×

NMB BANK
NIC ASIA

विद्युत प्राधिकरणको पारदर्शीता

विद्युत चुहावट घटेको प्राधिकरणको दाबीमा महालेखाको प्रश्न, तेस्रो पक्षबाट स्वतन्त्र मूल्याङ्कन गराउनुपर्ने ठहर

प्राधिकरणको वित्तीय विवरण र बक्यौता असुलीमा पनि महालेखाका प्रश्नै प्रश्न

बैशाख २, २०८०

NTC
Premier Steels

विद्युत चुहावट घटेको नेपाल विद्युत प्राधिकरणको दाबीमा महालेखा परीक्षकको वार्षिक प्रतिवेदनले प्रश्न उठाइदिएको छ । प्राधिकरणको वित्तीय विवरण र बक्यौता असुलीमा पनि महालेखाले प्रश्नै प्रश्न औंल्याइदिएको हो । 
बिहीवार सार्वजनिक महालेखाको ६० औं प्रतिवेदनले विद्युत चुहावट घटेको दाबीलाई तेस्रो पक्षबाट मूल्याङकन गराउनु पर्ने ठहर गरेको छ । 

Muktinath Bank

‘ग्राहकको घर, कलकारखाना तथा कार्यालयमा जडान भएको मिटर रिडिङको शुद्धता सम्बन्धमा नियमित रुपमा प्रयोग भइरहेको उर्जा भारसँग तुलनात्मक विश्लेषण गर्ने, चुहावटको अनुगमन, तेस्रो पक्षको परीक्षण गर्ने प्रभावकारी व्यवस्था नभएको कारण विद्युत बिक्री बापतको आम्दानी यकिन गर्न सकिने अवस्था छैन’ महालेखाको प्रतिवेदनमा उल्लेख छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विद्युत प्राधिकरणले आर्थिक वर्ष २०७७/०७८ मा विद्युत चुहावट १७ दशमलव  १८ प्रतिशत रहेकोमा आर्थिक वर्ष २०७८/०७९ मा १५ दशमलव  ३८ प्रतिशतमा झारेको दाबी गरेको थियो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चुहावट कम गर्नु आफ्नो उपलव्धी रहेको बताउँदै आएका छन् । तर घिसिङको दाबीलाई महालेखाले खण्डन गर्दै प्रश्न उठाइदिएको छ । 


Advertisment
Nabil box
Kumari

‘विद्युत प्राधिकरणबाट प्राप्त विवरण अनुसार आर्थिक वर्ष २०७७/०७८ मा १७ दशमलव १८ प्रतिशत विद्युत नोक्सानी रहेकोमा आर्थिक वर्ष २०७८/०७९ मा १५ दशमलव ३८ प्रतिशतमा आएको विवरण पेस भएको छ । यो प्रतिशत आफैंमा कमी नभएको हुँदा नोक्सानीको कारण पत्ता लगाइ चुहावट कम गर्न र स्वतन्त्र तेस्रो पक्षबाट मूल्याङकन गराइ यथार्थ अवस्था यकिन गर्नुपर्ने व्यहोरा विगत वर्षमा समेत औंल्याइएकोमा स्थिति यथावत रहेको छ’ प्रतिवेदनले भनेको छ । 

Vianet communication

प्रतिवेदनको अंश

आर्थिक वर्ष २०७८/०७९ को लेखापरीक्षण प्रतिवेदन बिहीवार राष्ट्रपतिलाई हस्तान्तरण गरिएको छ । महालेखाको प्रतिवेदन सम्बन्धमा संसदको सार्वजनिक लेखा समितिमा छलफल हुन्छ ।

प्राधिकरणको पारदर्शितामा महालेखाले कैयौं ठाउँमा प्रश्न उठाइदिएको एक पूर्व कार्यकारी निर्देशकले बताए । ‘महालेखाले प्रश्न उठाउनु नेतृत्वको कमजोरी हो’ उनले लोकान्तरसँग भने । प्राधिकरणको नेतृत्वमा अहिले कुलमान घिसिङ छन् । 

वित्तीय विवरणमा करोडौं फरक

महालेखाले प्राधिकरणको वित्तीय विवरणमा पनि २१ करोडको फरक रहेको औंल्याएको छ । ‘आय लेखाङकन सफ्टवेयरमा विस्तृत विवरण बेगर नै आसामी रू १ अर्ब ७७ करोड देखाएकोमा सफ्टवेयरमा रु १ अर्ब ५६ करोड लेखाङकन गरेकोले सफ्टवेयरले देखाएको र वित्तीय विवरणबीच २१ करोडको फरक रहेको छ’ महालेखाको प्रतिवेदनमा भनिएको छ । 

महालेखाले प्राधिकरणको अन्तर कार्यालय हिसाबमा पनि प्रश्न उठाएको छ । ‘प्राधिकरणको अन्तर कार्यालय हिसाब राफसाफ नभएकोले वित्तीय विवरणमा खुद रू ८५ करोड रकम लिनुपर्ने रकम प्रस्तुत गरेको छ । समयमै हिसाब भिडान तथा मिलान गरी राफसाफ गर्ने व्यवस्था मिलाइनु पर्दछ’ प्रतिवेदनमा भनिएको छ । 

प्राधिकरणको नगद मौज्दात मध्ये १ करोड ८९ लाख रुपैयाँ लामो समयदेखि बैंकमा जम्मा हुन नसकेको महालेखाको प्रतिवेदनमा उल्लेख छ । 

‘नगदमा देखिएका कैफियतका सम्बन्धमा छानबिन गरी हिनामिना रकम असुल गरी कारबाही गर्नुपर्दछ’ प्रतिवेदनमा उल्लेख छ । 

बढ्यो महसुल बक्यौता, छैन उठाउने योजना

महालेखाले ४० अर्ब पुगेको विद्युत बक्यौता उठाउनेतर्फ प्राधिकरणले कुनै योजना नबनाएको बताएको छ । गतवर्षको तुलनामा यो वर्ष १० दशमलव १५ प्रतिशतले वृद्धि भइ बक्यौता ४० अर्ब १२ करोड पुगेको महालेखाको प्रतिवेदनले देखाएको छ । ६७ ग्राहकबाट १९ अर्ब ९५ करोड असुल्न बाँकी रहेको महालेखाको प्रतिवेदनले औंल्याएको छ । 

यस्तै सडक बत्तीको मात्र ५ अर्ब १८ करोड बाँकी रहेको महालेखाको प्रतिवेदनमा उल्लेख छ । ‘बक्यौता महसुल उठाउन कार्ययोजना बनाएको पाइएन, यस्ता बक्यौता महसुल असुल गर्न सम्बन्धितको खाता तथा अन्य कारोबार रोक्का लगायतका प्रक्रियाबाट असुलीमा प्रभावकारिता ल्याउनु पर्दछ’ महालेखाको प्रतिवेदनमा भनिएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x