २७, २०७९

Prabhu Bank
NTC
Premier Steels

लुम्बिनी प्रदेशसभाका सदस्यहरूले स्वकीय सचिवालयमा परिवारका सदस्य र नजिकका नातेदारलाई जागिर खुवाएका छन् । निर्वाचन जित्न कार्यकर्तालाई प्रयोग गर्ने नेताहरूले अवसरका बेला दक्षता भएका पार्टी कार्यकर्तालाई पाखा लगाउँदै आफ्नै श्रीमती, भाइ/भतिजदेखि छोरा/छोरीलाई नियुक्ति दिएका हुन् । लुम्बिनीको ८७ सदस्यीय प्रदेशसभामा बीसभन्दा बढी सांसदले आफन्तलाई स्वकीय नियुक्त गरेका छन् ।

Muktinath Bank

सांसदको स्वकीय सचिवले प्रदेशसभाको पारिश्रमिक तथा सुविधासम्बन्धी ऐन अनुसार नायब सुब्बा (नासु) सरह ३४ हजार ७७० तलब सुविधा पाउँछन् । आफ्नो सार्वजनिक पदलाई बलियो बनाउन गरी ‘माननीय’हरूले स्वकीय राख्न पाउने व्यवस्था कानूनीमा छ । तर, सांसदहरूको स्वकीय सचिवालय नियाल्दा पुरानो, संकुचित र विशेषज्ञताविहीन देखिन्छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

धेरै नेताहरूले आफ्नो पारिवारिक, आर्थिक एवं राजनीतिक–गुटगत सम्बन्ध भएका व्यक्तिलाई निजी सहायक राखेका छन् । उनीहरूमा दक्षताको अभाव रहेको नेपाल सरकारका निवर्तमान सचिव डा. मानबहादुर बीके बताउँछन् । क्षमतावान सहयोगी नभई सांसदहरूले विश्वासपात्र रोज्ने प्रवृत्तिले सचिवालय निकम्मा देखिन्छ । 


Advertisment
Nabil box
Kumari

कुन सांसदका सचिवालयमा को आफन्त ?

Vianet communication

जनमत पार्टी रूपन्देहीका सांसद तथा निवर्तमान सामाजिक विकास मन्त्री चन्द्रकेश गुप्ता (सीके) ले आफ्ना सहोदर भाइ पवन गुप्तालाई सचिवालयमा नियुक्ति दिलाएका छन् ।

नेकपा एमाले रूपन्देहीका सांसद तथा पूर्वमन्त्री समेत रहेका भोजप्रसाद श्रेष्ठले आफ्ना भतिज किशोर श्रेष्ठलाई सचिवालयमा नियुक्त गरेका छन् । नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता तथा पूर्व मन्त्री जोखबहादुर महराले आफ्ना भतिज लुङबहादुर महरालाई सचिवालयमा नियुक्त गरेका छन् । 

जनता समाजवादी पार्टी (जसपा) बाँकेकी सांसद अम्बिका काफ्लेले आफ्नो सचिवालयमा दिदी बीना काफ्लेलाई स्वकीय सचिव बनाएकी हुन् । कांग्रेस दाङका सांसद अनुराग खड्काले प्रशान्त खड्कालाई सचिवालयमा राखेका छन् । अनुराग कांग्रेस स्व. नेता खुमबहादुर खड्काका छोरा हुन् । कपिलवस्तुका एमाले सांसद अर्जुनकुमार केसीले सचिवालयमा श्रीमती सरला केसीलाई नियुक्ति दिलाएका छन् ।

रूपन्देहीकी एमाले सांसद शान्ति लोधले छोरा रामचन्द्र लोध, भगवतीकुमारी चौधरीले छोरी पूजा केवटलाई सचिवालयमा राखेका छन् । कांग्रेस सांसद देवीप्रसाद चौधरीले श्रीमती मीना चौधरी, जनमत पार्टीकी गीता गुरुङले आफ्ना भाञ्जा अर्जुन गुरुङलाई स्वकीय सचिवमा राखेका छन् ।

बाँकेकी कांग्रेस सांसद सुशीला वादीले आफ्ना श्रीमान प्रकाश वादीलाई राखेकी छन् । नागरिक उन्मुक्ति पार्टीका बर्दियाका सांसद राजकुमार चौधरीले काका हलिराम चौधरी र माओवादी केन्द्रकी सांसद कृष्णा कुश्मा थारूले भजित जितेन्द्र थारुलाई स्वकीय सचिवमा राखेका छन् । 

