×

NMB BANK
NIC ASIA

उपनिर्वाचन विशेष

चितवनको चेपाङबस्तीको आवाज– यसअघि जितेर गएकाको मुख देख्न पाइएन, हामीलाई बाटो चाहियो

बैशाख ७, २०८०

NTC
Premier Steels

चितवन निर्वाचन क्षेत्र नम्बर २ मा अहिले चुनावी गर्मी उत्कर्षमा छ ।

Muktinath Bank

उम्मेदवारहरू मतपरिणाम आफ्नो पक्षमा ल्याउनका लागि मतदाताको घरदैलोमा जाने, मतदाता फकाउने काममा सक्रिय छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मुख्यगरी एमाले उम्मेदवार रामप्रसाद न्यौपाने, कांग्रेस उम्मेदवार जीतनारायण श्रेष्ठ र रास्वपा उम्मेदवार रवि लामिछानेबीच प्रतिस्पर्धाको स्थिति देखिन्छ ।


Advertisment
Nabil box
Kumari

तीनैजना उम्मेदवार जनताको घरदौलोमा पुग्ने, मत माग्ने काममा व्यस्त छन् ।

Vianet communication

एमाले उम्मेदवार न्यौपानेले आफ्नो घरदैलो अन्तिम चरणमा पुर्‍याएका छन् ।

उनले इच्छाकामना गाउँपालिका, कालिका नगरपालिका र भरतपुर नगरपालिकाका वडाहरूमा कोणसभा सकेर घरदैलोलाई पनि अन्तिम चरणमा पुर्‍याएका छन् ।

निर्वाचन आउन करीब ३ दिन बाँकी रहँदा बिहीवार मध्यरातिबाट मौन अवधि शुरू हुँदैछ ।

सोही कारण पनि उम्मेदवारहरूको ध्यान चुनावी घरदौलोलाई बिट मार्नेतिर छ ।

null

मंगलवार कालिका नगरपालिका वडा नम्बर १० सिद्धिमा भेला भएका चेपाङहरूले एमाले उम्मेदवार न्यौपानेसँग आफ्नो समस्याको पोको फुकाए ।

आफूहरूलाई मासुभातभन्दा गाउँ जोड्ने सडक सञ्जाल चाहिएको उनीहरूको भनाइ थियो ।

‘हामीलाई चुनावको बेलामा मासुभात चाहिएको होइन विकास चाहिएको छ । बाटो चाहिएको छ । तपाईंले बाटो पुर्‍याउनु हुनुहुन्छ कि हुँदैन ?,’ ३२ वर्षीया प्रमिशा प्रजा (चेपाङ)ले प्रश्न गरिन्, ‘भन्नुस्, तपाईंले बाटो लगिदिनुहुन्छ भने हामीले भोट हाल्ने हो ।’

null

पहिले कतिपय उम्मेदवारले मासु भात खुवाएको, तर काम नगरेको उनीहरूको गुनासो थियो ।

एमाले उम्मेदवार न्यौपानेले त्यस क्षेत्रका पूर्व सांसद एमालेका कृष्णभक्त पोखरेलले चेपाङहरूको घरमा टिनको छानो लगाउने काम गरेको स्मरण गराउँदै बाँकी समस्याहरू पनि विस्तारै समाधान गर्दै जाने बताए ।

उनले चेपाङहरूको उत्थानमा एमालेले योगदान गरेको भन्दै शिक्षामा जोड दिनुपर्ने बताएका थिए ।

null

‘तपाईंहरूले राखेको माग म जिते पनि, नजिते पनि पूरा गर्ने वाचा गर्छु । तपाईंहरूका बालबच्चालाई शिक्षाको आवश्यकता छ, त्यसका लागि आवश्यक पर्ने सहयोग गर्ने वचन पनि दिन्छु,’ उम्मेदवार न्यौपानेले भने, ‘चेपाङ बस्तीलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न सकिन्छ । त्यसमा पनि हामीले योजना बनाएर काम गर्न सक्छौं ।’

उम्मेदवार न्यौपानेले चेपाङहरूको रहनसहन र भेषभूषालाई पर्यटनको रूपमा विकास गरेर गिठा भ्याकुर मात्र खाएर जीविका चलाउनुपर्ने स्थितिबाट माथि ल्याउन सबैले सोच्नुपर्ने बताए । 

चेपाङ समुदायकी ६९ वर्षीया सन्तमाया प्रजा (चेपाङ)ले नेताहरू भोट माग्ने समयमा आउने तर अन्य समयमा वास्ता नगर्ने गरेकाले विश्वास नै लाग्न छाडेको बताइन् ।

null

‘नेताहरूको विश्वास लाग्न छाडेको छ, भोट माग्ने बेलामा मात्रै आउँछन् । अघिल्लोचोटि जितेर जानेले धेरै कुरा गर्छु भन्नुभएको थियो तर जितेर गएपछि उहाँको मुख देख्नै पाएका छैनौं,’ ६९ वर्षीया सन्तमायाले भनिन् । 

यसपटक आफ्नै क्षेत्रको लोकल नेतालाई जिताउने उनको भनाइ छ ।

१५ वर्षीया रोजिना प्रजा (चेपाङ)ले आफूलाई पढ्ने इच्छा भएको उम्मेदवार न्यौपानेलाई बताइन् । ‘मैले पाँच कक्षा पढेकी छु । अझै पढ्ने इच्छा छ, तपाईं (रामप्रसाद न्यौपाने)ले पढाउनुहुन्छ ?’ रोजिनाले उम्मेदवार न्यौपानेलाई प्रश्न गरिन् ।

आफूजस्तै अन्य धेरै चेपाङ बालबालिकाले पढ्न चाहेकाले राम्रो विद्यालय चाहिएको उनको भनाइ थियो ।

उम्मेदवार न्यौपानेले आफूले व्यक्तिगत खर्च गरेर भए पनि रोजिनालाई पढाउने प्रतिबद्धता गरे ।

‘तपाईंले पढ्नुहुन्छ भने म होस्टेलमा राखेर भए पनि पढाउँछु, तर त्यसपछि तपाईँले यहाँका अरू बालबालिकालाई पढाउनुहुन्छ नि ?’ उनले भने । 

null

स्थानीयले सञ्चार सम्पर्क समेत नहुने स्थिति रहेकाले त्यसका लागि पहल गरिदिन पनि अपिल गरे ।

भरतपुरबाट १० किलोमिटरको दूरीमा रहेको स्थानमा समेत मोबाइलको टावर नटिप्ने समस्या रहेको कालिका– ७ का स्थानीयले बताए ।

‘यहाँ त घाम लागेको बेलामा मात्र फोन टिप्छ, नत्र टिप्दैन, चितवनको बासिन्दा भनेर के गर्नु ? नेताहरू आएर काम गर्छौं भन्छन्, तर गर्दैनन्,’ ३५ वर्षीय राममाया गुरुङले लोकान्तरसँग भनिन् । 

वर्षायाममा पानी परेको बेलामा सञ्चारका माध्यमबाट टाढा रहनुपर्ने अवस्था रहेको उनले बताइन् । सडक मात्र कालोपत्रे भए पनि धेरै सहज हुने उनको आशा छ ।

त्यही क्षेत्रकी ८५ वर्षीया जुठीकला गुरुङले यो क्षेत्रमा खेती राम्रो हुने भएकाले सिँचाइको आवश्यकता भएको बताइन् । ‘यहाँ खेती राम्रो हुन्छ, तर कुलो छैन । कुलो ल्याइदिने मान्छेलाई भोट हाल्ने हो,’ जुठीकलाले भनिन् । 

null

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x