×

NMB BANK
NIC ASIA

चितवनमा रास्वपाको अन्तिम चुनावी सभा : रवि, स्वर्णिम र रमेश खरेलले सम्बोधन गर्ने

बैशाख ७, २०८०

NTC
Premier Steels

राष्ट्रिय स्वतन्त्र पार्टीले उपनिर्वाचन अन्तर्गत आज चितवनमा अन्तिम चुनावी सभा गर्दैछ ।

Muktinath Bank

तीनवटै क्षेत्रका उम्मेदवारहरू सहभागी भएर चितवनमा दिउसो ३ बजे रास्वपाले चुनावी सभा गर्न लागेको हो । १० वैशाखमा चितवन २, तनहुँ १ र बारा २ मा उपनिर्वाचन हुँदैछ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आज मध्यरातिदेखि निर्वाचनको आचारसंहिता लाग्दैछ । यसैले सत्ता गठबन्धन र यो गठबन्धनविरुद्ध तीन ठाउँमा प्रभावशाली उम्मेदवार उठाएको रास्वापाले अन्तिम चुनावी सभा गर्न लागेको हो । 


Advertisment
Nabil box
Kumari

चितवन २ का रास्वपा उम्मेदवार रवि लामिछानेले बिहीबारको सभा विशेष हुने दाबी गरेका छन् । 

Vianet communication

'आजको सभा विशेष छ। सारा राजनीतिक दल एकातिर, रास्वपा अर्का तिर। यो वारपारको राजनितीक भिडन्त बारे आज हामी तीनै भाईले चितवनका जनता मार्फत सिङ्गो देशलाई केही सुनाउनु छ’ लामिछानेले सामाजिक संजालमा लेखेका छन्, ‘आजको तपाईंको उपस्तिथिले अर्थ राख्छ। आज चितवनमा खास मान्छेहरु पनि आउदैछ्न्।  ३ बजे गेष्ट हाउस चौर।’

बारा २ मा रास्वपाबाट उम्मेदवार बनेका पूर्व डिआईजी रमेश खरेल र तनहुँ १ मा उम्मेदवार बनेका स्वर्णिम वाग्ले पनि यो चुनावी सभामा सहभागी हुने लामिछानेले प्रष्ट्याएका छन् । 

रविले कांग्रेसका जीतनारायण श्रेष्ठ र एमालेका रामप्रसाद न्यौपानेसँग प्रतिस्पर्धा गर्दैछन् । नागरिकता प्रकरणमा रविको सांसद पद खारेज भएपछि उनी फेरि उठेका हुन् । 

तनहुँमा रास्वपाले अर्थविद् वाग्लेलाई उम्मेदवार बनाएको छ । उनीविरुद्ध कांग्रेसले गोविन्द भट्टराई र एमालेले सर्वेन्द्र खनाललाई उम्मेदवार बनाएको छ । 

बारामा खरेलविरुद्ध जसपाका उपेन्द्र यादव, जनमतका शिवचन्द्र कुशवाहा र एमालेका पुरुषोत्तम पौडेल चुनावी प्रतिस्पर्धामा छन् । 

सत्ता गठबन्धनले पनि आजै चितवन र बारामा शीर्ष नेताको उपस्थितिमा अन्तिम चुनावी सभा गर्दैछन् । बुधबार तनहुँमा गठबन्धनका शीर्ष नेता चुनावी सभामा सहभागी भएका थिए । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x