रूकुमकी माओवादी सांसद दिलकुमारी बुढाले भदैनी (दाइकी छोरी) शान्ति बुढालाई सचिवालयमा राखेकी छन् । एमालेका मधुसुदनहरण चौधरी कुर्मीले छोरा राजेश कुर्मी र नवलपरासी पश्चिमका कांग्रेसका विश्वप्रेम पाठकले छोरी शान्ति पाठकलाई स्वकीय सचिवमा राखेका छन् । यस्तै अर्घाखाँचीका रामजी घिमिरेले स्वकीय सचिवको रूपमा आफ्ना छोरा शिशिर घिमिरेलाई नियुक्त गरेका छन् ।

हामीले आफन्त चिन्दैनौं– प्रदेशसभा सचिवालय 

सांसदको सचिवालयमा आफन्त र परिवारभित्रका व्यक्ति राख्न पाइन्न भन्ने त छैन, तर यो नैतिकता देखाउने विषय हो । सांसदको महत्त्वपूर्ण पदमा परिवारभित्रका भन्दा दक्ष र क्षमतावान व्यक्तिलाई राख्नुपर्छ भन्ने मान्यता छ ।

लुम्बिनी प्रदेशसभाका प्रवक्ता एवं सूचना अधिकारी सम्झना सुवेदीले २/४ जनाबाहेक सबै सांसदको सचिवालयको विवरण आएको बताउँछिन् ।

‘हाम्रा प्रायः माननीयज्यूहरूको सचिवालयमा बस्ने व्यक्तिको नाम आएको छ,’ उनले लोकान्तरसँग भनिन्, ‘सचिवालयले नेताका आफन्त भन्ने चिन्दैन । उहाँहरूले पठाएको व्यक्तिलाई हामीले चिन्छौं ।’  

मुख्यमन्त्री तथा मन्त्रीका सचिवालय भरिभराउ 

अस्थिर राजनीतिले हरेक सरकार छोटो–छोटो समयमा परिवर्तन हुँदा प्रदेश सरकारका परिवर्तन भइरहेका छन । सरकार गठन भएको तीन महिना नपुग्दै एमालेका लीला गिरी नेतृत्वको प्रदेश सरकार अहिले अल्पमतमा छ । आउँदो २०८० वैशाख ११ गतेसम्म मुख्यमन्त्री गिरीले सदनमा विश्वासका मत लिने नसके सत्तारुढ गठबन्धनको प्रदेश सरकार बन्ने देखिन्छ ।

नयाँ सरकार आउनेवित्तिकै मुख्यमन्त्री कार्यालयदेखि प्रदेशका मन्त्रालयमा स्वकीय सचिव, सल्लाहकार, विज्ञ र सहयोगीले भरिभराउ हुन्छ ।

पारिवारिक सम्बन्ध, पार्टीभित्रको गुट र आफ्नो गृह क्षेत्रलाई नियुक्तिको प्रमुख आधार बनाइएको छ ।  राजनीतिक नियुक्ति र भनसुनमा नेताहरूले स्वकीयलाई प्रयोग गर्छन् । सांसदको क्षमता र दक्षता कति रहेछ भन्ने कुरा स्वकीय सचिवालयले प्रतिविम्बित गर्छ । आफूले चाहेका मान्छे सचिवालयमा राख्दा राजनीतिक नेतृत्वप्रति वितृष्णा बढ्न थालेको छ 

पूर्व सचिव बीके सांसद र मन्त्रीहरूले स्वकीय, सल्लाहकार र विज्ञ राख्दा मापदण्ड बनाएर लागू गर्न सकेमा देश र नेता दुवैलाई राम्रो हुने बताउँछन् । 

सचिवालय/सहयोगी पार्टीले उपलब्ध गराउने सिस्टम बनाउँदा झनै राम्रो हुने उनको बुझाइ छ ।

‘म तत्कालीन प्रदेश नम्बर ५ को संसद सचिवालयको प्रमुख सचिव हुँदा सांसदको सचिवालयमा रहने व्यक्तिको योग्यताको मापदण्ड बनाऊँ भनेर सांसदहरूसँग छलफल अगाडि बढाएको थिए,’ बीकेले लोकान्तरसँग भने, ‘मेरो कुरा सांसदहरूले मान्नुभएन । सांसदका गोप्य एजेन्डा, अपारदर्शी काममा समेत जोडिने हुँदा आफ्नो मान्छे वा आफन्त रोज्ने गरेको देखिन्छ ।’

आफ्नो सचिवालयमा राख्दा सांसदको भूमिका गतिशील नहुने देखिएको बीकेको भनाइ छ ।   
 

nullnull

null

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

जेठ १६, २०८१

जेठ ६ गते नेपाल–चीनमैत्री मञ्चद्वारा आयोजित एक कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छन सोङले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको बताउनुका साथै नेपालले कुनै पनि तत्त्वलाई चीनविरुद्धको गतिविधिमा लाग्न ...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

x