×

NMB BANK
NIC ASIA

उपनिर्वाचनपछि मधेस प्रदेशमा मुख्यमन्त्री फेरिने सिके राउतको खुलासा

बैशाख २, २०८०

NTC
Premier Steels

जनमत पार्टीका अध्यक्ष सिके राउतले १० वैशाखको उपनिर्वाचनपछि मधेस प्रदेशमा मुख्यमन्त्री फेरिने खुलासा गरेका छन् ।

Muktinath Bank

सामाजिक संजालमा लेख्दै राउतले नेपालमा प्रधानमन्त्री त कति समय टिक्ने ठेगान नभएको भन्दै मधेस प्रदेशमा जसपाबाट मुख्यमन्त्री भएका सरोजकुमार यादव उपनिर्वाचनपछि बहिर्गमनमा पर्ने दाबी गरेका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘यहाँ प्रधानमन्त्री आफैं त कति दिन  टिक्ने ठेगान छैन। मधेश प्रदेशका मुख्यमन्त्रीको उपनिर्वाचन पछि आफैं बहिर्गमन हुँदैछ’ राउतले भनेका छन्, ‘सत्ताधारीको धम्कीको कुनै अर्थ छैन। चैत्र १५ गतेको माओवादी, काँग्रेस र जनमतको सहमतिप्रति काँग्रेस इमान्दार भए जनमतको मुख्यमन्त्री बन्दैछ, नभए काँग्रेसको।’ 


Advertisment
Nabil box
Kumari

यस अघि एमालेसँगको समीकरणमा मधेस प्रदेशमा पहिले जसपा र त्यसपछि जनमतले मुख्यमन्त्री लिने समझदारी भएको थियो । तर एमाले सत्ताबाट बाहिरिएपछि जनमत पनि सत्ता गठबन्धनसँग असन्तुष्ट छ । 

Vianet communication

उपनिर्वाचनमा सत्तारुढ दलले जसपाका उपेन्द्र यादवलाई बारा २ मा सघाए पनि जनमत एक्लै प्रतिस्पर्धामा उत्रिएको छ ।

सिके राउतले सप्तरी २ मा पराजित गरेका जसपा अध्यक्ष उपेन्द्र यादव बारा २ बाट उपनिर्वाचनमा उम्मेदवार बनेपछि उनी आक्रामक बन्दै आएका छन् ।

सरकारमा पठाएको एक मन्त्री पनि फिर्ता गरेर जसपाविरुद्ध जनमत चुनावी प्रतिस्पर्धामा उत्रिएको हो । बारा २ मा जनमतबाट शिवचन्द्र कुशवाहा प्रतिस्पर्धामा उत्रिएका छन् ।  

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x